• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, पुष १५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ६. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ७. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ८. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

बाबुरामको सम्बोधन र दलितका सवाल


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • पुर्बप्रधानमन्त्री एवम जनयुद्धका एक नेतृत्वकर्ता बाबुराम भट्टराईले गत जेठ १८ मा प्रतिनिधिसभामा सम्बोधन गरेपछि एक किसिमको तरङ्ग आएको छ । उनको सम्बोधन लगत्तै केही लेख्ने बिचार गरेको थिए तर उनको सम्बोधन पश्चात् आउने प्रतिक्रिया हेरेपछि मात्र यो लेख लेख्दै छु । लेखलाइ सकेसम्म छोटो गराउने प्रयासमा छु ।

    Advertisement

    जाजरकोटका युवाहरु रुकुममा हत्या, बेपत्ता र घाइते हुनुको मुख्य कारण जातिय विभेद र असमानता नै हो । यहि सामुहिक नरसंहार र बर्बरतापुर्ण घटनाको बिरोध गर्दै बाबुरामले सम्सदमा सम्बोधन गर्नेक्रममा समाजमा समानता कायम गर्ने, सम्पुर्ण जातजातिको सम्मान, श्रमको सम्मानमा जोड दिएका थिए । कोहि कसैलाइ जातकै आधारमा, थरकै आधारमा विभेद भैरहने, गरिरहने शृङ्खलाको अन्त्य हुनुपर्ने भन्दै बरु म आफै बाबुराम कामी लेख्न तयार छु भनेका थिए । उनले यति के भनेका थिए उनको सम्पुर्ण भनाइको सारलाइ पुरै बेवास्ता गरि बाबुराम भट्टराई कामी शब्दमै आलोचना केन्द्रित गरियो ।जेठ १९/२० गते सामाजिक संजालभरि बाबुरामले ढोलकी दमाहा बजाएको, झुत्रे झाम्रे कपडा लगाएको, घनले फलाम पिटदै गरेका फोटोशपबाट सम्पादित तस्बिरहरू भाईरल गराइए । यी प्रतिक्रियाबाट हामी के बुझ्न सक्छौ भने हाम्रो चेतनाको स्तर अगाडि हैन पछाडि फर्किएको छ । हामिहरुले समाजलाइ, सामाजिक बिभेदलाइ बुझ्न सकेका छैनौ ।

    अहिले आएर दलितका सवालहरु दलित शब्दमा, थरमा, आरक्षणमै रहेछन भन्ने किसिमको प्रचार गरिएको छ । यो तरिका गलत छ । म तम्घास बासी, तम्घासको पनि रेसुङ्गाको फेदितिर बस्ने गर्छु । म ६/७ बर्षको छदा के लाग्थ्यो भने पारी अर्जुनडाडा पछाडि भीर भएकोले उता मान्छे बस्दैनन होला जस्तो लाग्थ्यो । तर मेरो बुझाइ गलत थियो । अर्जुनको पारिपारी धेरै ठुला ठुला बस्ती रहेछन । यस्तै झै भन्ने गरिएका दलितका समस्याहरुको बुझाइमा नै हाम्रो समस्या छ । जब बुझाइमै समस्या भएपछि समाधान त हुने कुरै भएन । हामी अल्पज्ञानि भएकोले नै समस्या झन झन जटिल हुँदै आएकोले बिद्रोह क्रान्तिको आधारभुमी भनिने ठाउमै समेत जातिय कारण सामुहिक नरसंहार भएको छ ।

    हामी मध्ये कतिलाई बाहुन क्षेत्री कै चुलोचौकोमा पसे मुक्ती हुन्छ विभेद हटछ भन्ने भ्रम छ । कतिलाइ बाहुन क्षेत्री मगरका छोरिचेलीलाई बिहे गरेर विभेद हटछ भन्ने भ्रम छ ।

    हाम्रा छोराछोरी अमेरिका अष्ट्रेलिया पुगे यिनिहरुले कोटाबाट जागिर खाएर आए अड्डा अदालत मा यस्तालाइ नमस्कार गर्न पर्ने, यस्ताको सहि भएको कागज मान्नपर्ने यहाँ भन्दा यिनिहरुलाइ के चाहियो के दिने हो यिनिहरुलाइ सबै पुगिसकेको छ समस्या समाधान भैसकेको छ भन्ने भ्रम कथित उपल्ला जाती भनिनेलाइ छ ।

    भन्ने गरिएका दलित भित्रै पनि परियारलाई बिश्वकर्माकै भित्र पस्न पाए, चुलोचौको छुन पाए, छोरिचेली बिहे गर्न पाए विभेद हटछ भन्ने भ्रम छ ।

    कतिपय साथिहरुलाइ म सम्सद भए म मन्त्री भए म जागिरे भए दुइचार पैसा कमाए मेरो मुक्ती भैहाल्यो भन्ने भ्रम छ । साच्ची भन्ने हो भने हामी भ्रमैभ्रम मा छौ । यी सबै कुराहरु तपसिलका हुन । मुख्य सवालहरु आर्थिक, राजनितिक, सामाजिक र सास्कृतिक हुन । यी समस्याहरुको एकमुष्ठ समाधान खोज्नुपर्छ । संविधान, कानुनका दफाबाट दलित शब्द हटाउदैमा, थर परिवर्तन गर्दैमा समस्याहरु हटन सक्दैनन ।

    हाम्रो समाजमा रहेको जातिय बिभेद र छुवाछूतको मुलजरो हिन्दु धर्म नै हो । हिन्दुधर्मकै गलत व्याख्या गरेर नै जातप्रथा र विभेद कायम राखिएको छ । हिन्दुधर्मको कृति मनुस्मृतिले नै मानवलाइ ब्रहमण, क्षेत्री, बैश्य, शुद्रमा बिभाजन गरेको छ । करिब ६०० बर्ष अगाडि जयस्थिती मल्लले कामको आधारमा जात बिभाजन गर्ने कानुन बनाए । कालान्तरमा जात ब्यबस्था जन्मको आधारमा कायम भयो र भैरहेकै छ । पढने लेख्ने कामलाइ सम्मानित काम मानियो तर शारीरिक बल प्रयोग हुने जाटिल कामलाइ अलि हेलाहोचो गरियो र यस्तो काम गर्नेहरु बिभेदमा परे पारियो । यहि हिन्दु धर्मले नै पानी चल्ने र नचल्ने जात छुटयायो । यसरी आउदै गर्दा जात ब्यबस्था हिन्दु धर्मको सस्कृती भएको छ । मैले यति लेख्दा हिन्दु धर्मका पन्डितहरु, धर्मभिरुहरुले यो विभेद स्वीकार गर्न सक्दैनन । उनीहरुको तर्क छ हिन्दु धर्ममा विभेद छैन ।

    उनिहरुलाइ मेरो प्रतिप्रश्न छ यदि विभेद नगरेको सबैलाई समान मानेको भए खै किन मठमन्दिरमा सिमित जातीमात्र पुजारी भए? मन्दिरमा दूध प्रसाद सबैको किन चढदैन? अहिलेपनी दलित भनिनेकोमा न्वारान, ब्रतबन्ध पुजाआजा गराउन पन्डित किन सहजताका साथ तयार हुदैन ?

    कुरा स्पष्ट छ कि इतिहास देखि नै धर्मका पन्डित गुरु भनिनेहरुका आडमा राज्यसत्ताले जात ब्यबस्थालाइ सस्कृतिको रुपमा बिकसित गराइएको हो । यो कुरामा हामी सहमत हुनैपर्छ । कुनै दलित भनिनेलाइ रहर थियो त आजिवन अछुत भएर बस्न? रहर थियो होला त नपढी बस्न? रहर थियो होला त आजिवन थिचोमिचो र हेलाहोचो सहन ? यी रहर कदापी थिएनन यी बाध्यता थिए । राज्यसत्ता र उसका आउरेबाउरेको मिलेमतोमा जबर्जस्ति थिचोमिचो गरेर राखिएको हो, दबाइएको हो, दलिएक हो । जातिजाती बिचमा आपसी फाटो पार्ने, एक आपसमा मिल्न नदिने काम तत्कालीन राज्यसत्ताले गरेको हो । समाजमा भनिने उच्च जात र भनिने निम्न जात बिच मात्र बिभेद छैन । उच्च जात भनिने बिच पनि उपाध्याय र जैशी बिच खाडल छ । अझ भन्ने गरिएका दलित दलित बिच विभेद र छुवाछूत छ । यो सबै राज्यप्रणालीकै दोष हो । आपसमै सानो ठूलो बनाइदिएपछि त एकता हुदैन र आफ्नो शासन कायम रहिरहने भो । यो फुटाउने र शासन गर्ने तरिका नै हो ।
    मेरा केही अनुभव र उदाहरण उल्लेख गर्न चाहन्छु ।

    १) म जन्मे हुर्केको ठाउँमा क्षेत्री, मगर र भन्ने गरिएका दलित को बस्ती छ । आजभोलि डेरिबाट दूध किन्ने चलन आयो पहिलेपहिले घरबाटनै किन्ने गर्दथे ।तम्घास बजारमा बस्ने कर्मचारी/ शिक्षकहरुलाइ दूध पुर्याउन मेरा क्षेत्री मगर साथीहरू जान्थे । अरुबेला सङ्गै हिडने १०/१२ बर्षे उमेरका साथिहरु हातमा दुधको भाडो समातेका बखत तर्किएर हिडथे । किनभने उनीहरुलाई जन्मिएर अलिअली बुझ्ने हुनासाथ नै सानोठुलो जात भनेर सिकाइएको थियो । हामी अहिले चेतनशिल ? भएका छौ कम्तिमा यो सस्कार सिकाउनु हुदैन ।
    २) अक्सर दलित समुदायको ( सबैको भनेको छैन ) पाखोबारी उब्जाउ नहुने स्थानमा हुन्छ । तर अन्य समुदायको सम्म खाल परेको खेतीयोग्य जग्गा हुन्छ । रहरले दलित समुदाय भिरपखेराको छेउमा गएर बसेको हो ? कदापी हैन मैले हाम्रै उदाहरण दिन्छु । हाम्री आबैले भनेअनुसार बाजेका पालामा हाम्रो वारि छेलोखेलो त्यो पनि उब्जाउ हुने महत्वपुर्ण स्थान थियो । तर २०२२/२४ तिर तम्घास आएको नापी टोलिलाइ तम्घासकै शोषक बर्गले स्वार्थमा पारी बाजेलाइ धम्काएर नै ती उब्जाउ हुने वारिको हक बाट बन्चित गराइयो । यस्तो अवस्था देश भरिकै हो । राज्यका शासक र उसका मतियारले हजारौ हजार बिघा सार्बजनिक भुमी आफू अनुकुल बाडे/ राखे । यसलाइ यसरी बुझ्नुपर्छ कि उत्पादनको प्रमुख साधन भुमिबाट बन्चित गराएर आर्थिक रुपमा परनिर्भर गराइयो । यो काममा राज्य सम्यन्त्रकै दुरुपयोग गरियो ।
    ३) गुल्मी जिल्लामा दलित मत उल्लेख्य रूपमा छ । गुल्मिका मुख्य दुई दन काङ्ग्रेस र नेकपामा भन्ने गरिएका दलितका नेताहरु पनि छन । मरिमेटेर खटेका छन लागेका छन । तर गुल्मिबाट अझै ३५/४० बर्ष कुनै दलित नेता सम्सदमा प्रत्यक्ष निर्बाचित हुने संभावना छैन किनकी उनीहरुले उम्मेदवारको टिकट नै पाउदैनन । राजनीतिक सत्ताका सिटहरु केही ब्यक्ति र समुदायको मौजासरि भएका छन । गुल्मिमा दलितका त के कुरा जनजाती पनि प्रतिनिधिसभामा जान १५/२० बर्ष कुर्नुपर्छ । देश भरिका धेरै स्थानना अवस्था यहि हो । अरुको लागि काध थाप्ने भरिया बन्ने । अब यो प्रक्रियालाई भङ्ग गर्नुपर्छ ।
    ४) मैले ४/५ कक्षा पढुनसम्म स्थानीय बिश्वकर्मा, नेपाली , परियार साथी धेरै थियौ । कक्षा बढदै १० मा पुग्दा त म एक्लो बिश्वकर्मा थिए । उतिबेला सरोकार राखिएन अहिले सोच्छु यो हुनुमा गरिबी कारण थियो । १३/१४ बर्षे उमेरमै साथीहरूले स्कुल छोडेर लाहुर जानू, मजदुर हुनु रहर थिएन बाध्यता थियो । सबैतिरका साथीहरूलाई बुझ्दा अधिकाम्स स्थानमा परिमार्जित रूपमा हालत यहि हो ।
    ५) २०६९ मा मैले नायब सुब्बाको खुला समाबेशी दुबैमा नाम निकाले । काठमाडौको अन्तरबार्तामा परिचय पश्चात् पहिलो प्रश्न कामी र सार्किमा को ठूलो भन्ने थियो । अलिअली समाज, इतिहास, राजनीति पढेको मैके दिएको उत्तर थियोे :-‘ भन्न त कामिले म ठूलो सार्किले म ठूलो भन्छ किनकि यी दुबैलाइ मै ठूलो हु भन्ने भ्रम तत्कालीन शासकले पारिदिएका छन ।यहाँ जातिजातिलाइ एक आपसमा भिडाएर आफ्नो स्वार्थपुर्ती गर्न जातबिभाजन गरिएको हो ।यो बिभाजन कामी सार्किमा मात्र हैन बाहुन भित्र पनि उपाध्याय र जैशिबिच चर्को रूपमा छ । यथार्थमा सबै समान हो कोहि तलमाथि छैनौ ।’
    २०६९ मा मात्र यस्तो भयो कि खुला र समाबेशिको परिक्षा १ हप्ताको अन्तरालमा अलगअलग समयमा भो र अन्तरबार्ता पनि अलगअलग भो । २०७० पछि यो अबस्था रहेन । काठमाडौ समाबेशी पोखरा खुल्लाको अन्तरबार्ता दिएर सकियो । अनुपस्थित परिक्षार्थी कोहि छैन तर खुल्लाको अन्तरबार्ता पुर्णरुपमा सकिएको १२ दिनसम्म नतिजा प्रकाशन गरेन । नतिजा प्रकाशन नगर्नु मुख्य कारण अपांगको साथी र म थियौ । हामी दुबैले काठमाडौ समाबेशी र पोखरा खुल्लामा निकालेका थियौ । लोकसेवाको कार्यालयले एउटै जवाफ दिन्थ्यो तपाईहरु दुई जनाको कारण नतिजा रोकिएको छ पहिला उता कुर्नुस अनि बल्ल यता । काठमाडौको नतिजा आएको १० मिनेट पछि पोखराले आउट गर्यो । हामी दुबैजना काठमाडौबाट सिफारिस भैसकेका थियौ । हामी उताबाट सिफारिस हुदा पोखराको खुल्लामा दुई जनालाई फाइदा पुग्यो । २०६९ सम्म लोकसेवाको अघोषित नीति समाबेशी समुहका ब्यक्ति लाई सकेसम्न खुल्लामा आउन नदिने थियो । सम्मानित सर्बोच्च अदालतको आदेशले २०७० बाट पहिला खुल्लाको सिफारिस हुने गर्छ ।
    ६) जनयुद्धका पहिलो शहिद दलित, कालिकोटमा प्रहरीकै बन्दुक खोसेर माओवादीलाई दिने दलित महिला, रगत बगाउने शहिद हुने उल्लेख्य दलित छन । दुई चार महिने मन्त्रीका कुरा नगरौ । पूरा ५ बर्ष टिक्ने सरकारमा पुर्ब माओबादिले १ जना दलित पनि पठाएन । बिना मगर र रामेश्वर राय बाहेक अरु मन्त्री यसभन्दा अघि कम्तीमा ३ पटक भएका छन । युद्धमा त्याग बलिदान चाहियो फल खानेबेलामा जातिपाती र नाता हेरियो ।
    मैले प्रस्तुत गरेका केही उदाहरण र बाबुरामको सम्बोधनले हामी माझ रहेको घाउ र सोचलाइ केहिरुपमा प्रकट गरेको छ । यी घाउलाइ हामिले समयमै उपचार गर्नुपर्छ ।

    दलित शब्द राख्नु, नराख्नु, थर फेर्नु नफेर्नु, आरक्षण राख्नु हटाउनु भन्दापनी मुख्य रुपमा आर्थिक, राजनीतिक, सास्कृतिक र सामाजिक रुपान्तरणका मुद्दामा बगस केन्द्रित गर्नुपर्छ ।

    आर्थिक रुपान्तरणका लागि उत्पादनको साधन भुमिमा पहुच स्थापित गर्नुपर्छ । रोजगारको ब्यबस्था गर्नुपर्छ । आर्थिक रुपान्तरणले गुणस्तरीय शिक्षा प्राप्तिमा टेवा दिन्छ । जब सबैले समान र गुणस्तरीय शिक्षा प्राप्त गरिसकेपछि सबैले बराबर प्रतिस्पर्धा गर्न सक्छन । सबैले बराबर प्रतिस्पर्धा गरेपछी यो आरक्षण राखिरहन जरुरी छैन । राजनितिक प्रसासनिक रुपान्तरणका लागि हाम्रा नीतिनिर्माता भनिनेहरु व्यबहारबाटै उदार हुनुपर्छ । सामाजिक र सास्कृतिक रुपान्तरणका लागि हाम्रा धर्मभिरुहरु, पन्डितहरु खुला हृदयले अगाडि आउनुपर्छ ।

    उनीहरुले अब पनि उदारता नदेखाउने हो भने नेपालमा इसाइकरण अझ तिब्रगतिमा बढनेछ । यी सबै कार्य गरि समुन्नत र आपसी भाइचारायुक्त समाज निर्माणको लागि हामी सबैले खुला छलफल गर्नुपर्छ । आफ्ना सोच र व्यबहार सकारात्मक परिवर्तन गर्नुपर्छ । राज्य सम्रक्षित विभेद भएकोले राज्यसत्ता ( सत्ता भनेको राजनीतिक सरकार, कर्मचारीतन्त्र, सेना, प्रहरी र न्यायालयको एकमुष्ठ रुप हो ।) को भुमिका महत्वपूर्ण हुन्छ । समस्या समाधानका लागि राज्यसत्ता, भन्ने गरिएका उच्च जाती, भन्ने गरिएका दलित , धार्मिक र सामाजिक नेतृत्वबिच सहकार्य हुनुपर्छ । यो बिभेदको घाउलाइ यथासक्य छिटो समाधानका गम्भीर रुपले पहल गरिएन भने पिडकले भन्ने आतंकबाद र पीडितले भन्ने गर्ने बिद्रोह जन्मन ढिलो गर्दैन ।
    लेखक बिजय बिश्वकर्मा गुल्मी निबासी हुन।
    २०७७/०२/२०

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ६.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation