• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

कबिता : किन लेखौँ म ?


  •   बिहिबार, असार २५, २०७७ मा प्रकाशित
  • केहि लेख न है ,
    राम्रा लेख्छ्यौ , कलम नछोड
    तिमी फुर्काउँछौ , सँगै अराउँछौ ।

    Advertisement

    के लेखौं , बिषय नै छैन ।
    लेखिईसकेकालाई शब्द फेर्दैमा
    पात्रका नाम र समाज फेर्दैमा
    के नै नयाँ हुन्छ र !
    भाग्ने बाहानामा म ।

    लेख न
    तिमी केटीमान्छे सजिलो छ त
    बिषय पाउन ।
    बलात्कारका चित्कार लेख ,
    दुर्ब्यबहारका पर्दा खोल
    अन्यायका ब्यथा लेख
    बिद्रोह लेख
    स्वतन्त्रताका आवाज लेख ।
    हरेक पल दिनुपर्ने परिक्षा लेख
    फेलहुनुका नियति लेख ।
    घाउहरु देखाउ
    यस्तै यस्तै सबै लेख ।

    कहिलेकाहीँ यस्तो पनि लेख
    धर्ति हुनुमा अहँकार
    पाठेघरको हुनुको हुँकार
    तिमी सर्बशक्तिमान !

    नत्र अतिवादि बनेर लेख
    ” नारिवाद ” छताछुल्ल पोख ।
    ”सबै पुरुष उस्तै ” भन्दै
    एउटै घानमा राखेर भुट ।
    बजारमा यस्तै त बिक्छ ।
    कि सहानुभुति बिक्छ
    या त बिद्रोह ।

    म छक्क पर्छु ,
    केटीले रोदन नै लेख्नु पर्ने ? !
    या शरिर बेच्नु पर्ने ? !
    के मेरो खोपडिभित्रको गिदि
    तिम्रो भन्दा कमसल हो?
    मेरो छातिभित्र धड्कने मुटु
    तिम्रो भन्दा फरक हो ?
    मैले किन तिम्ले जस्तै
    जिवनका कुरा नगर्ने ?
    रोमान्चक प्रेमका कुरा नगर्ने ?
    नितिका कुरा , अर्थतन्त्रका कुरा
    देश – राजनितिका कुरा
    कानुनका कुरा , कुरितिका कुरा
    मैले नि गर्न सक्दिन र ?
    कि तिम्रो साम्राज्यमा मिल्दैन?

    तिमलाई यदि नारी उत्पिडनको चिन्ता भए
    साहित्यमा होइन, ब्यबहारमा हेर
    शब्द र अक्षरका लयमा होइन
    घर र अफिसको बिचमा हेर ।
    तिमले यात्रा गर्ने बसमा हेर ।
    घरको भान्सामा मात्र होइन
    ओछ्यानमा पनि हेर
    आफैलाई सोध
    कति न्यायी छौ।

    रजोनिवृति स्ँग एक्लै जुधिरहेकि तिम्री आमा
    आफैलाई के भैइरहेको छ
    किन भैरहेको छ,
    प्रश्नका उत्तर खोज्दा खोज्दै
    एक्लै हराईरहँदा
    तिम्रा बा लाई चिया ढिलो हुन्छ
    चिनि कम या शुन्य ह्न्छ ।
    तिम्रा बा ले आमालाई कराउँदा
    के गर्छौ तिमी , आफैलाई सोध ।।

    तिमी भन्दा तेजस्वी तिम्री बहिनी
    आफ्ना लोग्नेका खातिर
    सपनाको तिजान्जली दिँदै
    ” माया” ले घर सम्झाल्छे ।
    चुपचाप , गुमनाम तिम्री बहिनी
    जब असह्य एक झापडले
    चेत खुलेर तिम्रा छेउ आउछे
    के गर्छौ तिमी ?
    दुईचार दिनपछि सम्झाई बुझाई
    ”’घर ” पठाउँछौ ?
    या आखा खुलेकोमा स्याबासी दिँदै
    अर्को बाटो देखाउछौ?

    यस्तै सानातिना कुरा पढ
    आफ्नै वरिपरिका नलेखिएका कुरा।
    कम्तिमा आफै त न्यायी बन ।
    मैले लेखेर या तिम्ले पढेर मात्रै
    सबै बदलिने भए
    सबथोक छोडी म लेख्न बस्थेँ ।
    मैले लेख्नै पनि पर्थेन ,
    बिगतमा लेखिएका धेरै कुरा
    साभार गरेरै बस्थें ।

    © माया पन्थी

    बिहिबार, असार २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation