• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ४. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ५. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • ६. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

  • ७. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • ८. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ९. त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

  • १०. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

स्वास्थ्यकर्मी र खुकुलो लकडाउन ।


  •   मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
  • बिश्वब्यापी रुपमा फैलिएको यो कोरोना भाइरसले डिसेम्बर २०१९ देखि अहिले नयां बर्षको मे ११ सम्म आउदा करिब दुई लाख चौरासी हजार मानिसको ज्यान लिइसकेको छ । पछिल्लो आंकडा अनुसार अमेरिकामा पन्चासि हजार छ भने इटाली, फ्रान्स,ब्राजिल र बेलायतमा बढ्दो क्रममा छ। त्यस्तै संक्रमितको संख्या पन्ध्र लाख नाघिसकेको छ । विश्व स्वास्थ्य संगठनको भनाइ अनुसार लकडाउन अझै बढाउदै जानुपर्ने आबश्यकता छ ।
    कोरोना संकटका कारण दस करोड भन्दा बढिले रोजगारिको अबसर गुमाउने अनुमान छ । यसले देशको अर्थतन्त्र ,खाद्यान्न उत्पादन,शिक्षा,बिकास र मानव संसाधनको ब्यबस्थापनमा चुनौती थप्ने निश्चित छ । नेपाल जस्तो देश जुन कृषि कर्म र बैदेशिक रोजगारिमा गएका जनताले पठाएको रेमिटान्स र सिमित उधोगधन्दामा आफ्नो अर्थतन्त्र चलायमान गराएको छ,त्यसले कोरोना पछि पनि धेरै ब्यबस्थापकिय चुनौतीको सामना गर्नुपर्ने देखिदैछ । बिदेशमा गएकाहरु रोजगारी गुमेर फर्कनुपर्ने र स्वदेशमा रहेका काम नपाएर छट्पटीनुपर्ने भयो भने स्थिती भयाभय हुने निश्चित छ । तसर्थ सरकारले खर्च कटौती प्रस्ताब समयमा गर्ने ,जनताले बाझो जमिनमा आजैबाट खेती गर्ने,स्थानियतहले जनसंख्या ब्यबस्थापनको योजना बनाउने र सरोकार निकायले स्वास्थ्य क्षेत्रलाइ सबल पार्ने तर्फ समयमै ध्यान दिदा मात्रै भावी चुनौतीको सामना नहडबढाइ गर्न सकिने सम्भावना छ । सामान्य जनताले राहत अहिले नै खोज्नुभन्दा भोलिको संकटको आंकलन गर्दै कसरी खाद्य संन्चय गर्ने भन्नेतर्फ बिचार गरिनुपर्छ र मुलभुत रुपमै चेतनास्तर उठेको कुराको उदाहरण प्रस्तुत गर्दा राम्रो हुने देखिन्छ ।भोलिको भोकमरीलाइ आजै खाउ जल्दै मरु जस्तो गरि छिटो निम्ता दिन हतारिनु हुदैन । अहिले मात्रै असी करोडको राहत बाढिनुले राम्रो शुभ संकेत पक्कै गरेको छैन ।
    नेपालमा पछिल्लोपटक संक्रमित भेट्टिने दर बढिरहेको छ ।अहिलेसम्म एकसय बिस जना फेला परेकोमा स्रोह जना निको भै घर गएको भनिएपनी तीन जनामा पुर्न देखिएको रिपोर्ट बाहिर आएको छ ।त्यसो त परिक्षणको दायरा बढाउदै जादा भोलि झनै बढी फेला पर्ने संभावना छ ।यो समयमा कीट लगायत स्वास्थ्य सामाग्रीको अभाव एकातिर छ भने अर्कोतिर सबैको स्वाव परिक्षण गर्ने ल्याकत राज्यसंग देखिदैन र छैन पनि।तसर्थ लक डाउनलाइ ब्यबस्थित र ब्यबहारिक बनाउदै जानू नै अहिलेको अन्तिम विकल्प नेपालसंग छ ।

    Advertisement

    बर्तमान समयको यो कहालीलाग्दो चित्रलाइ अझै कुरुप हुनबाट रोक्ने प्रयासमा अग्र पंक्तिमा इमानदारी पुर्वक स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लागेको देखिन्छ भने पछिपछी स्थानीय जनप्रतिनिधि ।बिडम्वना धेरै स्थानीय तहका जनप्रतिनिधिहरुले आफुलाइ सुरक्षित तुल्याउन राम्रो पिपिइ र मेडिकल माक्स आफै लगाउदै हिडेको पनि देखियो र देखिदैछ ।यसले समग्रमा जसको बिहे उसलाइ नै नल्याए भनेजस्तो हाम्रो गैर जिम्मेवारीलाई प्रष्ट पारेको छ ।अहिलेको संबेदनसिल अबस्थामा अरुको निम्ति भन्दा नि सिधा बिरामिसंग रातदिन जुध्ने स्वास्थ्यकर्मीको निम्ति मात्रै गुणस्तरीय स्वास्थ सामाग्री पिपिइ,मास्क,पन्जा र गगल्सको पहिलो आबश्यकता हो भन्ने नबुझ्दा नै स्वास्थ्य सामाग्रीको आपूर्ति सहज हुन सकिरहेको छैन ।यो कठिन परिस्थितिमा घरपरिवार र समाजको दबाब तथा आफ्नै स्वास्थ्य जोखिम पारेर सिमित साधनबाट उपचारमा जुट्न्ने सम्पुर्ण स्वास्थ्यकर्मी बास्तवमा यस कोरोनाबिरुद्दको लडाइका नायक नै हुन जस्ले अप्रीय घटना हुनबाट देशलाइ अहिलेसम्म जोगाइरहेका छन ।सिमित सुबिधामा भोलिको दिनको बारेमा कत्ति नसोची मुल्य मान्यतालाई उच्च राख्दै मनदेखी खट्ने स्वास्थ्यकर्मीको केवल भावनात्मक मूल्यलाई अड्कल गरिदिए मात्रै पनि काफी हुने देखिन्छ ।सरकारी स्तरमा रहेर काम गरेका स्वास्थ्यकर्मिको बिपत्तिमा देखिएको यो लगावले भावी दिनमा सरकारी स्वास्थ्य संस्थाको महत्त्वलाई बढाएर लगेको छ ।नीति निर्मातालाई स्वास्थ्य संस्थाको पुर्नसंरचना बारेमा सोच्न बाध्य तुल्याएको छ ।स्थानिय तहलाइ आपसमा समन्वय गर्दै साझा महत्वका क्षेत्र शिक्षा,स्वास्थ्य र बाटोमा अलि फराकिलो भएर सोच्न अभिप्रेरित गरेको छ ।सानो रुपमा भएपनी उनिहरुको साहसलाइ संबोधन गर्न यतिखेर स्थानीय तह चुक्नु हुदैन ।मनोबल उठने गरि सार्बजनिक रुपमा अभिनन्दन गरेपनी स्वास्थ्यकर्मिको निम्ति अहिलेलाइ ठूलो सम्मान हुने देखिन्छ ।सके आर्थिक रुपमा संबोधन माथिबाटै गराउन सके झनै राम्रो हुनेछ ।तर ढिला नगरौ । देशभरिका सबै स्वास्थ्य सस्थाबाट जिल्लागत रुपमा एक एक जनालाइ नायक घोषणाको पहल आजैबाट गर्न शुरु गरौ ।

    यो कोरोना बिपदमा स्थानीय जनप्रतिनिधिको खट्टाइ पनि समग्रमा संतोषजनक नै छ । तर कतिपय महानगर,नगर र गांउपालिकाले कोरोना संकटलाइ कमाउने र लुट्ने अबसरको रुपमा बुझेको देखिएको छ ।राहत बितरण, स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टाइन ब्यबस्थापन र यातायात जस्ता शिर्षकमा ठूलो आर्थिक चलखेल गरिरहेको सुन्नमा आएको छ ।यो मानबियता र संबेदनामा खेल्ने कुराले सस्थाको गरिमा र आफ्नै मूल्य समेत घटाउने कुरा नबुझेको वा बुझी बुझि पनि निर्लज्ज भएको हो भन्ने स्पस्ट हुन्छ ।यसरी निर्लज्ज भनेर कमाएको धनले तिनपुस्तासम्म पनि हित गर्दैन भन्ने कुराको आजैबाट ख्याल गरिनुपर्छ ।गुमेको इज्जत करोडौं खर्च गरेर महायज्ञ गरेपनी फिर्ता हुने छैन भन्ने सत्य बुझ्न् ढिला नगर्न कि !
    समग्रमा ,बिश्वमा प्रतिदिन प्रन्ध्र सय भन्दा बढिको ज्यान गइरहेको स्थितिमा अठचालीस दिनसम्म पनि एउटाको ज्यान नजानुमा सबैको आ आफ्नो ठांउमा सकारात्मक प्रयास कायम रहनु नै हो ।यसमा पनि अग्र भागमा रहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई बढी श्रेय दिदा नै उपयुक्त हुने गर्दछ ।समग्र नागरिकको पिसिआर र आरडिटी परिक्षण गर्न सम्भव नभएसम्म कोरोना संक्रमणको जोखिम उत्तिकै रहने हुदा यिनिहरुको मनोबल उठाइराख्नु जरुरी छ ।राज्यका अन्य निकायले यिनिहरुको आबश्यकता हर सम्भव पूरा गर्ने कोसिस गरिनुपर्छ ।एक स्वास्थ्यकर्मी बाच्दा मात्रै सयौ अरु बिरामीको ज्यान बचाउन सम्भव हुन्छ ।अत बस्ती बस्तिबाट यो खालको सन्देश मुखरित हुनैपर्छ ।

    लक डाउन खुकुलो भयो भन्दैमा स्वास्थ्यकर्मीको निर्देशन र सुरक्षाकर्मीको आदेशको अबज्ञा नगरौ ।खतरा टरीसकेको छैन ।लक डाउन खुकुलो भएसंगै सक्रमण हुने दर बढिरहेको छ।अत सामाजिक दुरि कायम गर्न र सुरक्षाका उपाय अपनाउन खेलवाड नगरौ ।जीवन अमुल्य छ ।एकछिनको हतारोले सधै पछुताउने दिन नआओस ।हाम्रो लापरबाहीले एक हजारलाइ भोलि आइसोलेसन बेडमा राख्नुपर्ने स्थिति आइ हाल्यो भने देशको कहालीलाग्दो अबस्था छरपस्ट हुने निश्चित छ ।तसर्थ बिस्तारै क्षेत्रगत मुल्यांकन गर्दै लक डाउन खुकुलो गराउने निर्णय गरिनु उत्तम हुन्छ ।बिदेश र सिमामा अलपत्र परेकालाइ निश्चित प्रक्रिया पूरा गराउने शर्तमा देशभित्र र जन्म ठाउँसम्म ल्याउन स्थानीय तहसंग समन्वय गरिनु आबश्यक छ । लामो समयसम्म काम नगरी बस्ने स्थिती आम मानिसको छैन ।त्यसैले स्थानीय प्रशासनको अनुरोध मान्दै आफ्नो कामधन्दा सुचारु गर्नु नै बुद्दिमता हुनेछ ।खतराको घण्टी नबज्ने गरि सबैले संयमता पुर्वक केही समय सामाजिक दुरि कायम गर्दै भिडभाड नहुने गरि काम गर्ने बानिको बिकास गर्नैपर्छ ।यो नै कोरोना बिरुद्दको लडाइलाइ कम क्षतिमा जित्ने भरपर्दो उपाय हो ।
     – सबिन बस्नेत, गुल्मी ।

    मङ्गलबार, बैशाख ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    • ४.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ५.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ६.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख

    भर्खरै

    • १.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • २.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ३.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ४.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ७.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ८.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation