• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ४. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ५. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ६. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ९. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • १०. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

‘विद्रोही होइन म’


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • अस्ती जातिय बिभेदको कुरा लेखेँ, हिजो प्रेम, आकर्षण र यौनका बारेमा अलिअलि लेख्या थें । मेरा केहि साथीहरु ( जो मलाई राम्ररी चिन्नुहुन्छ तर वास्तवमा जान्नु हुन्न ) ले मैले उतिबेला उठाएको कदम ( बिहे गरेको नि! ) पनि च्यालेन्जीँग थ्यो । आफ्नै बारेमा लेख्नुस न, अन्तर्जातीय बिहेको बारेमा भन्नु भएको छ ।

    Advertisement

    मैले हाम्रो बिहेलाई अन्तर्जातीय नै मान्दिन त के लेख्नु यसको बारेमा भने । उहाँ कन्फ्युज हुनु भो । म जसले जात भातको अस्तित्व नै स्विकार्दिन त अन्तर्जातीय र सजातियको कुरै आउँदैन । धेरैले यहि सोँच्छन सायद मैले बिद्रोह गरेकी थिएँ, जातिय बिद्रोह । त्यो गलत हो । त्यसैले आज केहि लेख्नै पर्ने भयो।

    एकखाले बिद्रोह हो सायद , तर जातिय होइन । पुरुषप्रधान समाजको सोँचमाथीको प्रहार हो ।

    हाम्रो समाजमा बिधमान बिहे प्रथा बिरोधी बिद्रोह हो । हाम्रो समाजमा छोरी मान्छे जत्ति नै सबल र सक्षम किन नहोस उसमाथी बिश्वास गरिँदैन; बरु उल्टै प्रश्न उठाईन्छ उ माथी र राखिन्छ शंकाको घेरामा ।त्यसैले त उ भन्दा बढी पढेको, जागीरे, उमेरमा पाको इत्यादि हेरिन्छ / खोजिन्छ । छोरीलाई हेला नगरुन भनेर दाईजो दिएर फकाईन्छ । मानौ एककिसिमले उ बेचिन्छे धन दौलतमा । यो सबै भनेको छोरीलाई कमजोर बनाईनु,उसको अब्बलतामाथी शँका गरिनु हो जस्तो लाग्छ मलाई । उसलाई बलियो खाँबो नै चाहिन्छ भन्ने सोच छ ।

    मानौं हामी सिमी जस्ता लहरे बाली हौँ उभिनलाई झिक्रो चाहिन्छ !  हो मैले त्यो भने तोडेकी भनें हुँ सायद । म आफै रुख हुँ, लहरा होइन । झिक्रो चाहिन्न बरु सके बन्छु भन्ने सोँच थ्यो मेरो , अहिले नि त्यहि छ ।

    हो । हाम्रो सम्बन्ध स्विकार्य थिएन हाम्रो परिवारलाई, यसमा ”जात नमिल्ने भन्ने ” देखिने र भन्न सजिलो हुने कुरा मात्र हो । मुल कुरा अरु नै हुन ।

    मलाई बच्चैदेखी चिन्नुहुन्छ भने अन्दाज आफै गर्न सक्नुहुन्छ, हाम्रो समाजमा म र मजस्ता सन्तानबाट बा – आमाको कस्तो अपेक्षा हुन्छ होला भनेर, सबैका परिवारको हुन्छ । उहाँहरुको पनि थ्यो । मबाट ठुलो अपेक्षा थियो । उहाँहरुले सपना बुन्नु भएको थियो, जुन सामान्य हो ।

    मेरा थुप्रै साथी थिए र छन । केटीहरुभन्दा केटाहरुसँग मेरा कुरा मिल्थे आज आएर पनि मिल्छन । घरमा आउन अफ्टेरो मान्नु पर्दैनथ्यो । ग्रुप स्ट्डी, छलफल हुन्थे हाम्रो घरमा । दिनेश जी पनि मेरो साथी हुनुभयो । उहाँले एकदिन आफुलाई म मन पर्ने बताउनु भो । एक्स्ट्रा केयर पाएँ मैले । मलाई खासमा उहाँसँग कम्फोर्टेबल फिल भयो । हामी साथी भन्दा अलि फरक भयौं ।

    ब्यक्तिगत रुपमा भन्ने हो भने म लभ सभमा बिस्वास नगर्ने र आफ्नो पढाई / क्यारियर नबनेसम्म बिहे सिहेको चक्करमा पनि पर्न नचाहाने केटि थिएँ ।

    र भन्नै पर्ने कुरा, मैले सामाजिक बिद्रोह गर्ने उद्देश्य राखेर बिहे गरेकी होइन । यो मेरो प्राकृतिक स्वभाव हो र मैले बिना हिचकिचाहट र भयरहित भएर इच्छ्याएको जिवन रोजेकी मात्र त हुँ, कुनै ठुलो तिर मारेकी होइन । म बिद्रोही होइन, सत्य जिउन चाहने केटी हुँ ।

    तर भयो के भने, दिनेशजी र म मात्र साथी नभएर अरु पनि भएको शँका घरमा भएपछी महाभारतको शुरुवात भएको हो । वास्तवमा बुवा आमाका सपना र आकाँक्षा चकनाचूर भएर फुटेका थिए, तिनै फुटेका सपनाका टुक्राले घायल बनाएका थिए उहाँहरुलाई । मलाई त्यो असह्य भयो । म सबै छोडेर काठमाडौं जाने भएँ । आमा बुवा अलि ढुक्क हुनु भयो सायद, दिनेशजीलाई छटपटी ।

    उहाँलाई म माथी भर थिएन सायद । इन्सेक्युअर भएको हुन पर्छ कि म अरुसँगै बिहेका लागी राजी हुन सक्छु भनेर । त्यो सम्भव पनि थियो । सानो ठाँउ तम्घास सबै कुरा थाहा पाउन कुनै मुस्किल थिएन, कस्को बिहेको कुरा कोसँग चलेको छ भनेर ।

    उहाँ सायद २ महिनाभित्रैमा काठमाडौं आउनुभयो र सिँदुर पोते लाईदिएर आफ्नी बनाउनु भो, सामाजिक रुपमा । मत्लब अब कसैले पनि बिहे गर्न नमिल्ने भएँ म, अनि उहाँ ढुक्कले फर्किनु भो । मेरो मौनतालाई उहाँ स्विकृति मान्नुहुन्छ, सधै । अझै पनि । त्यो उहाँको सोंच हो ।

    मैले मलाई करिब दुई बर्ष सेल्फ आइसोलेट गरेँ सबैसँग । हामी कोही पनि वास्तवमा खुशी थिएनौँ । म ढुंगाको मुर्ती बनेकी थिएँ ( मेरा नजिकमा केहीलाई मात्र थाहा छ ), मै यस्तो भएसि अरु कसरी खुशी हुनु । हामी हाँसेर खुशी छौं भन्ने भ्रम छरेका थियौं ।

    म बिवाहित हुं भन्ने कुरा टि . यु पढ्दा कमैलाई मात्र थाहा थियो । मलाई मन लाग्दैनथ्यो बिबाहित भनिन /चिनिन । यसमा दिनेशजी मेरो साथ दिनुहुन्थ्यो ।

    र हाम्रो बैवाहिक जिवन अहिले चकाचक चलेको छ ।

    म को सँग खुशी हुन सक्छु होला भन्ने कुराको हिसाब किताब मिलाएर बिहे गर्नेहरु जिवनभर रोएको पनि मैले देखेकी छु । मेरो चाँही कुरो के छ भने म जहाँ जान्छु खुशी लिएर जान्छु आफैसँग ।

    धेरै पछी मात्र मलाई अनुभुती भयो की प्रेम र विवाह एउटै होइनन । बिबाह सामाजिक बन्धन हो, समाजलाई अनुशासित राख्न दिईएको लाईसन्स हो जुन आवस्यक छ । प्रेम त हावा, पानी, घाम, आगो … जस्तै मात्र हो । प्रेममा बिहेको आवस्यकता नै हुन्न । शारीरिक / भौतिक उपस्थिति पनि चाहिन्न।

    © माया पन्थी
    अस्ट्रेलिया

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ४.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ५.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    भर्खरै

    • १.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • २.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ३.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ४.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ५.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ७.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ८.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation