• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, फागुन ११, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ३. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ४. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ५. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

  • ६. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ७. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ८. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ९. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

  • १०. राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

नेपालको शिक्षा प्रणाली र अवको यात्रा


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • शिक्षा शव्दले सामान्य अर्थमा प्रशिक्षण, संवर्द्धन तथा पथ-प्रदर्शन गर्ने कार्यलाई इङ्गित गर्दछ। जानकारी, सुचना, ज्ञान,विचार अादानप्रदान गरिने प्रक्रियालाई शिक्षा भनेर बुझ्न सकिन्छ। यसरी ज्ञान, सीप, व्यवहार, कार्य पद्धति, चेतना आदिलाई प्रशिक्षण, विकास एवम् परिस्कृत गर्दै थप उन्नत बनाउने समष्टिगत प्रक्रिया नै शिक्षाको मुल मर्म हो। सिकाइ प्रक्रियामा ज्ञान, सीप,मान्यता,व्यवहारको आदान प्रदान गरिन्छ। यस प्रक्रियामा प्रशिक्षण,तालिम, पुनर्वाचन एवम् पुनर्व्याख्या, छलफल,अनुसन्धान अादि सामेल रहन्छन्। यसै अनुरुप प्राचीन आदिम कालमा ऋषिमुनि देखि हालका विश्वविद्यालयहरुले अौपचारिक एवम् अनौपचारिक शिक्षा प्रदान गरिरहेका छन्।

    Advertisement

    शिक्षालाई कुनैपनि समाज या राष्ट्रको विकासको महत्त्वपूर्ण पुर्वाधार एवम् मुख्य अाधारशिला मानिन्छ। शिक्षाले नै शिक्षित एवम् दक्ष जनशक्तिको निर्माण गर्दछ जुन देश विकासको लागि महत्त्वपूर्ण अस्त्रको रुपमा लिइन्छ । नेपालमा पनि विगत देखि हालसम्म अौपचारिक एवम् अनौपचारिक शिक्षाको विकासमा घनिभूत छलफल र चर्को बहस चलिरहेको पाइन्छ। विशेषगरी सरकारी लगानी र नियमनमा रहेका सरकारी विद्यालय र निजी क्षेत्रको स्वामित्वमा रहेका निजी विद्यालहरुले नेपालको शिक्षाको विकासमा योगदान गरेको परिपेक्ष्य छ।

    कति राम्रा र सबल पक्षहरुपनि हाम्रो शिक्षा पद्धतिमा छन् तर समयानुकूल यसको परिवर्तन, परिमार्जन र परिस्कार अावश्यक रहेको महसुस धेरै विद्वान र शिक्षाविद्ले बखत बखतमा गरिरहन्छन्।

    अाजको हाम्रो शिक्षा प्रणाली अझैसम्म पनि सैद्धान्तिक शुत्रहरु मात्रै रटाउने रस्साकस्सीमै रुमलिएको छ। विद्यार्थीको असली ज्ञान र बुझाई भन्दापनि उसको स्मरण शक्ति मात्रै मापन गर्ने परीक्षा व्यवस्थाले गर्दा विद्यार्थीमा अध्ययनले आफ्नो जीवनको पथलाई समेट्न नसकेको यथार्थ हामी माझ छ। शिक्षा पद्धतिका कुरा गरिरहदा यसले समग्र सबै पक्षलाई समेटेको हुनुपर्छ। सिकाई र शिक्षण पद्धति, विद्यालय र विद्यार्थी बीचको सम्बन्ध, पाठ्यक्रम, शिक्षण सामाग्री, सेवा सुविधा, सम्मान एवम् राज्यको नियमन र समयानुकूल परिमार्जन अादि यावत् कुराहरु यसमै पर्दछन्।तर यी र यस्ता सवालमा सार्थक पहल नहुदा विद्यार्थीमा प्रतिस्पर्धा भन्दा पनि नैराश्यता बढेर गइरहेको छ।

    हाम्रो शिक्षा प्रणालीको महत्त्वपूर्ण ध्येय सिकाइले जीवनमा सकारात्मक परिवर्तन संगै मानिसको सोचाइ, व्यवहार र कार्य पद्धतिमा सुधार ल्याई चेतनशील बनाउनु पर्नेमा झन दोधारमा पारेर गम्भीर प्रश्न चिन्ह खडा किन गरिरहेको होला ?

    आज विद्यार्थीहरु अङ्कको लागि मरिहत्ते गरिरहनु परेको छ, अाफ्ना कल्पनाशक्तिलाई एकातिर बिर्सेर सकि नसकी बुझि नबुझी शव्दका महासागर, शुत्रका पहाड, सिद्धान्तका घना जङ्गलमा पस्न बाध्य पारिएका छन् । यी गलत हुन भन्ने होइन तर अाफ्नो क्षमता, अावश्यकता, उपयोगिता र सिर्जनात्मकतालाई निरन्तर प्रहार गरेर के हाम्रो सिकाइ प्रभावकारी होला त? प्रत्येक वर्ष विद्यार्थीले सुगाले जसरी रटेर याद गरेका गणीतका साध्यहरु,विज्ञानका सुत्रहरु र सिद्धान्तहरु, अङ्ग्रेजीका शब्दार्थहरु किन कक्षा बढे संगै बिर्सदै गईन्छन होला? जीवनको यथार्थ एकातिर, हाम्रो शिक्षाले देखाउने मार्गदर्शन अर्कोतिर हुदा जीवनमा हाम्रो सिकाइ अाशातित प्रभावकारी बन्न नसकेको हो। जवसम्म हाम्रो सिकाइले हाम्रो जीवनसँग सापेक्षतामा सम्बन्धित हुदैन, तवसम्म हाम्रो सिकाइ र शिक्षाले विद्यार्थीलाई अङ्क त दिइरहला तर अाजको विश्व जगतको चुनौतीलाई अवसरमा बदल्ने सीप, क्षमता र व्यवहारिक ज्ञान तुलनात्मक रुपमा अन्य मुलुकमा जस्तो दिदैन। के हाम्रो शिक्षाले शिक्षित बेरोजगारहरुको संख्यामा उल्लेख्य वृद्धि मात्रै गर्ने हो कि सक्षमता र दक्षतामा अभिवृद्धि पनि गर्छ भन्ने गम्भीर प्रश्न हिजोआज धेरै सुनिन्छ।

    व्यक्तिको सिर्जनात्मकता, विशेष क्षमताको पहिचान र अभिवृद्धिको साटो विद्यालयको अनुशासनको छडिले निरन्तर कलिला बालप्रतिभामा निलडाम पारिरहेको छ। यो दोष एउटा विद्यालय वा शिक्षकको होइन हामीेले अँगालेको नीति र पद्धतिको हो। हामीले व्यक्तिको ज्ञान र विवेकको निर्धारण उसले कति सिद्धान्त मन्त्र उच्चारण गरेझैं याद गरेर कक्षामा सुनाउँछ, कसरी परीक्षामा हुबहु उतार्न सक्छ र कसरी धेरै अंक प्राप्त गर्नसक्छ भन्ने अाधारमा गर्छौं तर यी कुराले उसको जीवनमा कस्तो प्रभाव पार्छ, यो तरिकाले उसको जीवनको यात्रा सार्थक रुपमा अग्रगामी दिशामा मोडिन्छ कि मोडिन्न भन्ने हेक्का राख्दैनौं।

    अाज विद्यालयको अनुशासनको परिधिमा कैयौं नव बाल प्रतिभाको सिर्जनात्मकता, क्षमता, बाल मनोविज्ञान र कल्पनाशिलताको पालुवाहरु निमोठिएका छन्, र एउटा सिमित ईट्टाको वाकसमा भविष्यका कर्णधारहरु गुम्सिएका छन्।

    विद्यार्थीहरुका उत्सुकता, जागरुकता, चन्चलता र चलाखीपनहरुले कैयौंपटक प्रार्थना स्थलमै उठबस गरिसके, कतिले लठ्ठी र झापडको नमिठो सजाय भोग्नुपरेको छ त कतिले अाफू तुलना गरिएकै भरमा लज्जित हुनुपरेको छ। केही अपवाद बाहेक सबैमा केही न केही गुण र सबल पक्ष हुन्छ नै र उसको ईच्छा, क्षमता र लगावमा अाधारमा नभइ अभिभावकको ईच्छाका कारण एउटै यातना र मानसिक तनावमा विद्यार्थीले वर्षौं गुजार्नु परेको छ। विद्यार्थीको असाधारण क्षमता र कौशलताको अभिवृद्धि हुनुपर्ने ठाउँमा सोही चिज धरापमा पर्यो भने बालबालिकाको भविष्य पुस्तकमा सजिएका जीवनीमा लेखिएका पात्रहरुको जस्तो उज्ज्वल नहुन सक्छ ।

    हाम्रो शैक्षणिक विधि र परीक्षा पद्धतिले अाफूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन र यसको प्रवर्द्धन गर्नुको साटो एकअर्कामा तुलना गरिरह्यो। प्राप्ताङ्क मात्रैका आधारमा विद्यार्थीको दर्जा निर्धारण हुनुले पनि सबैमा उत्प्रेरणा जगाउन सकेन।

    अन्यथा वर्ष भरि पढेर किन कति विद्यार्थी निर्धारित अङ्क समेत प्राप्त गर्न सफल हुँदैनन् ?

    तर तिनै विद्यार्थी विदेशी भाषा, सीप र तालिममा केहि महिनामै उत्तीर्ण हुन्छन् किनभने सिकाइ आफ्नो मार्ग निर्धारण,व्यवहारीकता, रोजगारी र जीवनस्तर परिवर्तनसँग जोडिनुपर्छ। दशकौँ वर्ष पढाइमा लागेर पनि जीवनमा सीप र कौशलता हाँसिल नहुदा जीवनको यात्रामा अनिश्चितताको कालो बादलले ढाकिदिँदा र ईमानदार एवम् सक्षम व्यक्ति भन्दा अाफ्नालाई प्राथमिकतामा राखिँदा अहिलेको अध्ययन कतिपयलाई पश्चाताप भन्दा केही लागेको छैन्।

    हाम्रो शिक्षाले धनी र गरीब बिपरित हुन, कालो र सेतो उल्टो हुन भनेर सिकायो जसको कारण धनीले गरीबलाई अाफ्नो ठीक बिपरित देख्यो। यसकै कारणले पनि समाजमा भेदभावपूर्ण व्यवहार देखिन्छन् तर धनी गरीब , कालो सेतो, अग्लो होँचो, मालिक, नोकर एकअर्काका विपरीत होइनन् यिनीहरू एकअर्काका परिपुरक हुन, एकअर्का विना कसैको अस्तित्व सम्भव छैन।

    यहि कुरा विद्यार्थीले ल्याउने अंकमा लागू नगरिदा तर विपरीत देख्नाले कति विद्यार्थीले परीक्षाफल पछि मानसिक तनाव र खिसिटिउरीको पीडा सहन नसकी अनाहकमा ज्यान गुमाएका पनि छन् । यो कुरा हामी बन्द गर्नुपर्छ।

    यस किसिमको व्यवस्थाबाट माथि उठ्दै व्यवहारिक शिक्षा प्रणालीको बाटोमा जान नीति सोही बमोजिम निर्माण हुनुपर्छ। तत्पश्चात पाठ्यक्रम र शैक्षिक सामाग्री र सेवा सुबिधा प्रदान हुनु जरुरी हुन्छ। जब सम्म नाम भन्दापनि दाम मात्रै कमाउन शिक्षा क्षेत्रमा लागिन्छ, जबसम्म विद्यालय विद्याकि देवीको मन्दिर नभएर धनकि देविको मन्दिरको रुपमा हेरिन्छ तबसम्म ईच्छा फेरिएलान्, शिक्षा फेरिन्न। निजि विद्यालय कमाउने भाँडो र सरकारी विद्यालय रमाउने भाँडो हो भन्ने रुपमा रहिरह्यो भने गुणस्तरीय शिक्षा शताब्दी सम्म निति बन्ला स्थिति बन्दैन। यसो भन्दै गर्दा निरन्तर शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने सम्पूर्ण विद्यालयहरुको योगदानलाई अवमूल्यन गरिएको होइन र हुन्न पनि। सरकारी विद्यालय दल र तिनका कार्यकर्ता भर्ति गर्ने ठाउँ बनिरह्यो यदि भने यसको फाइदा अरुले उठाईरहन सक्छन् । कुनै दल वा दलको अास्था राख्नु त एउटा कुरा दलकै झण्डा समाएका कारण पद बहाली गरेका, दलको संरक्षण पाएका र दलकै दानापानी खाएका व्यक्ती विद्यालय सुधारमा हावी भए भने हाम्रो शिक्षा क्षेत्र गम्भीर मोडमा धकेलिन्छ भन्दा फरक पर्दैन।

    शिक्षकलाई उचित व्यवस्थापन, सेवासुविधा, तालिम र सशक्तीकरण नहुनुको कारणले पनि गुणस्तरीयता खस्किएको हो।

    अर्कोतिर अभिभावकले जन्म मात्रै दिएर पुग्दैन कर्म पनि दिनुपर्छ। हामीले हाम्रा बालबालिकालाई डाक्टर, ईन्जिनियर, पाइलट चाहेका छौँ तर किन हामीले समाजका एक सभ्य र ईमानदार नागरिक चाहेनौं? डाक्टर बन्नुपर्छ तर त्योभन्दा महत्त्वपूर्ण तिनिहरु यो समाजको एक जिम्मेवार नागरिक पनि त हुनुपर्छ। समाजमा भएका हरेक पेशागत व्यक्ति यो समाजको हिस्सेदार पनि हुन र समाजलाई बुझ्न उनिहरुले सक्नुपर्छ। सामाजिक उत्तरदायित्व, संवेदनशीलता र ईमानदारिता सहित हरेक व्यक्ति अाफ्नो पथमा नहिँड्दा समाजले उसबाट केही पाउँदैन नत उसले समाजबाट। हामीले किन बालबालिकालाई अदृश्य र अमुर्त सपना बुनिदियौं तर जिम्मेवारी दिएनौं, हामी किन नक्कल र अनुशरण गर्न लगायौं तर निर्माण र सिर्जना गर्न लगाएनौं? नक्कल गर्न सजिलो छ र गल्ति कम हुन्छन् तर सिर्जना गर्न गार्‍हो छ र कमजोरी धेरै हुन्छन। तर जहाँ कमजोरी हुन्छन त्यहीँबाट सिकाइ अारम्भ हुन्छ, त्यहीँबाट सिर्जनात्मकताको मूल फुट्न सुरु हुन्छ।

    बालबालिकाको मनोभावना बुझेर मात्रै उसको जीवनको यात्रा तय गराअौं नत्र तारा गन्दा गन्दै चन्द्रमा अस्ताउन सक्छ।

    अहिले त सुनिन्छ पाठ्यपुस्तक पनि कुनै दल सम्बद्ध समुहको विद्यालयमा लगाइन्छ रे जसले नाफाकै लागि पुस्तक बिक्री गरेका छन् । विद्यालयमा विद्यार्थीको हितका लागि भन्दापनि राजनिती खेती मौलाइरहेको छ, अाज विद्यार्थी दलको , शिक्षक दलको, विद्यालय दलको पाठ्यपुस्तक दलको भयो भने समाजको विकास कसले गरिदिन्छ किन गरिदिन्छ? यी र यस्ता प्रश्नको जवाफ दिन ढिला भईसक्यो।विश्वका अरु विश्वविद्यालयमा विभिन्न अन्वेषण एवम अनुसन्धान र सोध हुन्छन् तर हाम्रो विश्वविद्यालयमा खुलेअाम राजनीति मात्रै हुन्छ, अान्दोलन हुन्छ, राजनितीक दलको विद्यार्थी संगठन र भातृ संगठनको स्वागतद्वारले सुरुमै स्वागत गरेको विद्यालयमा विद्यालयको स्वागतद्वार निरीह हुन्छ। यी र यस्ता कुरा कहिले सुध्रिन्छ त्यहीँबाट सुरु होला हाम्रो शिक्षाको अग्रगामी विकासको यात्रापनि। जबसम्म असल विद्यालय, असल शिक्षक र असल विद्यार्थी पुरस्कृत हुँदैनन् तवसम्म यी र यस्तै नियति दोहोरिरहन्छन। जब सम्म अाफ्नो र अाफ्नो गुटको हितलाई पर सारी सर्वाङ्गिण शिक्षाको विकास र हित सोचिन्न तवसम्म विद्यार्थीलाई टाइसुट, अङ्ग्रेजी माध्यमको पुस्तक, महंगो शुल्क र गोष्ठीमा गफ छाट्दैमा शिक्षाको गुणस्तरीयता बढ्दैन।

    विद्यालयमा विद्यार्थी संख्या बढ्दैमा शिक्षाको विकास भयो भन्न कहाँ सकिन्छ ?

    अाजका अधिकांश विद्यार्थीमा अङ्कको अभिलाषा छ सिकाइको छैन, प्रमाणपत्रको खोजी छ तर प्रमाणित गर्ने अाधार छैन, जानकारी छ तर जिम्मेवारी छैन, वेदना छ तर सम्बेदना विस्तारै हराउँदै गएको छ। तँ र म को भाव छ तर समभाव छैन। किनभने हामीलाई गन्तव्य चाहिएको छ कर्तव्य चाहिएको छैन । किनकि हामीलाई हामी मात्रै बन्नु छ समाज बनाउनु छैन। समाज यसरी पछाडि धकेलिनुमा यो पनि एउटा नदेखिएको तर नलुकेको कारण हो।
    अब जीवनउपयोगी पाठयक्रम लागू गरि प्राविधिक एवम् व्यवहारिक ज्ञानलाई जोड दिऊँ। भएगरेका प्रविधिलाई पनि समुचित प्रयोग गर्दै व्यक्तिका लुकेका,पहिचान नभएका सीप, क्षमता र कौशलको प्रवर्द्धन गर्दै नैतिकवान, स्वालम्बी, मेधावी, अात्मविश्वासी, लगनशील र अनुशासित विद्यार्थी उत्पादन गर्नतर्फ अग्रसर बनौं ।कुनै विषयमा दक्ष व्यक्तीले आफ्नै देशमा गरि खान पाईन्छ भन्ने कुराको सुनिश्चितता गरौं।यसरी पौरखी र दक्ष एवम् शिक्षित जनशक्ति निर्माण भयो भने हामीले कल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल देख्न लामो समय पर्खनु पर्दैन कि।

    – कृष्ण समर्पण
    सुनवल ११, नवलपरासी
    हाल- ब्रिसबेन, अष्ट्रेलिया
    www.krishnapaudyal803@gmail.com

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ५.
      एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

    • ६.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    भर्खरै

    • १.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • २.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ३.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ४.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ५.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ६.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • ७.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ८.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation