• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

सरल बाटो हिडौ


  •   बुधबार, साउन ०७, २०७७ मा प्रकाशित
  • – कल्पना पौडेल ।  बाटो जति बढि बाँगोटिंगो भयो उति गन्तव्यमा पुग्न गाह्रो हुन्छ, समय पनि बढि लाग्छ । चिन्तन सोच जति सरल हुन्छ त्यसलाई प्राप्त गर्न त्यति सजिलो हुन्छ । सरलताले नै जटिल समस्याको निकास निकालिदिन्छ । त्यही भएर सरल मानिस नै आप्mनो गन्तव्यमा सजिलै पुग्न सक्छन् । सरल मानिसले नकारात्मक कुरामा आप्mनो उर्जा खर्च गर्नु पर्दैन । उसले आप्mना सबै इन्द्रिइहरुलाई सकारात्मक उर्जा पैदा गर्न केन्द्रित गर्न सक्दछ । जसको परिणामस्वरुप उसले आपूmले चाहेको कुरा सजिलै प्राप्त गर्न सक्दछ ।

    Advertisement

    सरलताले भौतिक सुख मात्र होइन आध्यात्मिक सुख पनि दिन्छ ।

    यस्तो सरलताको बाटोबाट आजको युवा पुस्ता भने विचलित हुँदैछ । भौतिक सुखलाई सर्वश्व ठानेर त्यसैमा लिप्त हुन पाउँदा उसले आपूmलाई भाग्यमानी ठानीरहेको छ । त्यो भौतिक सुखको लागि जस्तोसुकै कुकर्म गर्न पनि उ तयार भइरहेको छ कुकर्मले परिणाम नकारात्मक दिए पनि उ त्यो स्वीकार गर्न तयार छ । भौतिक सुखको दलदलले मानिसलाई नैतिक आचरणमा समेत समस्या पैदा गरिदिएको छ ।
    मानिस सामाजिक प्राणी भएको कारण अहिले मानिसको आचरणलाई लिएर सामाजिक अपराध बढिरहेको छ । सामाजिक अपराध घटाउन सरकारले प्रहरी प्रशासनमा ठूलो लगानी गर्नुपरिरहेको छ । एकपटक ठण्डा दिमागले सोचौ त हामी सबै अनुशासीत नैतिक, विवेकी, इमान्दार, शान्तिप्रिय भइदिने हो भने वर्षेनी हामीले प्रहरी प्रशासनको लागी खर्च गर्र्नुपर्ने पैसा हामीले मानिसको समृद्धि हुने गतिविधिमा खर्च गर्न सक्ने थियौं । तर अहिले अवस्था त्यसको ठिक विपरित छ । अपराधिक घटनाहरु घट्ने हैन हरेक वर्ष बढ्ने चरणमा छन् । अपराधीहरु नयाँ नयाँ प्रविधिको प्रयोग गरेर अपराध गर्दैछन् ।

    उनी किन त्यसो गरेका होलान् भनेर हामीले घोत्लिएर सोच्यौ भने सजिलै उत्तर भेट्न सक्छौ – भौतिक सुखको खोजी ।

    समाजमा अपराध वृद्धि गर्ने जड भनेको भौतिक सुख नै हो । मानिस तेरी र मेरी किन गर्छ त्यही भौतिक सुखको लागि । त्यो मृगतृष्णारुपी भौतिक सुखको लागि विश्वव्यापी ठूला ठूला युद्धहरु समेत भए । मानिसलाई अत्यावश्यक खाद्यान्न उत्पादन गर्न भन्दा मानिसलाई नै घातक हुने हतियार निर्माण गर्न अहिले मानिस लागिरहेको छ । कथित शक्तिशाली राष्ट्रहरुले आप्mनो सुरक्षामा बजेटको महत्वपूर्ण हिस्सा छुट्याउँदै आएका छन् । विश्वमै अहिले ठूलो धन राशीमा हुने व्यापार मध्येको हतियारको व्यापार एक हो ।
    अहिले मानिसको स्वार्थपूर्ण चिन्तनले विश्वव्यापी असर परिरहेको छ । देश देश बीचमा मनमुटावहरु छन् । तेरी र मेरीको भावनाले एक देश र अर्को देशबीचको सम्वन्धमा तिक्तता आइरहेको छ । एउटा व्यक्तिमा भएको नकारात्मक भावना अहिले समाज हुँदै राष्ट्र राष्ट्रमा समेत प्रतिविम्वित भइरहेको छ ।
    अहिले हामी शान्ति राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा खोज्छौ । ती सबै देखावटी हुन् । अशान्तीको जरो भनेको मान्छेको मन नै हो । त्यो जराबाट उपचार नगरेसम्म शान्ति कायम हुन सक्दैन । मान्छेका मनहरु शान्त नभएसम्म त्यहाँ शान्ती आउँदैन । मन शान्त आउनको लागि वातावरण पनि आवश्यक होला । त्यो वातावरण मिलाइदिने काममा सरकारले केही सहयोग हुन सक्ला । त्यो बाहेक महत्वपूर्ण कुरा भनेको व्यक्तिको मन सकारात्मक हुन जरुरी छ । तर अहिले त्यसो देखिदैन सामाजिक सञ्जालमा हाम्रो सामाजिक अभिमत प्रतिविम्व हुन्छ । त्यसै भएर मैले केही सन्दर्भ लिन चाहन्छु । सामाजिक सञ्जालमा अहिले हामी अरुलाई गाली गरेको छ्याप छ्याप्ती भेट्न सक्छौं ।नकारात्मक कुराहरु अहिले सामाजिक सञ्जालमा सजिलै भाइरल हुन्छन् । त्यस्ता सामाग्रीहरु धेरैले रुचाउँछन् ।

    यसबाट पनि हामीले सहजै अनुमान लगाउन सक्छौ हाम्रो समाज नकारात्मक दिसातर्फ उन्मुख भएको छ ।

    अहिले सामाजिक सञ्जालहरुमा सरकार विरोधी तथा अधिकार प्राप्त निकायले गरेको स्यानोतिनो कमजोरीलार्इ मसेलदार बनाएर भाइरल बनाइन्छ । उनीहरुले गरेको राम्रो तथा पं्रशंसनीय कार्यको त्यति बढि महत्व दिइदैन । सरकारलाई धुवादार गाली गर्नेहरु उनीहरुले एउटा राज्यको नागरिकको हिसावले के गरिरहेका छन्? उनीहरुले नागरिक हुनुको दायित्व पूरा गरेका छ्न कि छैनन् भनेर हे¥यो भने उनीहरु पनि सरकार भन्दा कम हुदैनन् ।  अहिले हामीले विरोध गर्ने सरकारको चरित्र र एउटा नकारात्मक चरित्र भएको व्यक्तिको गुणको तुलना गर्ने हो भने त्यो व्यक्ति सरकार भन्दा पनि खराव भेटिन सक्छ ।
    कतिपय मानिसलाई यस्तो पनि लाग्दछ शक्तिको प्रयोगले सबै चिज नियन्त्रण गर्न सकिन्छ । तर त्यसो होइन शक्तिको प्रयोगले सिमित समय मात्र व्यक्तिको मन नियन्त्रण हुन्छ । समय क्रमसँगै क्रमशः त्यो मन तरंगीत हुन पुग्दछ । उसले त्यसको प्रतिरोध गर्न थाल्दछ । उसको विरुद्ध भएभरको शक्ति लगाएर धावा बोल्दछ । आपूm माथि भएको शक्ति प्रयोगलाई बदलाको भावले लिन्छ र पुनः अशान्ति हुन्छ ।

    अशान्तिको श्रृंखला भनेको बदलाको सिक्री नतोडिएसम्म त्यो निरन्तर घुमिरहन्छ । अहिले हाम्रो समाज त्यही बदलाको सिक्रीमा जकडिएको छ ।

    त्यो वदलाको भावनालाई हामीले क्षमा दियौ भने मात्र शान्ति स्थापनामा सहयोग पुग्दछ । त्यो क्षमा दिने भनेको सरल बाटो हो । हामी सरल बाटोमा हिड्यौ । हामीलाई नराम्रो गर्ने व्यक्तिलाई माफि दियौं भने मात्र बांगोटिंगो बाटोको अन्त्य हुन्छ । त्यसैले व्यक्तिगत तथा सामाजिक सुखको लागि सरल बाटो हिडौ ।

    बुधबार, साउन ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation