• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ८. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • ९. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

पुस्ता अन्तर कसरी कम गर्ने ?


  •   मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
  • आजभोलि अधिकांश परिवारमा आमाबुबा र छोराछोरीबीचमा कुरा मिल्दैन अझ संयुक्त परिवार छ भने त हजुरबुबा हजुरआमा, नाती नातीना, काका काकी भतिजा भतिजीबीचमा समेत कुरो नमिलेको देखिन्छ । अझ सिधै भन्नुपर्दा उमेर अन्तर भएकाहरुबीचमा कुराहरु मिल्दैन । यसरी उमेर अन्तर बीचका कुरा नमिल्नुलाई एक पुस्ताबाट अर्को पुस्ताको अन्तरको रुपमा लिने गरिन्छ । जसलाई हामी पुस्ता अन्तर भन्ने गर्छौ ।
    हरेक मानिसले तत्कालीन परिवेश अनुसारको ज्ञान हासिल गरिरहेको हुन्छ ।

    Advertisement

    त्यो ज्ञान हासिल गर्न तत्कालीन समयको शिक्षा र प्रविधिले भूमिका खेलेको हुन्छ ।

    त्यही ज्ञान र प्रविधिबाट हरेक मानिसले आप्mनो विश्वास, मूल्य मान्यता सिर्जना गर्दै दृष्टिकोण निर्माण गरेको हुन्छ । त्यस किसिमको दृष्टिकोण निर्माणमा कारक देखिने तत्कालीन परिवेशको ज्ञान र प्रविधिको कत्तिको छिटो परिवर्तन भएको छ, सोही परिवर्तन अनुरुप नै पुस्ता अन्तरमा देखिने समस्या कम र बढि हुने गर्दछन् ।यसलाई प्रष्ट पार्नको लागि प्यूठान जिल्लाको विगत  ३० वर्षमा प्रविधिमा भएको विकासलाई हेरौं ।
    ३० वर्ष अगाडि प्यूठान लगायत धेरै ठाउँमा विजुलि भित्रिएको थिएन । विजुली नै नभएपछि टेलिभिजन, कम्प्युटर र इन्टरनेटको कुरै नगरौं । विजुली नभएपछि मट्टितेलको टुकिको उज्यालोमा पढ्नु  पर्दथ्यो । मानिसले विजुली विना पनि दैनिक काम गर्न सक्थ्यो र ? भनेर अहिलेको पुस्ता प्रश्न गर्ने भइसकेको छ । विजुली मानिसको दैनिक जनजिवन चलाउने अत्यावश्यक साधन बनेको छ ।३० वर्ष अगाडि प्यूठानमा तार फोन समेत थिएन भन्दा अहिलेको पुस्तालाई अचम्म लाग्न सक्छ ।  तर यो यथार्थता हो । ३० वर्ष अघि एक जिल्लाबाट अर्को जिल्लामा केही सन्देश पठाउन जिल्ला सदरमुकाममा रहेका आवा को भर पर्नुपर्ने अवस्था थियो । जिल्लमा तार टेलिफोन हुँदै अहिलेको मोवाइल प्रविधिको विकास भएको यही तीस वर्षको दौरानमै हो । यो ३० वर्षको दौरानमा पुरै संसारसहित हामी नेपालीले धेरै परिवर्तन आत्मासात गरिरहेका छौं । ३० वर्षको छोटो अवधिमै प्रविधिको विकास दु्रततर रुपमा भइरहेको छ । द्रुततर रुपमा भइरहेको यो प्रविधिको विकास नै पछिल्लो समय पुस्ता अन्तरको समस्या पनि बढाइदिएको छ । हामीले हाम्रा बाजे र बुबाको जति पुस्ता अन्तर थियो अहिले त्यसको कैयौ गुणा बढि पुस्ता अन्तर देखिदैछ । हाम्रा बुबाहरु प्रायः आप्mनो बुबासँगै बसेका थिए । बुबाले भनेको मान्य आज्ञाकारी थिए । बुबाको सुखदुःखमा सधै साथ दिने कोशिस गर्दथे तर अहिले बुबाआमा र छोराछोरीको कुरा मिल्दैन । प्रविधिको अन्तर बढि भएजस्तै यसले अहिलेका बुबाआमा र छोराछोरीबीचमा अन्तर ल्याइदिएको छ । मानिसको उत्पत्तिदेखि नै प्रविधिको विकास निरन्तर भइरहेको छ । यहि प्रविधिको विकासले नै मानिसले आप्mनो दैनिक जनजीवन सहज बनाएको हो ।
    हामीलाई उपचार गर्ने हरेक औषधिको केही न केही साइड इफेक्ट हुन्छ भनिन्छ तर साइड इफेक्ट छ भनेर औषधि खाएन भने मान्छे मर्न पनि सक्छ। प्रविधि पनि त्यस्तै हो । प्रविधिको विकासले पुस्ता अन्तरको बढ्ता समस्या देखियो भनेर प्रविधिको विकास नै नगर्ने त ? यसो गर्नु मूर्खतापूर्ण काम हुने छ । जसरी औषधिको प्रयोगले मानिसको ज्यान बचाउँछ त्यसरी नै प्रविधिको विकासले समाजलाई समुन्नत बनाउन सहयोग पु¥याउँछ । हामीले प्रविधिको विकास नगरेको भए आजसम्म मानवको अस्तित्व नै संकटमा पर्न सक्ने सम्मको सम्भावना देखिन्छ ।
    मानिसको उमेर बुढो भएसँग सिर्जनशिलता पनि बुढो हुँदै जान्छ । बढि उमेरका मानिसहरु कम सिर्जनशिल हुन्छन् भनिन्छ । सिर्जनशिलता कम भएका कारण पाको मानिसहरु आपूmले विगतमा गरेका कामहरुलाई गौरवपूर्ण रुपमा सम्झिने गर्दछन् । विगतमा गरेका कामहरुलाई उनीहरुले गर्वका साथ घण्टौ व्याख्या गर्ने गर्दछन् । तर यस्तो कुरामा नयाँ पुस्ताकालाई खासै रुचि देखिदैन । उनीहरुलाई त आजको समयमा के कुरा भइरहेको छ र भोलि के कुरा हुँदैछ भन्नेमा चिन्तन गरिरहेका हुन्छन् । उनीहरु वर्तमान र भविष्यमा बढ्ता केन्द्रित हुन्छन् । यसो हुँदा पुरानो र नयाँ पुस्ताका बीचम कुराकानी मिल्दैन ।

    पुरानो पुस्ताका व्यक्तिहरु पुरानै कुरा मात्र गर्ने र नयाँ पुस्ताकालाई ति कुराप्रति रुचि नभएपछि उनीहरु कुरा सुन्न सम्म पनि धैर्य गर्दैनन् ।

    पुराना पुस्ताकालाई आप्mना छोराछोरी नाती नातीनाले आप्mना कुरा सुन्दिए हुन्थ्यो जस्तो लाग्छ तर रुची नै नभएको कुरा उनीहरुले कसरी सुनुन् ?
    पुस्ता अन्तर हुनुमा पुरानो पुस्ता बढि जिम्मेवार देखिन्छ । पुरानो पुस्ताले चाह्यो भने पुस्ताअन्तरमा कमि ल्याउन सक्दछ । पुरानो पुस्ताले नयाँ पुस्ताको मूल्य मान्यतालाई आत्मसात गर्ने कोशिश गर्नुपर्दछ । उनीहरुको रुचीलाई पनि ध्यान दिने हो भने उनीहरु कम्तिमा पुरानो पुस्तासँग टाढिने कुरा आउँदैन । सँगै बसेर गफगाफ गर्ने वानीको विकास भयो भने पुरानो पुस्ता र नयाँ पुस्ता एक आपसमा कुरा गर्ने विश्वासको वातावरण बन्न सक्छ । तर हामीकहाँ ठूलो मान्छे । पाको मान्छे भनेपछि सबै कुरा जानेको छ भन्ने भ्रम छ । बालबालिकाको सिर्जनशिलतालाई हामी ध्यान दिदैनौ । उसका बाल्यकालदेखिका प्रश्नको उत्तर दिन हामी झण्झट मान्छौ । त्यसले गर्दा उ हामीसँग बोल्नै छाड्छ नजिक पर्नै छाड्छ । त्यो वानीको बिकास हामी बुबा आमाले नै गरेका हुन्छौं । अनि जव उ बयस्क हुन्छ । हामीलाई उसको सहायता आवश्यक पर्छ तव मात्र उसलाई हामी सम्झिन्छौं । हाम्रो नजिक आएर बसे हुन्थ्यो । हाम्रो कुरा सुने हुन्थ्यो । तर हामीले उ बच्चा छदा गरेको व्यवहारको परिणाम नै उसले अहिले त्यस्तो व्यवहार गरेको भुल्छौं ।
    बच्चाकोे लालनपालनमा विश्वास र नियन्त्रणको सन्तुलन कायम गर्न सक्नुपर्दछ । बालबालिकालाई सबै कुरामा विश्वास गर्न नसकिएला तर हामी नियन्त्रणमा मात्र गयौ भने पुस्ता अन्तरले भ्mयांगिने अवसर पाउँछ । यो नियन्त्रणले कतिपय अवस्थामा बालबालिकाको व्यक्तित्व विकासदेखि लिएर समग्र विकासको लागि नराम्रो प्रतिफल समेत दिएको पाइन्छ ।

    बच्चाको रुची बिनाको कामले कहिल्यै राम्रो परिणाम ल्याउन सक्दैन ।

    अरुचीपूर्वक बच्चालाई काम गर्न लगाउनुभन्दा उसको के कुरामा सिर्जनशिलता छ त्यो कुरालाई मलजल गर्नु राम्रो हुन्छ । पुस्ता अन्तरमा नियन्त्रण भन्दा पनि बढ्ता विश्वासले काम गर्दछ । दुई पुस्ताबीच हामीकहाँ विशेष गरी पुरानो पुस्ताले नियन्त्रण गर्ने काम बढि गरेको देखिन्छ । त्यसकारण नयाँ पुस्ताले आप्mनो रुची बिनाको काम गरेको भनेर पुरानो पुस्तालाई वेवास्ता गरिरहेको हुन्छ ।
    पुस्ताअन्तरमा कमी ल्याउन परिवारका सवै सदस्यको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ । पुरानो पुस्ताका ज्ञान र अनुभवलाई नयाँ पुस्ताले आप्mनो अनुकूल समय सान्दर्भिक प्रयोग गर्न सक्दछ ।

    नयाँ पुस्ताको रुचीलाई पुरानो पुस्ताले पनि सम्मान गर्न सक्यो र त्यसमा जति सक्यो बढि त्यसमा समाहित हुन सक्यो भने उसले कहिल्यै आपूmलाई पुरानो र बुढो महसुस गर्नुपर्दैन ।

    सधै सिर्जनशिलतालाई अनुसरण गर्न सक्दछ । यसरी पुरानो र नयाँ पुस्ता दुबैको मूल्य मान्यता, जीवनशैली जस्ता कुरालाई दुबैले एक आपसमा आत्मसात गर्न सके पुस्ताअन्तरको सामाजिक समस्याबाट त्यो परिवारका सदस्यहरु बच्न सक्दछन् । यसैलै पुस्ता अन्तर कम गर्न हामी सबै आ–आप्mनो ठाउँबाट क्रियाशील होऔं । खुशीसाथ परिवारमा रमाऔं ।

    मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation