नवलपरासी। विप्लव नेतृत्व नेकपा विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीले अनलाइन कक्षाको नाममा प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
Advertisement
क्रान्तिकारीका नवलपरासीका जिल्ला अध्यक्ष सुशील परियारले एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीले जनता संकटमा परिरहेकोबेला शैक्षिक माफियाहरुले अभिभावकहरुबाट अनलाइन कक्षाको नाममा शुल्क उठाउन थालेको भन्दै सरोकारवाला सवैको ध्यानाकर्षण गराएको छ ।
क्रान्तिकारीले २०७७ जेठ २० गते शिक्षा विकास तथा समन्वय इकाई मार्फत शिक्षा मन्त्रालयमा पेश भएको ९ बुंदे माग पत्र र विगतमा भएका सहमतिहरुलाई उलंघन गर्दै प्याप्सन र एन प्याब्सनले विद्यार्थीहरुबाट विभिन्न बहानामा शुल्क असुली गरेको पाइएमा चरणबद्ध संघर्षमा उत्रने बताएको छ ।
विज्ञप्तिको पूर्णपाठ