• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, फागुन १०, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ३. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ४. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ५. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

  • ६. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ७. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ८. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ९. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

  • १०. राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

नेपालको शिक्षा प्रणाली सुधार्ने मार्गचित्र


  •   शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
  • नेपालको शिक्षा पद्धति गुरुकुल ,आश्रम,बिद्यापिठ हुँदै आधुनिक बिधालय प्रणालीमा बिकसित भएको देखिन्छ। यसमा संग्लन शिक्षा दाताहरु गुरु,पण्डित,मास्टर र शिक्षकका रुपमा सम्मानित भएको पाइन्छ ।

    Advertisement

    बिगतमा सम्मान र प्रशंसाले उच्चारण गरिने शिक्षक शब्द आजभोली बाउन्सर,झोले ,हेल्मेटे र कोचिङ्गे भएको होकि जस्तो महसुस हुने गरेको छ ।

    अर्थात शिक्षक,बिद्यार्थी बीचको सम्बन्ध स:स्नेही,आत्मीय गुरुचेलाको नभएर कमान्डर सिपाहीको जस्तो छ । किनकी उत्तरदायित्व अलिकती पनि दुबैपक्षमा भेट्टिदैन ।यो प्राप्ताङ्क र व्यापार मात्रै होइन अमर्यादित क्रियाकलाप सिकाउने स्तरको सम्बन्धमा परिणत भएको छ । मिहिनेत,अनुशासन,आशा ,उत्साह, उमंग र सपना होइन अरु नै बेचिन्छ अनि कलिलो बालमस्तिष्क गलत कार्यतर्फ उन्मुख हुँदै गएको देखिन्छ ।एउटा बिधालय राम्रो हुन र सिकाइ क्रियाकलाप प्रभाकारी हुन आन्तरिक रुपमा शिक्षक ,बिद्यार्थी,अभिभावक र ब्यबस्थापन पक्ष बीचको सम्बन्ध सधै सहयोगीपुर्ण हुनैपर्छ ।यो पक्ष नेपालका सरकारी बिधालयमा कमैमा पाउन सकिएला ।जतिमा छ ती बिधालय निजि बिधालयसंग अहिलेपनी प्रतिस्पर्धामा अब्बल नै छन ।न्यून भौतिक साधन र पारिश्रमिकमा रहेर निजि बिधालयले दिने परिणामलाई अबलोकन गर्दा सरकारी बिधालय यो टिठ लाग्दो अबस्थामा नहुनुपर्ने हो ।किनकी अधिकांश शिक्षक स्थायी ,तालिम प्राप्त ,अनुभवी नै रहेका छन । यसको पछाडिको एउटा कारण जागिरे मानसिकता हाबी होकि जस्तो देखिन्छ । तर यो पेशा अरु भन्दा बढी संबेदनसिल हो जस्तो स्तम्भकारलाई लागेको छ ।

    किनकी डक्टरको गल्तिले एउटा बिरामीको ज्यान जाला तर शिक्षकको निराशा र लापरबाहीपनले हजारौं बाल मस्तिष्क एटम बममा परिणत हुने सम्भावना रहन्छ ।

    बिधालयमा बालमैत्री सिकाइ क्रियाकलाप नहुनु नै सरकारी बिधालयको निम्ति निम्छरो परिणामको धोतक हो जस्तो लागेको छ ।म कुनै शिक्षाबिद त होइन तरपनी करिव दशबर्षे नजिकको सम्बन्धका आधारमा मैले यो दावी गरिरहेको छु ।न शिक्षक शैक्षिक सामाग्रीको प्रयोग गर्छन न आत्मीय बोलिको प्रयोग नै ।हजुर त परै जाओस तिमी पनि होइन ओइ केटाकेटी भनेर बोलिने गरेको पाइन्छ ।तसर्थ कक्षामा शिक्षक पस्न साथ बाउन्सर पसेको अनुभव गर्दै चुपचाप बस्ने गरेको देखिन्छ ।उस्तै परे हातमा स्टिक नलिइ कक्षा कोठामा नजाने स्थिति छ ।

    अब कल्पना गरौ डर,त्रास देखाएर सिकाएको र खेल्दै गाउदै शिक्षण सामाग्री प्रयोग गर्दै सिकाएको ज्ञान कुन प्रभाबकारी होला ?

    फरक क्षमता अनुसार श्रेणी कायम (upgrading )गर्दै सिकाउने विधि अबलम्वन मार्फत बर्षभरी पढाएर तीन घण्टामा लेखेर परिणाम खोज्ने परम्परालाई तोडे के होला ? अंक प्रणालीलाई अक्षर प्रणालीमा लानुको औचित्य पुनर्पुष्टि गरिनु पर्दैन र ?

    नेपाल सरकारले हालै कोरोनाको कारण देखाएर कक्षा दशको सि परीक्षा गर्न नसकेपछी आन्तरिक मुल्यांकनलाई आधार मानी नतिजा तयार गरिने घोषणा गरिएको छ ।हिजोको परीक्षा र परिक्षण प्रणालीलाई ब्रेक गरेको छ । यहि बीच सधैको लागि गरिनुपर्छ र ग्रेड प्रणालीको औचित्य साबित गरिनुपर्छ भनी आबाज उठेको छ ।हाम्रो मुल्यांकन प्रणाली नतिजामुखी भन्दा पनि परिणाममुखी हुन सकिरहेको थिएन ।कुन बिषयबस्तुको सिकाइ कुन तह र कति समयमा गरिन्छ भन्ने कुराले परिणाम निर्धारण गर्छ र ब्यबहारिक हुन प्ररित गर्छ ।क्षमता पहिचान गरेर बिषय र करियर छनौट गर्न समेत सकिन्छ । आर्थिक हैसियत र बाध्यतामा नभएर क्षमता र राज्यको आबश्यकता अनुसार जनशक्ति तयार गर्ने पद्धतिको आधारशिला ग्रेड प्रणालीलाई बनाइनुपर्छ भन्नेतर्फ शिक्षाबिदको ध्यान आकृष्ट यो निर्णयले गरेको छ ।

    हाम्रा बिधालय सैद्धान्तिक शिक्षा बाड्ने र बेरोजगार तयार गर्ने भट्टी भइरहेका छन अहिलेसम्म हेर्दा ।

    संघिय प्रणालीमा देश गएपछी प्राबिधिक शिक्षाको हल्ला स्थानीय तहसम्म पुगेको छ ।शुरूवात भएको छ । तर ती आबश्यक जनशक्ति उत्पादन गर्नेभन्दा पनि कुरौटे प्राबिधिक तयार गर्ने थलो हुने निश्चित छ ।किनकी प्रयाप्त ल्याव,कृषि फर्म,पावर हाउस वा आबश्यक प्रयोगात्मक साधनबिनाको सिकाइले अन्तत बेरोजगार नै उत्पादन गर्छ ।तसर्थ स्थानीय पालिकाले संयुक्त रुपमै स्थानीय शिक्षा प्रणाली तय गर्दै राज्यकै लगानीमा नै सम्बन्धित क्षेत्रमै काम गरेर सिक्ने वा पढ्ने प्रणाली (learning by doing ) अवलम्बन गर्नुपर्छ ।बिधालय क्षेत्र सुधारका नाममा करोडौंका भवन भन्दा ठूलो स्केलका पिपिपी मोडेलमा प्लान्ट तयार गर्न तर्फ राज्यको ध्यान जानुपर्छ ।सैद्धान्तिक शिक्षामा ग्रेड प्रणाली लागू गर्दै ब्यबहारिक र प्राबिधिक शिक्षालाइ आधारभुत तहमै सिक्ने स्थिती बनाइनुपर्छ ।फिलिपिन्सले अंग्रेजी भाषा र हाउस किपिङ्गको काम मात्रै सिकाएर वैदेशिक रोजगारीमा दक्ष जनशक्ति निर्यात गरेर आर्थिक स्थिती दरो बनाएको छ ।तर हामीले कृषि ,हाइड्रो,पर्यटन ,जडिबुटी ,खानी सम्बन्धी जनशक्ति तयार गरेर देशमै रोजगारी बढाउने प्रयाप्त सम्भावना छ ।तालिम प्राप्त सिकर्मी तयार गरेर मात्रै अर्बौ रकम बिदेशीनुबाट जोगाउन सकिन्छ ।वडामा एक एक जना जेटिए ,भेटनरी पठाएर बाली र पशु उत्पादन बढाउन सकिने तथा रोजगारीका क्षेत्र वृद्धि गर्न सकिने आधार छ ।

    पच्चिस,तीस बर्षमा टोफेल गरेर शैक्षिक बेरोजगारका रुपमा लाखौ खर्चेर रुदै मातृभुमी र परिवार छोड्नुपर्ने बाध्यता त हुदैनथ्यो ? खै स्थानिय शिक्षा समिती र सरोकार पक्षको चिन्तन !

    नेपालको सार्वजनिक बिधालयलाई सुधार्ने जिम्मा पनि स्थानिय सरकारको कांधमा छ ।यसको निम्ति पालिका स्तरमा शिक्षा समिती बनाउने ,एकाअर्कामा समन्वय गर्ने ,साझा समस्या पहिचान गर्ने र सो अनुसारको जनशक्ति उत्पादन हुने गरि बिधालय होइन प्लान्ट तयार गरिनुपर्छ ।अल्टिमेटम बिकास र रोजगारीको आधार दक्ष जनशक्ती नै हो ।स्वस्थ जनशक्ति देश निर्माणको आधार स्तम्भ हो भन्ने बिर्सनु हुदैन ।सरकारी बिधालयमा प्र अ कन्ट्राक्ट बेसमा बाहिरबाट नियुक्त गरेर,निजामती कर्मचारी सरह सरुवा गरेर,ट्रेड युनियन अधिकारमा सिमित राखेर वा हायरफायर गरेर वा गोल्डेन हेन्ड्चेक दिएर भएपनी बिधालय सुधारको कार्यक्रम ल्याउन ढिला गर्नु हुदैन ।सरकारी बिधालय श्रमिक बर्गका अभिभावकका छोराछोरीले मात्रै पढ्ने गर्छन भन्ने पछिल्लो छापलाइ हटाउन शिक्षक र ब्यबस्थापन समितिले ठूलो मिहिनेत गर्नुपर्ने हुन्छ ।ब्यबस्थापन समितीमा रहने पदाधिकारीले बिधालयको स्थिति सुधार्न प्रयाप्त समय दिनैपर्छ ।ती सयौ बालबालिकामा आफ्नो छोराछोरीको अनुहार देख्न सक्नुपर्छ ।बिधालय मर्जदेखी रुपान्तरण सम्मका योजना स्थानीय सरकारले तर्जुमा गर्नुपर्छ ।बिधालय राम्रो र गुणस्तरीय भयो भने अभिभावक र शिक्षक दुबैको कद अग्लो र गर्वले छाती फुलाउने अबस्था रहन्छ ।

    ड्राइभरले स्वार्थ हेर्यो भने अरु धेरै ज्यान जोखिममा पर्न स्वत जान्छन ।

    सधै निन्याउरो र रातो मुख लगाएर जागिर खाएको औचित्य हुदैन । तपाईं हुनुको फरक महशुस गराएर छाड्ने प्रतिबद्धता दिलाउन लाग्नैपर्छ ।सरकारी बिधालय जति जति अब्बल बन्दै जान्छन निजि आबासिय बिधालयको महत्व समाप्त हुँदै जान्छ ।एउटै राज्यमा दुई खाले नागरिक तयार गरिनु हुदैन ।शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनुपर्छ र बनाइनुपर्छ ।यसले नै मानव बिकास सुचांकमा देशलाइ सबल बनाउन सक्छ ।

    तसर्थ बिधालय सुधार योजना दाताको मुख हेरेर होइन देशको आबश्यकता र स्थानिय स्रोतको परिचालनको सम्भावना हेरेर गरिनुपर्छ । सीपमूलक शिक्षा आजको आबश्यकता हो जुन नारामा मात्रै सिमित गरिनु हुदैन ।
    सबिन बस्नेत,गुल्मी

    शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ५.
      एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

    • ६.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    भर्खरै

    • १.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • २.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ३.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ४.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ५.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ६.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • ७.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ८.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation