अनिल खत्री, गुल्मी । गुल्मीमा पनि सलह कीरा देखिएको छ । जिल्लाका बिभिन्न स्थान हुदै अनेत्र जानेक्रममा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
सलह कीरा देखिएपछिे किसानलाई धपाउन शास्ती भएको छ । दैनिक जसो सलह कीरा आउने गरेपछि किसानहरु धपाउन आगो बाल्ने थाल ठटाउने गर्न बाध्य भएका छन् ।यतिबेला किसानहरु मानो रापेर मुरी फलाउने समयमा खेतवारीमा व्यस्त रहने किसानहरु पनि सलह किरा धपाउन तिर समय खर्चिने गरेका छन् । भारतबाट प्रबेश गरेको सलह खेती बालीहरुमा समेत प्रबेश गरेर केही हानी नोक्सानी गर्न थालेको छ ।जिल्लाका कतिपय स्थानमा मबै बालिमा सहल किराले खान थालेको हो । तर कहाँ कति क्षेती गरेयो भन्ने बारे बिवरण संकलन भएको छैन् । सलह कीराको बथानै नभई केही झुण्ड तितर बितर भएर आएकाले माहामारीको रुप लिन नसक्ने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए । सलह कीरा बालीहरुमा बस्न नदिनका लागि ड्रम, थालहरु ठटाउने र आगाको धुवाबाल्ने जस्ता कार्यहरु गर्न सकिने कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लामा यतिबेला कृषकहरु धान रोप्न तथा मकै वाली भित्राउने तयारीमा रहेका किसानहरु सलह वालीनाली नष्ट गरिदिन्छकी भन्ने बारे चिन्तित छन् ।
गुल्मीमा पनि देखियो सलह कीरा, थाल ठटाउदै खेतवारिमा किसान
गुल्मीमा पनि देखियो सलह कीरा, थाल ठटाउदै खेतवारिमा किसान
Advertisement
तपाईको प्रतिक्रिया