• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ६. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ७. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ८. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ९. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • १०. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

स्तनपानः दिगो विकासको आधार


  •   मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
  • बच्चा जन्मनु एउटा प्राकृतिक प्रक्रिया हो। जस अनुरुप हरेक आमाको चाहाना एउटा स्वास्थ्य तथा सुन्दर शिशुको जन्म दिनु हुन्छ।नवजात शिशुको आगमन हरेक दम्पति तथा परिवारको एउटा खुसीको क्षण मानिन्छ।उक्त खुसियाली दिगो कायम राखी राख्न बच्चाको खानपान तथा आहारमा पनि ध्यान दिनु अति आवश्यक हुन्छ।बच्चाको पहिलो आहार तथा आमाको दुध बच्चाको लागि एक मात्र सर्वोतम आहार हो। यो शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टीक तत्वले भरिपूर्ण हुन्छ।धेरै जसो समुदायमा स्तनपानको महत्वको पूर्ण जानकारी नभएता पनि प्राकृतिक खानाको रुपमा स्तनपान गराइन्छ।बदलिँदो सामाजिक परिवेश तथा शहरीकरणको बढ्दो प्रभाव र आमाको दुधको सट्टा पाइने अन्य खाने कुराको कारणबाट शहरी समुदायका बच्चाहरुलाई प्राय जसो सट्टा खानेकुराहरु खुवाउने प्रचलन बढ्दै गएको पाइन्छ। स्तनपान नगराउनाले बच्चाहरुलाई रोग लाग्ने र मृत्युदर बढ्ने मात्र नभई,बच्चाहरुको शारीरिक र मानसिक वृद्धि विकासलाई पनि प्रतिकुल प्रभाव पारिहेको हुन्छ।बच्चाको दुध तथा अन्य खानाहरु खुवाउने खर्च पनि बढ्न जान्छ।अझै पनि हाम्रो देशमा कुपोषणको समस्याका साथै नवाशिसु,शिसु र बाल मृत्युदर उच्च छ। झाडापखाला तथा श्वासप्रश्वास सम्बन्धी रोग लागेर वर्षेनी धेरै बालबालिकाको मृत्यू हुने गर्दछ ।

    Advertisement

    आमाको दुध खुवाउनाले मात्र पनि धेरै बालबालिकाहरुलाई झाडापखाला तथा श्वासप्रश्वास सम्बन्धी रोगको कारण हुने अकाल मृत्यूबाट जोगाउन सकिन्छ ।

    विभिन्न अध्ययन÷अनुसन्धानहरुले स्तनपान गराउने बच्चामा स्तनपान नगराउने बच्चा भन्दा कैयौ गुणा बढी रोग प्रतिरोधात्मक क्षमता हुन्छ भन्ने देखाएका छन। बच्चाको मानसिक तथा शारीरिक विकासको लागि आवश्यक पर्ने सम्पूर्ण पेोष्टिक तत्वहरु आमाको दुधमा प्रयाप्त हुने हुँदा शिशु जन्मने बितिकै जति सक्दो छिटो स्तनपान गराउन उचित हुन्छ यदि सकिएन भने जन्मिएको एक घण्टाभित्र शुरु गरिसक्नु पर्दछ, यो भन्दा ढिला गर्नु हुँदैन।रोगसँग लड्ने क्षमता वृद्धि गर्ने आमाको पहिलो बाक्लो बिगौती दुध बच्चालाई अनिवार्य खुवाउनु पर्दछ।नवजात शिशुलाई जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउनु पर्छ । ६ महिनासम्म बच्चालाई खोप र आवश्यक परेको बेला औषधि बाहेक अन्य कुनै खानेकुरा तथा झोल पदार्थहरु खुवाउनु हुँदैन र आवश्यक पनि पर्दैन । स्तनपान २४ घण्टामा बच्चाले खोजेको जुनसुकै बेला (दिन वा रात) एकपटकमा कम्तिमा १५ मिनेट नघट्ने गरी पालै पालो दुवै स्तनबाट गराउनु पर्दछ । शिशु ६ महिना पुगेपछि स्तनपानको साथ साथै अन्य पुरक आहार खुवाउन थाल्नु पर्दछ। पुरक आहारको साथै शिशुलाई २ वर्षसम्म स्तनपान गराउनु पर्दछ। सामान्य बिरामी पर्दा पनि स्तनपान गराउन छाड्नु पर्दैन। स्तनपान गराउन आमाले पोषिलो खानेकुरा तथा झोल पदार्थ जस्तै गेडागुडीको रस,माछा,मासु,प्रशस्त मात्रामा खानुपर्दछ। आमाले जति पोषिलो खाना खायो त्यति धेरै दुध आउँछ भन्ने कुरा मनन गर्नुपर्दछ। स्तनपान गराउने आमाले खाने कुराहरु बार्नुपर्दैन तर धुम्रपान,मदिरापान तथा सुर्तिजन्य वस्तुहरुको उपभोग कहिल्यै गर्नुहुँदैन।स्तनपान सम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था,स्वास्थ्य कार्यकर्ता वा महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गर्न सकिन्छ । बच्चालाई स्तनपान गराउँदा आमाको सहि आसन र बच्चाको राम्रो स्तन सम्पर्क हुनु जरुरी छ। आमाको खानपानको कारण आमाको दुध कम र बढी मात्रामा आउने हुन सक्छ तथा स्तनको आकार बनावटले दुध उत्पादनमा कुनै असर पार्दैन बरु जति धेरै स्तनपान गरायो त्यति धेरै मात्रामा दुध उत्पादन हुन्छ । बिश्व स्वास्थ्य संगठनका अनुसार विश्व भरि ४१ प्रतिशत आमाले मात्र जन्मेदेखि ६ महिनाको उमेर सम्म पूर्ण स्तनपान गराउने गरेको तथ्यांक छ। नेपालमा पछिल्लो नेपाल जनसाङखिक स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मेको एक घण्टा भित्रै स्तनपान गराउनेहरु ५५ प्रतिशत रजन्मेदेखि ६ महिना सम्म स्तनपान गराउने महिलाहरु ६६ प्रतिशत रहेको पाइएको छ। प्युठान जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा पूर्ण स्तनपान गराउनेहरु ५५ प्रतिशत रहेका छन ।
    स्तनपान गराउँदा हुने फाइदाहरु

    बच्चालाई हुने फाइदा

    – स्तनपान प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो ।
    – बच्चा निरोगी वा स्वस्थ रहन्छ ।
    – बार्षिक दशौ लाख बालबालिकाकोमृत्युबाट रोक्दछ ।
    – रोग सँग लड्ने प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ साथै संक्रमणबाट बचाउँछ ।
    – बच्चाको शरीरको तापक्रम सन्तुलन राख्न मदत गर्दछ ।
    – बौद्धिक क्षमता वृद्धि गर्न मद्दत पु¥याउँछ ।
    – आमा र बच्चा बीच भावनात्मक सम्बन्ध विकास हुन्छ ।
    – बच्चाले आफु सुरक्षित भएको महसुस गर्छ ।
    – बच्चालाई आँखा, कान तथा मुटु सम्बन्धी रोग लाग्नबाट बचाउँछ ।

    आमालाई हुने फाइदा

    – जन्मान्तर कायम राख्न मद्दत पु¥याउँछ ।
    – आमाको स्तन र पाठेघरको क्यान्सर हुने सम्भावना कम हुन्छ।
    – सुत्केरी पश्चात हुने रक्तश्रावमा कमी ल्याउँछ ।
    – स्तनपान गर्दा निस्कने हर्मोनले आमाको तनाब कम गरि शिसु स्याहार गर्न सघाउ पुर्याउदछ ।
    – आर्थिक भारमा कमी महसुस गराउँछ ।
    समाजलाई हुने फाइदा
    – जन्मान्तर घटाई जनसंख्या वृद्धिदरमा कमी ल्याउँछ ।
    – आमाको दुध खुवाउनाले अन्य खाना तथा आहार किन्न लाग्ने खर्च बचाउन सहयोग पु¥याउँछ ।
    – रास्ट्रका लागी बेोद्धिक तथा स्वस्थ र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याई मुलुककै अर्थतन्त्र बलियो गराउँदछ ।

    स्तनपानले बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन तथा शिशु तथा बालमृत्यूदरलाई कम गर्नको साथ साथै दक्ष र स्वस्थ जनशक्ति उत्पादन गर्न सहयोग पुग्दछ भन्ने कुरालाई आत्मसात गर्दै सन् १९९२ देखि नेपाल सहित विश्वभरी अगस्त १ देखि ७ सम्म स्तनपान सप्ताहको रुपमा मनाउँदै आइएको छ । जसअनुरुप यस वर्ष पनि मुलुकका तीनै तहका सरकार तथा मातहतका निकाय मार्फत देशैभर स्तनपानको महत्व सम्बन्धी जनचेतना जगाउनको लागि अगस्ट १ देखि ७ तारिख सम्म अर्थात श्रावण १७ देखि २३ गतेसम्म‘स्वस्थ र सुन्दर संसार,स्तनपान एक मात्र आधार’ भन्ने मुल नाराका साथ स्तनपानको महत्व झल्किने बिबिध जनचेतनामूलक कार्यक्रम गरि विश्व स्तनपान सप्ताहको कार्यक्रमहरु सञ्चालन गरिदै छ।पछिल्लो समय विभिन्न सार्बजनिक स्थल तथा कार्यालयहरुमा बाल अधिकारको संरक्षण र स्तनपान प्रबर्धनका लागि स्तनपानछुट्टै कक्ष स्थापना स्थापना गरिदै आएको देख्न सकिन्छ, र पनि अझैस्तनपानका सबालमा समुदायमा बिबिध गलत धारणाको ब्याप्तता रहेको पाईन्छ । तीनै तहको सरकारबाट अत्याबश्यक स्वास्थ्य सेवाको पहुँच र उपभोग वृद्धि गराउने कार्यमा कुनै कसुर बाँकी नराखी स्वास्थ्य क्षेत्रको सस्थागत सुधार,क्षमता, सीप र परामर्शमा अभिबृद्धि गराउदै जाने.बिध्धमान स्वास्थ्य सेवा तथा कार्यक्रमको समानवितरण र उपभोगमा बढवा हुने खालका रणनीतितर्जुमा गर्ने,बिध्धालय शिक्षा देखि नै प्रजनन तथा बालस्वास्थ्यका विभिन्न सैदान्तिक तथा ब्यबहारीक आयामहरूको अध्यापन गराउने,औपचारिक तथा अनौपचारिक मन्चहरुमा स्तनपान प्रबर्धनका लागि पैरवी गर्ने,अन्तर क्षेत्र साझेदारी रनिजि, गैरसरकारी तथा सामुदायिक संघ संस्थाहरुसँग आबश्यक सहकार्य र समन्वय गर्ने, सुत्केरी अबस्थामा महिला कर्मचारीहरुका लागि रहेको बिदाको बिद्यमान प्रावधानलाई परिमार्जन गरी कम्तिमा ६ महिना बिदा हुने ब्यबस्था सुनिश्चितता गर्ने, विभिन्न माध्यमबाट सूचना प्रबाहको ब्यबस्था सुनिश्चत गरी सुसुचित गराउने कार्यहरुका साथै स्तनपानको संरक्षण र सम्बद्र्धन गर्न आमाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु बिक्रि÷वितरण नियन्त्रण ऐन,२०४९ तथा नियमावली, २०५१को प्राबधानहरुलाई कडाईका साथ् उचित कार्यान्वयनमा ल्याउन जरुरि छ ।स्तनपानको माध्यमबाट कम लगानीमा उचित तबरले बालबालिकाको वृद्धि विकास गर्न सके व्यक्ति,परिवार र राष्ट्रकै लागि आर्थिक सम्बृद्धिमा टेवा पुग्ने छ । स्तनपान, दिगो बिकासको लक्ष प्राप्तिको एक प्रमुख आधार हो,एक लागत प्रभावकारी बिधि हो,यसलाई केवल सप्ताह तथा दिवसको रुपमा मात्र मनाउने नगरी दैनिक व्यवहारमा ल्याउनु पर्ने विषय भएकोले यसलाई नियमितता कायम गर्न सबै व्यक्ति,परिवार समाज रतह, तथा निकायहरु उत्तिकै अग्रसर भई लाग्नु पर्ने देखिन्छ ।

    लेखक स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हुनुहुन्छ ।

    मङ्गलबार, साउन २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ६.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    भर्खरै

    • १.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • २.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ३.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ४.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ५.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ६.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ७.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ८.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation