• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लघुकथा : ‘परिचय’


  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
  • -पुष्कर रिजाल
    गाउँलेहरू उसलाई खासै पत्याउँदैनथे । हुन पनि उसका कुरा अनौठा र नौला हुन्थे । ऊ पनि आफ्ना कुरालाई अरुले जसरी ल्याए पनि मतलब गर्दैनथ्यो । निर्धक्क आफ्ना कुरा राखिहाल्थ्यो । ऊ गएको घण्टौँसम्म पनि गाउलेहरू चौपारीमा बसी उसका कुरा काटी बहस गर्थे । उसको पक्ष लिनेलाई पनि उल्लीबिल्ली पारिन्थ्यो ।
    उसले आफ्नो बारी जोतेपछि ‘बाहुनले पनि जोत्यो’ भनेर समाजले झण्डै पानी बारेको थियो । सहर जाँदा एकदिन होटलमा खाना खाएको थाहा पाएर बाबुले छुट्याइदिएका थिए । जिम्माल बाले नराम्ररी झपारेका थिए । यसपछि उसले गाउँ छाड्यो । २/४ वर्षपछि भएको सम्पत्ति बेचेर हिडेकाले गाउँमा देखिन छाड्यो । ज्यामिरे गाउँमा उसको परिचय अब हराउँदै गयो ।
    पढेलेखेको हुनाले उसले निकै परको गाउँमा शिक्षकको जागिर पायो । विद्यार्थीहरू उसका नौला कुराहरू सुन्न उत्सुक बन्थे । पुराणका कुरा पनि उसले विज्ञानसँग जोडेर रोचक बनाउँथ्यो । उसले विद्यालय नजिकै सानो सानो घर पनि बनायो । उसका स्वास्नी छोराछोरी पनि भए । अलिअलि गर्दै उसलाई विद्यालयका अभिभावकले पनि मन पराउन थाले । उसले एकदिन यो स्कुल क्याम्पस बनाउने कुरा समितिमा राख्यो । उसका कुरा सुनेर धेरै जना गलल्ल हाँसे । केहीले ‘असम्भव कुरा’ भने । एक दुई जनाले ‘गरे नहुने के छ र’ भने ।
    जागिर खाएको पन्ध्र वर्ष भएछ । ऊ प्राचार्य भएर विद्यालयमा +२ संचालनमा आयो । सहर पढ्न जाने विद्यार्थीहरू गाउँमै रोकिए । एक दिन गाउँमा जागिर खोज्दै नयाँ मानिस आयो । क्याम्पसमा पढाउन एकजना विज्ञान शिक्षक चाहिएको थियो । समितिका अध्यक्षले उसलाई हेडसरसँग कुरा गर्न भने ।
    विष्णु सर नमस्कार ! भन्दै त्यो मान्छे आँगनमा देखियो । परिचयको आदान-प्रदान भयो । जागिर खोज्नेवाला जिम्माल बाकै छोरा थियो । विष्णु सरले गाउँको हालखबर सोधे । त्यो मान्छेले गाउँमा अझै स्कुल नखुलेको बतायो । बाटो घाटो पुगेछ । मोबाइल र फ़ोन सुविधा थपिएछ । युवाहरू विदेश जाने लहर चल्दै रहेछ । जिम्माल बा बिरामी रहेछन् । सबै कुरा बुझेपछि उसलाई प्रमाण पत्रहरू छाडेर निवेदन दिई जान भने ।
    ओच्छ्यानबाटै जिम्माल बाले जागिरको कुरा के भयो भनी सोधे । गाउँमा पुगेको हरिले विष्णु सरको सहयोगी व्यवहारको खुलेर प्रशंसा गर्यो । ‘त्यही बिस्ने !’ सुरुमा नपत्याएर जिम्मालले ओठ लेप्राए । आफूले उतिबेला गरेको दुर्व्यवहार पनि सम्झे …! छोराको जागिरको सवाल भएकाले फोन नम्बर मागेर डायल गरी आफ्नो परिचय दिए : हेल्लो विस्नु सर हो ? म ज्यामिरेबाट गंगाराज ! जिम्माल बा क्या !

    Advertisement

    लेखक रिजाल : मध्यपश्चिमांचल विश्वविद्यालय, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका  उप प्राध्यापक हुनुहुन्छ ।

    शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation