• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

९ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सकियो

लोकप्रिय समाचार

  • १. नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता के?

  • २. लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका एक मन्त्री नियुक्त

  • ३. प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो

  • ४. तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम केसी हत्या प्रकरणमा प्रहरीमै छानबिन

  • ५. काभ्रे घटना : बिदा लिएर निस्किएका असई र युवती मृत अवस्थामा भेटिए

  • ६. सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

  • ७. खहरे खोलाले बगाउँदा रोल्पामा दुई बालकको मृत्यु

  • ८. राणासहित १८३ नेता राप्रपाबाट अलग

  • ९. रोल्पा दुर्घटनामा तीनको मृत्यु

  • १०. झापामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

राप्ती उवा संघद्धारा तीन लाख बढीको खाद्य सामाग्री प्रदान


  •   शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,दाङ। देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषमा तीन लाख बढीको खाद्य सामाग्री प्रदान गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित राप्ती गाउँपालिकाका विपन्न तथा निम्न वर्गका घरपरिवारलाई राहत सहयोग स्वरुप राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा संघले बिहीबार ३ लाख २४ हजार ४ सय १ रुपैयाँ बराबरको खाद्य सामाग्री प्रदान गरेको हो ।
    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ र लकडाउनले राप्ती गाउँपालिका भित्रका नागरिकलाई राहत बितरण गर्न संघले उक्त राहत रकम बराबरको खाद्य सामाग्री उपलब्ध गराएको संघका अध्यक्ष जगतप्रसाद पोख्रेलले जानकारी दिएका छन् । नेपाल सरकारले देशैभरि एकद्धार प्रणालीबाट राहत बितरण गर्ने नीति अनुसार संघले स्थानीय सरकार राप्ती गाउँपालिकाको स्थानिय तह प्रकोप ब्यवस्थापन कोषको खातामा उक्त खाद्य सामाग्री उपलब्ध गराएको अध्यक्ष पोख्रेलले बताए । उक्त राहत संघले संस्थाको कोषबाट ५० हजार बराबरको खाद्य सामाग्री उपलब्ध गराएको छ भने बाँकी २ लाख ७४ हजार ४ सय १ रुपैयाँको राहत संघको कार्यसमितिका पद्धाधिकारी, सल्लाहकार तथा संघको कार्यक्षेत्र भित्रका उद्योगी, व्यापारी र स्थानीय बजार व्यवस्थापन समितीबाट राहत स्वरुप नगद तथा खाद्य सामाग्री संकलन गरी उक्त रकम बराबरको खाद्य सामाग्री खरिद गरी एकमुष्ट गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीले जानकारी दिए ।
    जस अनुसार राप्ती हार्डवेयर्सका सञ्चालकद्धय होमप्रसाद शर्मा र रामप्रसाद शर्माको व्यक्तिगत तर्फबाट १ लाख १ हजार रुपैयाँ नगद, संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको व्यक्तिगत तर्फबाट ४१ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री, राप्ती अञ्चल अटो इन्जिीनियरिङ एशोसेट शाखा कार्यालय भालुवाङको तर्फबाट १२ हजार ७ सय ७० रुपैयाँ बराबरको खाद्य सामाग्री, रिजाल खाद्य भण्डारका सञ्चालक शितल रिजालबाट ११ हजार, लालमटिया बजार व्यवस्थापन समितिको तर्फबाट ९ हजार, न्यू पोख्रेल किराना पसलका प्रो. तुलसीराम पोख्रेलबाट ६ हजार १ सय, संघका सल्लाहकार युवराज न्यौपानेबाट ४५ सय, संघका महासचिव सुरज खड्काबाट ४५ सय, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसालको व्यक्तिगत ४५ सय, गणपति हार्डवयर्स लालमटियाका प्रो पिताम्बर रोकायबाट ४५ सय, बर्षा एटुजेटका प्रो. हिमानन्द पाण्डेबाट ४५ सय, संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीबाट २४ सय, जिआर काष्ठ उद्योग पाखापानीका सञ्चालक गञ्जबहादुर बिष्टबाट २४ सय, अनुज इन्टर प्राइजेजका सञ्चालक राजकुमार गुप्ताबाट ४८ सय, चाँद गल्ला पसलका प्रो. नसिर उल्हा हलवाईबाट ४८ सय र जिके हार्डवेयर्सका प्रो गोपाल आचार्यबाट ४८ सय बराबरको खाद्य सामाग्री संकलन गरी संघले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघका महासचिव सुरज खड्काले जानकारी दिए ।
    त्यस्तै अमित रेडियो घडी सेन्टरका प्रो गिरबहादुर जिएमबाट २४ सय, हाम्रो होटलका सञ्चालक चन्द्रबहादुर मल्लबाट ५ हजार, हरियाली गेष्ट हाउसका सञ्चालक माधब पोख्रेलबाट ५ हजार, शान्ता मेडिकल हलका प्रो. दुर्गाबहादुर बस्नेतबाट ५ हजार, राप्ती पुस्तक पसलका प्रो. कर्णबहादुर पौडेलबाट ५ हजार र देउखुरी अटो स्वेयरका प्रो माधब÷गोपाल घिमिरेबाट ४ हजार ८१ रुपैयाँ बराबरको खाद्य सामाग्री लगायत डेढ दर्जन बढी उद्योगी व्यवसायले समेत नगद तथा जिन्सी राहत संघमा जम्मा गरी गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघका महासचिव खड्काले बताए । त्यस्तै पाखापानीका बिष्णु बन्जाडेबाट १२ सय, गिरीराज खनाल १२ सय, घमानसिंह रावत १२ सय, राजु पौडेल १२ सय, हुमबहादुर आचार्य १२ सय, हस्तबहादुर गुरुङ्ग १२ सय, सुर्यप्रकाश शर्मा ९ सय ६०, टेकबहादुर बिष्ट १२ सय, सुमन्त भुसाल १२ सय, टेकबहादुर गुरुङ्ग १२ सय, श्यामप्रसाद बोहरा १२ सय, मात्रिकाप्रसाद पोख्रेल १ हजार ४ सय ९४ रुपैयाँ बराबरको खाद्य सामाग्री संकलन गरी संघले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघको कार्यालयले जानकारी दिएको छ । त्यस्तै संघका कार्य समिति सदस्य माधव भुसाल १२ सय, लुम्बिनी फेन्सी स्टोरका प्रो. बुधर अलि १२ सय, बाबुराम फेन्सी तथा कपडा पसलका प्रो. बाबुराम थापा १२ सय, संघका कार्यसमिति सदस्य बिक्रम पाण्डे १२ सय, संघका कोषाध्यक्ष श्रीधर खत्री १२ सय, बहादुरकर्ण केसी १२ सय र उज्वल सुनचाँदी पसलका प्रो. रामबहादुर सुनार १ हजार ६ सय ९७ रुपैयाँ बराबरको खाद्य सामाग्री संकलन गरी संघले राप्ती गाउँपालिकाको स्थानीय तह प्रकोप ब्यवस्थापन कोषको खातामा जम्मा गरिएको संघको कार्यालयले जानकारी दिएको छ ।
    उक्त राहत संघका अध्यक्ष तथा राप्ती गाउँपालिका स्तरिय कोरोना भाइरस बिपत्त व्यवस्थापन तयारी तथा सहर्जीकरण समितीका अध्यक्ष जगतप्रसाद पोख्रेलले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई प्रदान गरेका थिए । यसैबीच संघले राहत उपलब्ध गराएर सहयोग गर्ने संघका कार्यसमितीका पद्धाधिकारी, सल्लाहकार, सम्पूर्ण स्थानीय बजार व्यवस्थापन समिती, स्थानीय संघसंस्था, उद्योगी, व्यापारीलाई धन्यबाद ज्ञापन समेत गरेको छ । राहत बितरण कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, महासचिव सुरज खड्का, सचिव टोपबहादुर झाँक्री, संस्थापक अध्यक्ष होमप्रसाद शर्मा, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष युवराज भुसाल, संघका सल्लाहकारहरु युवराज न्यौपाने, बुधर अलि, गिरबहादुर जिएम, कार्य समिति सदस्य तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ता, पूर्व उपाध्यक्ष रामबहादुर सुनार र पूर्व महासचिव हिमानन्द पाण्डे, राप्ती गाउँपालिका स्तरिय कोरोना भाइरस बिपत्त व्यवस्थापन तयारी तथा सहर्जीकरण समितीका कार्यकारी अध्यक्ष अर्जुन अधिकारी, सचिव कुमार अधिकारी, कोषाध्यक्ष शिबध्वज मल्ल, सदस्यहरु सुर्यकिरण केसी, दलबहादुर घर्ती र महेश बेल्बासे लगायतको उपस्थिती रहेको थियो ।

    Advertisement

    शुक्रबार, बैशाख ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने
    चक्रपथमा महानगर यातायातका १६ नयाँ विद्युतीय बस सञ्चालन
    राप्ती गाउँपालिकामा ‘कृषि, पशु, उद्यम तथा रोजगार प्रदर्शनी–२०८३’ हुँदै
    प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया अघि बढ्यो
    ७० वर्षपछि टरिगाउँ विमानस्थल विस्तारको ढोका खुल्यो
    पश्चिम सेती क्षेत्रको विद्युत् राष्ट्रिय ग्रिडमा जोड्न ४०० केभी प्रसारण लाइन, २० अर्ब लगानी

    लोकप्रिय

    • १.
      नाक थुनेर गोरू कुटिएको भाइरल भिडियोको वास्तविकता

    • २.
      लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमालेका चार र जसपाका

    • ३.
      प्यूठानमा थप तीन पक्की पुल निर्माण प्रक्रिया

    • ४.
      तीन वर्षपछि उल्टियो ‘भवितब्य’ मृत्यु: अर्घाखाँचीको पदम

    • ५.
      काभ्रे घटना : बिदा लिएर निस्किएका असई

    • ६.
      सगरमाथामा बेपत्ता दावा शेर्पा जीवितै फेला

    भर्खरै

    • १.
      नेपाली कांग्रेसमा ५ लाखभन्दा बढी क्रियाशील सदस्यता अद्यावधिक

    • २.
      पत्रकारलाई मन्त्री अहिरको आग्रह : सरकारका कमजोरी औंल्याइदिनुस्

    • ३.
      पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम

    • ४.
      मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

    • ५.
      अधिवेशनपछि रास्वपा प्यूठानमा दुई धारबीच दूरी अझै स्पष्ट

    • ६.
      रास्वपा प्यूठानमा रवि पक्षको वर्चस्व, बालेन समूहका सुनार पराजित

    • ७.
      प्यूठानमा ७७ बालबालिका कडा कुपोषित

    • ८.
      भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation