• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

आमा ! दर्शन !


  •   शनिबार, चैत २२, २०७६ मा प्रकाशित
  • – माधव न्यौपाने ।  तिमीलाई कस्तो छ ? गाउँघरको खबर के छ ? आमा ! दु:ख सुख गरेर घर भित्रै बस्नु है । बाहिर कुनै हालतमा पनि ननिस्किनु है ।

    Advertisement

    उता चीनतिरबाट कोरोना भन्ने रोग संसार भरि फैलिएको छ । सारा संसार नै पिडामा पिल्सिएको छ । पचास हजार भन्दा बढी ले संसार छोडिसके अनि दस लाख बढी जनामा यो रोग देखियो भन्छन् । निकै पिर लागेको छ आमा ! तिमी त्यहाँ त्यसै त बुढी र रोगी छौ पहिले देखि त्यसमाथि नेपालमा समेत यो रोग फैलिने डर भयो।

    अलिकति पैसा पठाउँछु भन्न पनि आमा अहिले मेरो काम नै छैन । तिन साता भैसक्यो काम बन्द भएको । म पनि दिन रात कोठा मै बसेको छु । पैसा पनि सकिसक्यो । धेरै थोरै पुर्याएर खाएको छु । बाहिर जान सक्ने बातावरण पनि छैन । ठुलो दोधारमा छु आमा, यो रासन सकिएपछि के खाने होला ? कति दिन तिमीले पस्किएको खाना सम्झेर भोकै रुदै दिन रात कटाउने होला ।

    अष्ट्रेलिया सरकारले पनि हामी जस्ता विद्यार्थीलाई केहि गर्न नसक्ने भनिसक्यो । आफ्नो खर्च , खानबस्नको व्यवस्था आफै गर्न सक्दैनौ भने फर्केर आफ्नै देश जाउ भनिसक्यो । म के गरूँ आमा ?

    यहाँको सरकारको यो समाचार सुन्दा म आफैलाई सम्हाल्न नै सकिन । घर , तिम्रो र बुढा बाको अनुहार अनि मेरो वर्तमान र भविष्य सम्झेर एक्लै कोठामा भक्कानिए , धेरै बेर घोप्टो परेर सिरानीलाई अंगालेर रोएँ । अहिले त म अष्ट्रेलिया आएर ठूलो गल्ती गरें जस्तो महसुस गरेको छु । घर न घाटको भएको जस्तो लाग्दैछ ।

    तिम्रो काखमा हुँदा यताको सिन्को उता नसार्ने मैले ,यहाँ आएर जुठा भाडा र फोहोर टोइलेट पनि सफा गरेर पनि म आएको १६ लाख ऋण तिर्न सकेको छैन । बाउले दस नंग्रा खियाएर जोडेको खेतको टुक्रो पनि बैंकमा धितो राखेर , तिम्रो गलाको तिलहरी बेचेर तिमीलाई सुखमा राख्ने सपना देख्दै अष्ट्रेलिया उडेको मान्छे म, आज यदि यो बन्द कोठामा भोक भोकै मरीहाले भने पनि मेरो लास गन्हाएपछि मात्र म मरे भन्ने थाहा पाउनेछन् अर्को कोठामा बस्नेले । मेरो जिन्दगी अर्थहीन भएको छ आमा । म साँच्चै बिचल्लीमा परेको छु ।

    सुनेको छु यो कोरोना भन्ने रोगले मान्छे मर्यो भने पनि लास छुन कसैले पाउदैनन रे । फेरी नेपालमा पनि त फैलिंदै छ । तिमीलाई केहि भैहाल्यो भने ? म सोंच्न पनि सक्दिन आमा ! त्यसैले आमा आफ्नो निकै ख्याल गर है । हरेक साँझ बिहान बेसार , जुवानो , अधुवा , लसुन पानीमा उमालेर तिमी पिउनु अनि बालाई नि पिलाउनु है ।

    म यो परदेशमा जनतन प्राण धान्ने छु । हेरौँ आमा, भाग्यले कहाँ पुर्याउछ , अझै कति दु: ख दिन्छ । सकें भने र अलि वातावरण सुध्रियो भने ऋण तिरेर तिमीलाई सुख दिने सपना पुरा गर्न लागिपर्नेछु । कहिल्यै नरुनु , सधै तातो पानी पिउनु । आफ्नो र बा को ख्याल राख्नु ।।।

    ( सम्पूर्ण प्रवासी नेपाली विद्यार्थीमा समर्पित )

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation