सञ्जय रिजाल। मुलुक संघीय संरचनामा गइसकेपछि पहिलोपल्ट हामीले महामारीको विपत्ति भोग्दैछौं। २०७२ सालको विपदबाट माथि उठेर तंग्रिदै गर्दा फेरी अर्को विश्वव्यापी महामारी विपद्को सामुन्ने हामी उभिएका छौं। यो विपद्को सामना हामीले जुनसुकै हालतमा भए पनि गर्नु छ। २०७२ सालको महाभूकम्पको विपद् हाम्रो मात्र विपद् थियो जसलाई सामना गर्न हामीले अन्तराष्ट्रिय समुदायको पनि यथेष्ट सहयोग पाएका थियौ र पाउने अवस्था पनि थियो। अहिलेको विपद् अलि फरक खालको छ। किनभने यो विपद्ले शक्तिशाली भनिने हाम्रा छिमेकीदेखि लिएर मित्र राष्ट्रहरुलाई समेत नराम्ररी गिजोलेको छ। उनीहरु पनि आफै समस्यामा परेका छन् ।यो महामारीको बिपद्ले विश्वकै अर्थ व्यवस्थामा पार्ने प्रभाव पनि यतिबेला आंकलन गर्न थालिएको छ। विश्व अर्थव्यवस्थामै पर्ने यसका नकारात्मक असरले हाम्रो जस्तो परनिर्भर अर्थतन्त्रलाई नराम्ररी असर पार्ने निश्चित प्रायः छ। त्यसको मात्रा अहिले नै यकिन गर्न नसकिएला धेरै थोरै असर गर्ने नै छ। हामी विगत लामो समयदेखि व्यापार घाटा व्यहोर्दै आएका छौं। कृषि पशुपालन फलपूmल खेती र पर्यटन हाम्रो अर्थतन्त्र आत्मनिर्भर हुने माध्यम हो। पर्यटनको केही हदसम्म विकास भए पनि कुषि पशुपालन र फलपूmलमा हामी विगतको तुलनामा परनिर्भर बन्दै गइरहेका छौं। हाम्रो परनिर्भरता बढ्नुमा एउटा कारण बैदेशिक रोजगार पनि हो। स्वदेशमा रोजगारको अवसर कम भएको र भैहाले पनि न्यून ज्यालाका कारण युवाहरु अहिले बैदेशिक रोजगारमा जाने प्रचलन बढेको छ।हामीले कृषि, पशुपालन र फलपूmल खेतीमा आवद्ध हुने युवा र रोजगारीका लागि विदेश जाने युवाको तुलना ग¥यौ भने अहिले पनि कैयौ गुणा बढि युवाहरु वैदेशिक रोजगारका लागि गइरहेका छन्। त्यसो त केही युवाहरु स्वदेशमै कृषि, पशुपालन तथा फलपूmल खेतीमा संलग्न नभएका भने होइनन् तर त्यो संख्या निकै कम छ। त्यो संख्यामा पनि कुषि पशुपालन र फलपूmल खेतीमा संलग्न हुने नेपाली युवाहरु अधिकांश वैदेशिक रोजगारीका बेला सिकेको शिप सदुपयोग गर्दै स्वदेशमै रोजगार गर्ने गरेका छन्। कृषि पशुपालन र फलपूmल खेतीमा किन युवाहरु संलग्न हुन सकिरहेका छैनन् भन्ने प्रश्नको हामीले कारण खोजी गर्नेतर्फ लाग्यौ भने विभिन्न कारणहरु भेटाउन सक्छौं। कृषि, पशुपालन र फलपूmल खेतीमा संलग्न हुने वास्तविक किसानहरुले सरकारबाट दिने अनुदान तथा सहुलियत उपलव्ध हुन कठिन, कृषि, फलपूmल पशुपालनको लागि प्राविधिक ज्ञानको कमी, परम्परगत कृषि, पशुपालन र फलपूmल व्यवसायबाट मनग्गे आय आर्जन हुन नसक्नु र यसबाट सहज रुपमा परिवारको गुजारा चल्न नसक्नु र यसो भएका कारण यो पेशा हेयका रुपमा हेरिनु, कृषक तथा कृषि पेशालाई सम्मान गर्ने संस्कारको कमी हुन जस्ता रहेका छन् ।अस्थिर बजार पनि हाम्रो कृषि तथा पशुपालन क्षेत्रको विकास हुन नसक्ने प्रमुख कारण मध्येको एक हो। हामी भारत र चिन जस्ता शक्तिशाली तथा विशाल छिमेकी राष्ट्रको बीचमा छौं । अझ हाम्रो तीन तिरबाट घेरेको भारतको खुला सिमानाका कारण भारतमा सस्तो लागतमा उत्पादन भएको तरकारी, फलपूmल तथा पशुजन्य सामाग्रीसँग नेपालमा उत्पादन भएको तरकारी तथा पशुजन्य सामाग्रीले प्रतिस्पर्धा गर्न सक्दैन। यस्तो प्रतिस्पर्धा गर्ने नसक्ने अवस्थामा सरकारको सहयोग आवश्यक हुन्छ तर यहाँ त्यस्तो सहयोग सरकारले दिइरहेको पाइदैन। भरपर्दो बजार नभएका कारण पनि कृषि पशुपालन तथा फलपूmल खेती व्यवसाय नेपालमा त्यति फस्टिन सकेको छैन । यहाँको व्यापारमा ती दुई छिमेकी मुलुकबाट आयात हुने तरकारी तथा फलपूmललाई नेपाली कृषि बजारले प्रतिस्पर्धा गर्न सकिरहेको छैन। यसो हुनुमा कृषिको आधुनिकीकरण हुन नसक्नु तथा कृषिलाई हेयको पेशाको रुपमा लिइने परम्परागत विश्वास हुनु पनि हो।हामीले कृषि क्षेत्रको विकास गर्न नसकेसम्म हाम्रो स्वाधिन अर्थतन्त्र बन्न सक्दैन। किनभने हामीलाई भूगोल तथा हावापानीले राम्रो साथ दिएको छ। विश्वमा सबैभन्दा अग्लो हिमालदेखि लिएर तराइको समथर भाग समेत भएको भूभाग हामीसँग छ। हामीले हावापानी अनुसारका विभिन्न खेती गरेर बाहै्र महिना उत्पादन लिन सक्छौं र विश्व बजारमा समेत हामीले व्यापार गर्न सक्छौं। युद्धबाट रोमलिएको इजरायलले जसरी युरोप र अमेरिकासम्ममा पनि आफ्नो उत्पादनको बजार विस्तार गरिरहेको छ। हाम्रो बजार खोज्न हामी धेरै टाढा सम्म पनि जानु पर्दैन सार्क राष्ट्र र चिनसम्म मात्र हाम्रो उत्पादन सजिलै खपत हुने अवस्था छ । यसो गर्न सक्यौ भने हामीले कृषि तथा पशुपालनबाट राम्रो फाइदा लिनसक्छौं । यसबाट रोजगारीको सिर्जना प्रशस्त मात्रामा हुनेछ। हामीले रोजगारीको लागि विदेशी भूमिमा पशिना बगाउने अवस्था आउने छैन । मानिसको सबैभन्दा पहिलो आवश्यकता भनेको गास हो, त्यसपछि बल्ल बस्ने ठाउँ र लगाउने कपडाको आवस्यकता हुन्छ।त्यसकारण विपत्तिको समयमा यिनै पहिलो आवश्यकतालाई आधार बनाएर राहत वितरण गर्ने गरेको पाइन्छ ।कोरोना भाइरस कोभिड १९ को संक्रमणले पुरै विश्व आक्रान्त बनिरहेका बेला हाम्रो कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान पु¥याइरहेको विप्रेषण र पर्यटन क्षेत्र नराम्ररी प्रभावित हुँदैछ।कामना गरौं हामीलाई यो महाविपत्तिले प्रत्यक्ष असर गरेन छ भने पनि बैदेशिक रोजगारीबाट र पर्यटन व्यवसायबाट आउने वैदेशिक मुद्रा घट्ने निश्चित प्रायः छ। यसले हाम्रो कूल ग्राहस्थ उत्पादनमा नराम्ररी असर गर्नेछ राम्रोसँग नवोलिरहेको आगोलाई झोसेपछि केहि बेर निभेको जस्तो देखिएपछि त्यसले पुनः उर्जा प्राप्त गरेर राम्रोसँग बल्दछ। मानौ अहिले हाम्रो अर्थतन्त्र त्यस्तै अवस्थामा छ। आर्थिक वृद्धिदर आशातित रुपमा हुन सकिरहेको छैन ।संघर्षबाट नै व्यक्तिले सफलता प्राप्त गर्दछ। हामीले राष्ट्रिय रुपमा हे¥यौ भने पनि विभिन्न मुलुकहरुले ठूलो संघर्षबाट आपूmलाई स्थापित गरेका हुन्छन्। दोश्रो विश्वयुद्धबाट विनाशमा धकेलिएको जापान पछिल्लो समय युद्धबाट हुने विनाशको पाठ सिकेर आधुनिक विकासमा लागि परेको छ। जापानीजहरु अनुशासित मात्र छैनन् कडा मिहनेती पनि। उनीहरुको श्रम गर्ने जागर विश्वमै उत्कृष्ट्मध्येको एक मानिन्छ। जापानीजहरु विश्वमै मिहनेतीको रुपमा गनिन्छन्। श्रम प्रतिको सम्मान र निरन्तर काम गर्ने जापानीजहरुको संस्कृति नै बन्न पुगेको छ। उनीहरु त्यत्तिकै यस्तो बनेका होइनन्। यसमा द्वितीय विश्वयुद्धको प्रभाव मुख्य रुपमा जिम्मेवार छ। जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसेपछि त्यहाँका मान्छेमा मात्र होइन जमिनमा समेत लामो समय नकारात्मक प्रभाव प¥यो। त्यो प्रभावलाई हटाएर नागरिकको दैनिक जनजीवन सहज बनाउन उनीहरुले युद्ध होइन कडा मिहनेतलाई आत्मसात गरे। निरन्तरको कडा मिहनेतबाट उनीहरु उच्च प्रविधिको विकास मात्र गरेनन् विश्व बजारमा राम्रो छाप समेत पार्न सफल रहे। जापानीज प्रविधिको विश्वभर प्रसार भयो।उनीहरुले उत्पादन गरेका सामाग्रीहरु विश्व बजारमै लोकप्रिय हुन पुगे। निरन्तरको कडा मिहनेत र कडा अनुशासनको कारण जापानीजहरुको दैनिक जनजीवन सुखद मात्र रहेन उनीहरु विकसित मुलुकको नागरिकमा कहलिन पुगे। यसरी जापानीजहरुलाई दोश्रो विश्वयुद्धले पारेको नकारात्मक प्रभाव प्रेरणाको श्रोत बन्न पुग्यो सम्वृद्धिको लागि विकासको लागि।अहिले हामी नेपाली पनि विभिन्न समस्याबाट ग्रसित छौं।विगत लामो समय हिंसात्मक विद्ध्रोहको सिकार भयौं।हिंसाबाट शान्ति तथा राजनैतिक स्थितरतातर्फ अगाडि बढ्दै गर्दा हामीले भुकम्पको विपत्ति भोग्नुप¥यो। लामो समयपछि करिव दुई तिहाइ नजिक सरकारका बनेपछि राजनीतिक स्थिरतार्फ हामी अग्रसर थियौंं। तर झण्डै दुई तिहाइ नजिकको सरकार भए पनि सकारका काम कारवाहीबाट आम नागरिक सन्तुष्ट बन्न सकिरहेका छैनन्। सरकारले विभिन्न लोकप्रिय कार्यक्रम अगाडि सार्छ। ती सबै कार्यक्रममा विचौलियाको हालमुहाली भइरहेको छ। लक्षित समूहले राज्यका सेवा तथा सुविधाहरु सहज रुपमा नपाइरहेको अवस्था छ।विकासका पूर्वाधारहरुको आशातित रुपमा निर्माण सम्पन्न हुन सकिरहेको छैन।कृषि पशुपालन फलपूmल खेतीलाई प्रवद्र्धन गर्नुपर्नेमा त्यो क्षेत्र पनि प्राविधिक ज्ञानको कमी तथा राज्यले व्यवसाय गर्ने व्यवसायीक वातावरण सिर्जना गर्न नसक्दा धाराशाही बन्न पुगिरहेको छ। सरकारले कृषकलाई अदनुदान दिने विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेकोमा प्रदेश सरकारका कार्यक्रममा समेत आर्थिक अनियमितता हुने गरेको प्रदेश ५ संसदीय समितिले औपचारिक रुपमै भनेको अवस्था छ।यसरी हेर्दा यदि हामीले विदेशबाट खाद्य सामाग्री आयात हुन कठिन हुने हो भने हामीले हाम्रो उत्पादन बढाउनुको विकल्प छैन।हामीले आप्mनो उत्पादन बढाउँदै जाने र विलाशिताका सामाग्रीको खपत कम गर्दै जाने हो भने हाम्रो आत्मनिर्भरतामा वृद्धि हुने निश्चित छ।कोरोनाको कहरले विश्व सम्प्रदायलाई नै त्राहीत्राही पारिरहेको बेला हामीलाई के यो महामारीको विपद् अवसर पनि बन्न सक्ला ?
रिजाल प्युठानबाट प्रकाशित माण्डबि साप्ताहिकका प्रकाशक सम्पादक हुनुहुन्छ।
महामारी, के हाम्रो लागि अवसर बन्न सक्छ ?
महामारी, के हाम्रो लागि अवसर बन्न सक्छ ?
Advertisement
तपाईको प्रतिक्रिया