काठमाडौं । गत साउन देखि स्थगित नेकपा स्थायी कमिटी बैठक भदौ २६ गते बस्ने भएको छ ।
Advertisement
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले भदौ २६ गते स्थायी समिति बैठक बोलाएको जानकारी दिए । ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको साउन १३ गते स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ ।’ थापाले भने ‘बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय र महासचिव सहितको छलफलमा यो सहमति गरिएको हो ।’
गत साउन १३ गतेबाट स्थगित बैठक ४० दिनपछि भदौ २६ गते बोलाउने सहमति भएको थापाले जानकारी दिएका हुन् । नेकपाभित्र विवाद बढ्दै गएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो