• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

असहायको सारथी निलसागर आश्रमलाई धानिनै मुस्किल


  •   शनिबार, असार १३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । दिनभरी डुल्दै मागेर खानुपर्थ्यो । कतिको गाली सहनु पर्थ्यो त कतिले छिछि दुर दुर गर्थे । अरुको सामु हात नफिजाउँ पनि कसरी ।  पेटले खाना, जो मागेको छ । मान्छेलाई बाँच्नका लागी आखिर गास, बाँस र कपास त हो चाहिने । दिनभरी बजारका गल्ली गल्ली भौतारिने ती होसचेत गुमाएका अशक्त, असाहय ब्यक्तिका दैनिकी कहाली लाग्दो नै हुन्थ्यो ।

    Advertisement

    उनी त्यसै सडकमा आएका त हैनन् । कोहीकोही आफन्त नभएर बाध्यताले रोडमा आएका हुन भने कसैलाई आफैले जन्म दिएका सन्तानले बेवास्ता गर्दा रोडमा आएका हुन् । सन्तानको लागि हरेक सपना सजाउने तिनै बाबा आमा मानसिक सन्तुलन गुमाएर या अशक्त, अपाङ्गता तथा बृद्द भएर रोडमा आएका उदाहरण थुप्रै छन् । जब उमेर ढल्केर शरिरले काम गर्न छोड्छ तब कति बुवा आमा तिरस्कृत हुनुपर्छ ।दिनभरी भौतारिने तिनै असाहय, अशक्त तथा बृद्द आमाबुवाको सहारा बनेको छ निलसागर आश्रम ।
    देशका विभिन्न जिल्लामा असाहय आमाबुवाको सेवा गर्ने उद्देस्यले सञ्चालित निलसागरले बाँके, बर्दिया, दाङ्ग र पाल्पामा आश्रम सञ्चालन गरि सेवा सुरु गरिसकेको छ । सरकारको साथ सहयोग पाएदेखी देशका अन्य विभिन्न जिल्लाहरुमा पनि सेवा सुचारु गर्ने निलसागरले जनाएको छ । दाङ्गको देउखुरीमा गत पौषदेखी निलसागरले सेवा दिन थालेपछी दाङ्गका बजार हरुमा अहिले बेसाहारा असाहाय हरु देखिन छाडेका छन । निलसागरले देउखुरीको राप्ती गाउँपालिका ८ सिसहनियामा आश्रम सञ्चालनमा लिएपछी दाङ्गका प्रमुख बजारहरुमा मानसिक सन्तुलन गुमाएर भौतारिने गरेका असाहाय हरु देखिन छाडेका हुन् । आश्रममा अहिले महिला पुरुष गरि ३० जना मानसिक रोगी भएका असाहाय, अशक्त बृद्दबृद्दा रहेका छन् । जसमध्य ७ महिला र २३ पुरुष छन । प्राय बृद्दबृद्दा छन ।तिनै आश्रम अहिले लकडाउनका कारण सबैभन्दा बढी प्रभावित भएका छन् ।‘लकडाउन’ले सहयोगी, मनकारी दाता, जन्मदिन जस्ता उत्सवहरु ठप्प भएपछि हिँजोआज सांझ बिहान छाक टार्न गाह्रो भएको छ । सामान्य प्रस्थितिमा जन्मउत्सब, बिवाह बर्षगाँठ, श्राद्द जस्ता अबसरमा सहयोगी दाताहरुबाट सहयोग स्वरुप रासन पानी आउँथ्यो । अहिले लकडाउनका कारण सहयोगमा कमी भएको छ जसले गर्दा कसरी खाना खुवाउने भन्ने पिरलो परेको छ निलसागर दाङ्गका सँयोजक प्रकाश बिष्टले भने । लकडाउन भए पश्चात राप्ती गाउँपालिकाले उपलब्ध गराएको खाद्यान्न पनि सकिन लागेको उनले बताए ।

    सरकारी निकायबाट उचित ब्यबस्था नहुँदा र लकडाउनका कारण पनि मानबिय सेवामा समर्पित यस्ता आश्रमहरु दैनिक प्रभाबित हुँदैछन् । देउखुरी स्थित निलसागर आश्रममा बस्नका लागि पनि कोठाहरु पर्याप्त छैनन् । महिला पुरुष लाई छुट्टा छुट्टै बसाल्नुपर्ने भएकाले पनि पर्याप्त नभएको हो । उक्त भवनपनि अर्को ब्यबस्था नहुञ्जेल सम्म स्वर्गीय गिरा बहादुर कार्की र छोरा ईन्द्र बहादुर कार्किले आफ्नै घर आश्रमका लागि दिएका हुन् । अहिले सोही भवनको वरिपरि राप्ती गाउँपालिकाले टिनको बार समेत लगाएको छ । ‘मानसिक बिरामी भएकाले कोही बेला जोपनि भाग्न सक्नुहुन्छ, बार अति आबस्यक थियो सँयोजक बिष्टले भने-गाउँपालिकामा आग्रह गरियो, अनि बार भने लागेको छ ।’भवनका लागि आफुले गाउँपालिका र माथिल्लो सरकारमा आबस्यक पहल गर्ने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताए । निलसागर आश्रमलाई स्थापना कालदेखी नै आबस्यक सहयोग गरिरहेको बताउँदै अध्यक्ष सुबेदीले आगामी दिनहरुमा सहयोगका लागि सधै तत्पर रहेको जनाए । ‘आश्रमलाई गाउँपालिकाको सहयोग मिलेको छ, हाम्रो दायित्व पनि हो, रासन पानी, स्वास्थ्य, सुरक्षा सबैमा सक्दो गरिएको छ अध्यक्ष सुबेदीले भने-भवनका लागीपनि मैले पहल थाल्नेछु, झट्टै हुने कुरा भएन, केही समय लाग्ला ।’निलसागर दाङ्गका सँयोजक प्रकाश बिष्ट आफैपनि स्वास्थ्यकर्मी भएकाले सरकारी निकायलाई स्वास्थ्य चेकअपका लागि डाक्टर झिकाउनुपर्ने बाध्यता भने छैन । बिष्टले उनिहरुको ज्वरो, रुघाखोकी, झाडापखाला, प्रेसर लगायत अन्य सामान्य चेकजाँच आफै गर्छन् । मानसिक रोगका लागि भने कोहलपुर मेडिकल कलेजमा कार्यरत डा. मोहन बेलबासे द्वारा मासिक १ पटक चेकजाँच हुन्छ । निलसागरको आग्रहमा डा. बेलबासेले पारिश्रमिक भने लिँदैनन् । उनले भने बमोजिमको अौषधी दिनुपर्ने भए निलसागर आफैले खर्च गर्छ । त्यहाँ हेरचाह गर्ने र खाना पकाउने ३ जना छन् । उनिहरु सबैले मानबिय सेवाका लागि पारिश्रमिक लिँदैनन् ।

    शनिबार, असार १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...