• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ५. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ६. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ७. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ८. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ९. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

  • १०. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

हामी कहिलेसम्म विवेकहिन बनिरहने ?


  •   आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
  • आजको मितिसम्म देश समृद्ध बन्ने सुरुआत कहीँकतैबाट भएको छ ? अहँ… म त त्यस्तो केही देख्दिन । वर्तमान सरकारले गरिरहेका त्यस्ता केही कामहरु छन् जसका कारण नेपाली जनता खुशी र सुखी हुन सकुन् ? अहँ…म त त्यस्तो केही देख्दिन ।
    तपाईहरु धेरै जसोलाई अब लाग्न सक्छ, यो मान्छेमा केही न केही समस्या छ । ठीक छ । पहिलो कुरा त तपाईँलाई लाग्न सक्छ, यो मान्छेमा मानसिक समस्या छ । फेरि पनि ठीक छ । हेर्न, सुन्न र पढ्नमा ममा केही समस्याहरु रहेछन् र उल्लेखित प्रश्नहरु झुट ठहर्छन भने म शतप्रतिशत गलत हुन सक्छु । यो स्वीकार गर्नुमा मलाई कत्ति पनि आत्मग्लानी हुने छैन ।

    Advertisement

    तर, यो यथार्थलाई चिम्लेर चुपचाप बसिरहनु भन्दा ठूलो अपराध के हुन सक्छ ?

    एउटा चेतनशील मस्तिष्कले गर्ने यो भन्दा ठूलो बेइमानी ऊ आफू बाँचिरहेको युगलाई अर्को के हुन सक्छ ? मैले देखेको छु, खोलाहरुमा कहीँ न कहीँ केही पुलहरु थपिएकै छन् । देखेको छु, अस्पतालका केही नयाँ भवनहरु बनिरहेका छन्, केही बेडहरु थपिएका पनि छन् । देखेको छु, एकदुई विद्यालयका नयाँनयाँ भवनहरु पनि उभिएकै छन्, दुईचार थान कम्प्युटरले विद्यालयको सम्पूर्ण धुलो निधारमा टल्काएका छन् । देखेको छु, हरिया पहाडहरुसंग डोंजरहरु सिंधुरी खेलिरहेका छन् । देखेको छु, कहीँ न कहीँ बाटाहरु अलकत्राले पोतिएकै छन् । देखेको छु, कतै पार्कहरु पनि त बनिरहेछन् । देखिरहेको छु, कतै न कतै त सत्ताधारी पार्टीको झण्डाको रङ गरिवका झुपडीहरुको छानामा टल्किरहेका छन् ।

    बस् ! थोरै यात्रा गर्नुस्, देखिन्छन् यी सब कुराहरु । आँखा चिम्लिए पनि देखिन्छन् यी दृश्यहरु ।

    तर… तपाईँहरुले देखेर पनि देखे जस्तो गर्नुहुने छैन कि एउटा पुल बन्दै गर्दा कति गुण्डा र नेताहरुले घर उभ्याए । र, पुलले कति संख्यामा बर्खाहरु धकेल्यो । एउटा अस्पतालको नयाँ भवन बन्दै गर्दा सुपरिटेण्डेन्टले आफ्नो घरको कति तलाहरु अग्ल्यायो, यो नदेखिएला । अस्पतालमा केही नयाँ बेडहरु थपिदै गर्दा डक्टरले आफ्नो घरका कति पलङहरु फेरेको हुन्छ, यो त थाहा नहुन सक्छ ।
    विद्यालयका एकदुई नयाँ भवन थपिदैँ गर्दा कुनकुन भट्टीमा कति पटक पार्टी भए ? यो त कसैलाई थाहा नहुन सक्छ । विद्यालयमा चार थान कम्प्युटर थपिनु अगावै हेडमास्टरले कसरी बोक्छ एक ब्रान्डिड ल्यापटप ? यो कसैलाई थाहा नहुन सक्छ ।
    हरिया पहाडहरुमा डोँजरहरु सिँधुरी खेल्दै गर्दा कुन वडाको कुन अध्यक्षले घडेरी जोड्यो? यो तपाईँलाई थाहा नहुन सक्छ । कुन सडकले आफ्नो आङभरि पोत्दै छ कालो अलकत्रा? या कुन मेयर या अध्यक्षले आफ्नो नवनिर्मित भवनमा गर्दैछ रङरोगन ? यो तपाईँलाई थाहा नहुन सक्छ ।
    गरिवै–गरिवहरुको बस्तिमा भोक, नाङ्गो शरीर र अस्वस्थ्यता प्राथमिकतामा नपरेर एउटा पार्क किन बन्दैछ ।

    कसले आफ्नी प्रेमिकासंग प्रेमालाप गर्न खोजिरहेछ ? सोध्नुहोंस्, उक्त वडाको वडाअध्यक्षलाई ।

    यस्ता प्रश्नहरुले तपाईँको दिमाग चिलाउन सक्छ, म मान्छु ।
    के एकदुई यिनै संरचनाहरु हेरेर, देखेर हामीहरुले देशलाई समृद्ध भन्न सक्छौ? के यी पर्याप्त भइसकेका हुन्? करिब डेढ लाख बर्ग कि.मि. क्षेत्रफल रहेको हाम्रो देशका हरेक कुनामा यी सबै संरचनाहरुको निर्माण भइसकेको छ? यी गतिविधीहरु भइरहँदाको समय र गुणस्तरको विषयमा त बोल्न किन पो जरुरी छ र ?
    हामी रातभर जागै बसौ या मस्त सुतौ, बिहान त झुल्किन्छ, झुल्किन्छ ।

    रातभर जागै बस्नेले ब्युँझाएको हो त बिहानलाई ?

    गाउँगाउँमा सिंहदरवारहरु आइपुगे । निश्चय नै सत्य हो । गाउँपालिका र नगरपालिकाका भवनहरु हेर्नुस्, मक्ख पर्नुस् । मेयर र अध्यक्षहरु चढ्ने चिल्ला गाडीहरु हेर्नुस्, मक्ख पर्नुस् । तपाईँको आफ्नै वडाको अध्यक्षको जीवन शैलीलाई हेनर््ुस्, मक्ख पर्नुस् । र, तपाईँलाई थाहा हुनेछ, यी सबै भन्दा ठूला बदमासहरु हुन् । तर, यी बदमासहरु उपर प्रश्न गर्ने कुनै पनि जोखिम मोल्नु अर्को ठूलो अपराध निम्त्याउने दुस्साहस हुनेछ ।
    उकालो बाटोमा लामो दुरीको यात्रा गरेर पुग्नुपर्ने ठाउँका झुपडीहरु देख्ने दुःख गर्ने होइन । त्यो झु्पडी त कुनै मजदुरले आँशुको सहाराले हाड–छाला मोलेर उभ्याइएको हनु सक्छ ।
    मानो खान दिनभर चारमाना पसिना चुहाउनेहरुको कहर हेर्ने दुःख गर्ने होइन । उनीहरु त जीवनमा सबै भन्दा बढी आफ्नै नाङ्गो शरीर र भोको पेटलाई श्राप दिएर बाँचिरहेका हुन्छन् ।

    किन अँझै छ कोही कसैको घरको शिरमा खरको छानो ?

    सरकारले आगो लगाएर भएपनि त खरको छानो उन्मुलन गर्ने अभियानमा छ ।
    मलाई थाहा छ, यो दुनिया विज्ञान र प्रविधिको दुनिया हो । यसको अर्थ यो हो कि दुनियामा कुनै पनि कुरा अपारदर्सी रहन सक्दैनन् । अँध्यारोमा बुनिएका कुनै पनि योजनाहरु अँध्यारोमै रहिरहन सक्दैनन् । अँध्यारोमा गरिएका कुनै पनि बदमासीहरु अँध्यारोमै रहिरहन सक्दैनन् । अँध्यारोमै गरिएका कुकृत्यहरुका कारण को कहाँ पुग्छ, त्यो पनि अँध्यारोमा रहिरहँदैन । अँध्यारोमा गरिएका षड्यन्त्रका नतिजाहरु अँध्यारोमा मात्रै सिमित रहँदैनन् । तर म दंग छु, अँध्यारोमा रम्नेहरुले किन देख्दैनन् हर कोहीका आँखाले ज्योति बोकेर हिँडिरहेका छन् ।
    म दंग छु, राजनीति र देशको यो नाङ्गो तस्विर हेरेर हामी कहिलेसम्म विवेकहिन बनिरहने होला ? नेपोलियन बोनापार्टले भने झैं, के हिंसा भन्दा बढी खतरनाक छैन त सचेत मान्छेहरुको यो हदसम्मको मौनता?

    आइतबार, भदौ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    • ५.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    • ६.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    भर्खरै

    • १.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ३.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ४.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ५.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ६.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ७.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ८.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation