• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ५. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ६. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

‘सुरक्षित हुन बनाएको घर नै काल बन्यो ’


  •   बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
  • कालीकोट। पुरानो घर भत्काएर एक वर्षअघि गंगे बुढाले पत्थरले छाएको नयाँ घर बनाएका थिए । नरहरिनाथ–७ माल्कोट बागाका ६२ वर्षीय बुढाले यही घर काल बनेर ७ जना परिवारको जीवन चुँडेर लैजाला भन्ने सोचेकै थिएनन् ।
    मंगलबार राति मुसलधारे वर्षा भयो । बुधबार बिहान घरमाथिबाट पहिरो खस्दा घरमूली बुढासहित उनका ६१ वर्षीया श्रीमती नैना, २४ वर्षीया बुहारी सीता, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, नातिहरू ७ वर्षीय रामबहादुर र डेढ वर्षीय चरित्रको मृत्यु भयो ।खाना खाएर छिमेकीकहाँ घरमा बस्न गएकाले उनका छोरा पदम भने संयोगले जोगिएका छन् । घरको छेउतिरको कोठामा सुतेका बुढाका अर्का छोरा जयरूप, उनका पत्नी सरिता र छोरा विमल पहिरोबाट बाँच्न सफल भए । उनीहरू सुतेको कोठा आधा भत्केको थियो । पदम स्थानीय विद्यालयमा निजी स्रोतका शिक्षक छन् भने उनकी पत्नी सीता (मृतक) सुर्खेतमा शिक्षिका थिइन् ।‘घर नै काल होला भनेर सोचेकै थिएनौं,’माथिपट्टि भत्किएको थाहा पाएर झ्यालबाट बारीमा हामफालेर बच्न सफल भएका जयरूपले भने,‘सुरक्षित हुन बनाएको घर नै काल बन्यो ।’उनीसहित चार जना बाँच्न सफल भएका छन् ।
    बेलुकी खाना खाएर तीन कोठामा सुतेका उनको परिवारका ११ जनामध्ये ६ जना पहिरोमा च्यापिए भने १९ वर्षीया विमला घाइते भएकी थिइन् । उपचारार्थ कुमालगाउँ प्राथमिक उपचार केन्द्र लैजाने क्रममा उनको बाटोमा निधन भयो । बागा गाउँमा कुमालगाउँबाट बसाइँ आएका बुढा जातिका २२ घरधुरी छन् । गाउँको वरिपरि पाखो भिरालो ठाउँ बढी भएकाले भैंसी पाल्न घाँस काट्न सजिलोका लागि आठ पुस्ताअघि कुमालगाउँका बुढा परिवार यता बसाइँ सरेका थिए । बुधबार सुर्खेतमा रहेका गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टका अनुसार नरहरिनाथ–६ माल्कोट र वडा ७ मा पर्ने रातीमाटा, रुप्साको अदेला र कुमालगाउँको गोठी पहिरोले बढी जोखिमयुक्त ठाउँ हुन् ।मंगलबार राति नै नरहरिनाथ–४ माझगोठीमा ७० वर्षीया बाले बुढा र उनकी ६५ वर्षीया पत्नी मनाको पनि पहिरोले घर भत्किँदा मृत्यु भएको छ । दुई छोराहरू अलग्गै घरमा बस्ने गरेकाले वृद्धवृद्धा मात्रै घरमा थिए । राति २ बजे पहिरो आएको पत्तै नपाएर वृद्ध दम्पतीले ज्यान गुमाएको स्थानीय विश्वकुना माविका प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।
    अविरल वर्षासँगै घर पहिरोले बग्न थालेपछि नरहरिनाथ–४ माझगोठीका २५ घरधुरीका १ सय ३५ जनाले आफ्नो थातथलो छाडेका छन् । विस्थापितलाई गाउँपालिकाले स्थानीय नीलकण्ठ आधारभूत विद्यालयमा सरण दिएको छ । नरहरिनाथका सितला, पांग्रा, रातीमाटा, अदेल, भाटगाउ, बागा, काफ्ला, बडेमेलामा गरी ४ सय घर पनि पहिरोको उच्च जोखिममा रहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताइन् । उनले विपद्को समयमा सबैलाई जुट्न भनेकी छन् ।
    माल्कोट बाकाको पहिरोमा घर पुरिएको ठाउँमा प्रहरीको टोली बिहान ७ बजे पुगेको थियो । पहिरोमा पुरिएकाको खोजी सुरु गर्दा १९ वर्षीया विमला बुढाको ‘बचाओ’ भन्दै कराएको आवाज आयो । प्रहरी र आफन्तले उनलाई घरसँगै च्यापिएको अवस्थामा उद्धार गरे । तत्काल उपचारका लागि नरहरिनाथ–३ को कुमालगाउँ प्राथमिक उपचार केन्द्र कुदाइयो । लैजाँदै गर्दा बाटोमा ‘बचाओ’ भन्दाभन्दै उनले प्राण त्यागिन् । तुलाराम पाण्डेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

    Advertisement

    बिहिबार, साउन १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    • ६.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation