• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, माघ ०७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ५. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ६. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ७. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • ८. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ९. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • १०. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

लालपुर्जाविहीन मासपुर गाउँ


  •   बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
  • सिमकोट । सदरमुकाम पुग्न भौगोलिक हिसाबले टाढा भएपछि हुम्लाका मासपुर गाउँका बासिन्दा लालपुर्जाविहीन छन् । जग्गा उपयोग गर्दै आए पनि सो गाउँका बासिन्दाको लालपुर्जाविहीन जग्गाधनीको परिचय बनेको छ ।

    Advertisement

    सदरमुकाम सिमकोट जान मात्र चार दिन पैदल लाग्ने देखिएपछि स्थानीयवासीको हातमा हालसम्म लालपुर्जा नपरेको हो ।सात हल जग्गा भएकी ताँजाकोट गाउँपालिका–३, मासपुर गाउँकी हीराकला बुढाले जग्गा उपभोग गर्दै आएको भए पनि दर्ता भए–नभएको थाहा नभएको बताए । पञ्चायत कालमा मुखियालाई तिरोस्वरूप मानोपाथी तिरेका स्थानीयले हाल भने तिरो पनि तिरेका छैनन् । विसं २०५४ सालअघि नै नापीको टोलीले जग्गा नापजाँच सम्पन्न गरे पनि लालपुर्जा हातमा नपरेको उनले बताए । जिल्ला आएर लालपुर्जा लिन टोलीले सुझाएको भए पनि चार दिन पैदल र एउटा चार हजार अग्लो मनेलेक काट्नुपर्ने भएपछि स्थानीयको जग्गाधनी पुर्जा लिने रहर पूरा हुन नसकेको हो ।लालपुर्जा जिल्ला मालपोत गएर बनाउन सकिने जानकारी गाउँपालिकाबाट थाहा पाउनुभएका अर्का स्थानीय टेकबहादुर रोकायाले पुर्जा बनाउन आठदेखि दस दिन लाग्ने भएपछि गाउँका मानिस नगएको बताए । दस दिनको समयसँंगै खर्चको कुराले पुर्जा बनाउन समस्या परेको बताइएको छ ।

    स्थानीय बूढापाका भने आफूले लालपुर्जाको मुखै देख्न नपाउने हो कि भनेर चिन्तित देखिएका छन् । गाउँपालिका केन्द्र छप्रेला पुग्न एक दिन लाग्ने मासपुरका बासिन्दाले जग्गा बेचबिखन नहुने भएपछि लालपुर्जाको जरुरी नै नपरेको बताएका छन् । मासपुर गाउँमा १९ घरधुरी छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।

    बिहिबार, साउन ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ५.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    भर्खरै

    • १.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • २.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ३.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ४.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ५.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ६.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ७.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ८.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation