पाल्पा। पाल्पा, रामपुरका कृषकहरु चैते धान भित्र्याउने चटारोमा छन् ।
Advertisement
पाल्पाका माडी, अर्गेली, रामपुरजस्ता फाँटहरुमा लगाइएको चैते धानखेतीलाई पछिल्लो समय भने रामपुरका कृषकहरुलेमात्र निरन्तरता दिएका छन् ।
कम क्षेत्रफलमा पनि बढी उत्पादन लिन सकिने र वर्षे धानको तुलनामा उपादकत्व बढी भएको चैते धान रामपुरक्षेत्रमा मात्र खेती गरिँदै आएको छ ।
प्रदेश सरकारको कार्यक्रमअन्तर्गत् रामपुरलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले कृषक समूहमार्फत् चैते धानको प्रवद्र्धन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिनुभयो ।