• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, चैत २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

यो बुढो रुख त्यो बुढो रुख

गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

लोकप्रिय समाचार

  • १. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • २. गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

  • ३. मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

  • ४. प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

  • ५. यो बुढो रुख त्यो बुढो रुख

  • ६. भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

  • ७. नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

  • ८. सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

बहुमतको हाइडोजले ग्यास्ट्रीक भएको ओली सरकार


  •   मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
  • मनिष प्रयास, रुपन्देही। देशले २०७२ साल असोज ३ गते नया संविधान पायो। त्यस्को ठिक दुई बर्षपछी २०७४ मा संबिधान कार्यान्वयनको लागि तीन तहको निर्वाचन भयो। केन्द्र,प्रदेश र स्थानीय गरि तीन तहको निर्वाचन सम्पन्न भए।एमाले र माओवादीको संयुक्त गठबन्धन बन्यो। त्यस्को नाम रहयो नेकपा। त्यही गठबन्धनले राम्रो जनमत बटुल्यो। कम्युनिस्ट्र सरकार बन्यो। तीनका नेताले सत्तामा हालिमुहाली गर्ने अबसर पाए। तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाई बहुमतको रथमा दोश्रो पटक नेपालको प्रधानमन्त्री नियुक्त भए। पहिलो पटक ओली प्रधानमन्त्री हुदा भारतले नाकाबन्दी लगाएको थियो। त्यस बखत उनि कत्ती पनि बिचलित भएन्न,न डगमगाए। बरु त्यस्को डटेर सामना गरे। देशबासीले ओलिलाई राम्रै साथ दिए। सर्वत्र वाहवाहि भयो। उनको छबी ह्वात्तै चुलियो। फरक सार्वभौम अभ्यास कारण उनलाई राष्ट्रबादी नेताको रुपमा चित्रित गर्यो। ओलीको राष्ट्रबादको नारा एमालेको पार्टी कार्यालय भित्र मात्रै सिमित रहेन। सम्पुर्ण नेपाली जनताको मनमा समेत बिजारोपण भयो र अंकुरण हुन थाल्यो ।७०को दशकका सुरुवाती बर्षहरुमा नेपाली जनताहरु माझ समृद्ध नेपाल सुखी नेपाली भन्दै धेरै सपनाहरु बाडिए रेल,पानीजहाज, ग्यास पाइपलाइन इत्यादि।अधिकांश जनताले नेकपालाई बिश्वास गरे अनुरुप नेकपा देशको सबैभन्दा ठूलो दल बन्न पुग्यो ।माओवादी सगको एकताको टुंगो लाग्न हम्मे हम्मे हुदा नहुदै सरकार गठन र मन्त्रालय भागबन्डाको रडाको नजानिदो तवरले छरपस्ट भयो ।अधिकांस जनताहरु यो सरकारले सामान्य जनताको जिवनस्तरमा सहयोग पुग्ने कामहरु (शिक्षा,स्वास्थ, रोजगारी, सुरक्षा, खानेपानी, कृषि, महङ्गी, भ्रष्टाचार, कालोबजारी) आदि बारेमा राम्ररी सोच्ला भन्नेमा आशावादी थिए।दिगो सरकारको बजेट भाषणलाई निकै महत्वका साथ लिइएको थियो तर बजेट भासण सुन्दा धेरैलाई “बोतल नयाँ रक्सी पुरानै” भन्ने खालको भान भयो । एकाध योजनाहरु नयाँ थिए जस्तै सम्पुर्ण उत्तरीनाकाहरु खोलेर दुबै छिमेकीहरु सग आयात सन्तुलन गरि भारतको मात्रै बाध्यकारी परनिर्भरता कम गर्ने त्यसैगरी शैक्षिक बेरोजगारी घटाउन सर्टिफिकेट धितो राखेर बिना ब्याज कर्जा दिने ब्यबस्था आदि योजनाहरु निकै सान्दर्भिक र महत्वपूर्ण थिए तर बिडम्बना ती योजनाहरु खासै राम्ररी कार्यान्वयन हुन सकेनन् ।पुर्व गभर्नर युवराज खतिवडालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिदा सहि ठाउमा सहि ब्यक्ति छनोट भएको धेरैले प्रतिक्रीया दिए।किनकी उनी अर्थब्यबस्थाको राम्रो जानकार र परिपक्व कहलिएका थिए। धेरैले व्यापार घाटा कम हुँदै सन्तुलन तर्फ लाग्ने, आर्थिक वृद्धिदर पहिले भन्दा बढ्ने, धमाधम उद्योगधन्दा खुल्ने वातावरण बन्ने, रोजगारी सिर्जना हुने लख काटेका थिए। खतिवडाको जादुमय बजेट बाट महङ्गी कम होला भन्ठानेका जनताहरु अझै कडा महङ्गीको चपेटामा मात्र परेनन् करको बाध्यकारी भारी बोक्न समेत बाध्य भए।राजनीतिक दलहरु कसरी चुनाव जित्ने, कसरी सत्तामा पुग्ने भन्नेमा बढि केन्द्रित हुने तर सत्तामा पुगेपछी जनतालाई कसरी डेलीभरी गर्ने भन्ने बारे छलफल नै नहुने हुदा डेलिभरी योजना निम्सरो हुने भएकाले जनताले बहुमतिय सरकारको स्वाद चाख्न नपाएको धेरैको गुनासो रहेको छ । नेकपा भित्रैका केही नेताहरुले सरकार एकलौटी ढंगले अगाडि बढेकाले जनमत अनुसारको जिम्मेवारी काधमा लिएर काम गर्न नसकेको साथै सरकारको काम कारबाही हेर्दा आफुलाई ऎठन भएको बताएका छन् ।स्वास्थ, सुरक्षा, देशमा अमन चयन कायम होला भन्ठानेका जनताहरुले ओलीसरकारको उपहारको रुपमा केही कान्डहरु प्राप्त गरे साथै भ्रष्टाचारमा शून्य सहनशिला भन्ने नारा बनाएको सरकारका मन्त्रीहरुको भ्रष्टाचार कान्ड रोकिएन एकपछी अर्को आईरह्यो। निर्मला हत्याकाण्ड,३३ किलो सुनकाण्ड,वाइडबडी काण्ड,बालुवाटार काण्ड,गोकर्ण रिसोर्ट प्रकरण,मार्सी चामल,गोकुल काण्ड इत्यादि। भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा प्रत्यक्ष फोन मार्फत हिन्दी र अङ्ग्रेजी दुबै भाषामा शुभकामना दिन सक्ने ओलीले नेपालको कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो नक्सामा निकाल्दा संवेदनशीलताका साथ छिटो कुटनैतिक पहल गर्नुको सट्टा शिर निहुर्याएर पुच्छर हल्लाएको प्रतिपक्षी दलका नेताहरु बताउछन्।यस अघिका सरकार प्राय ९/१० महिना मात्रै टिक्थे मन्त्रीमन्डल बिस्तार गरेर नसकिदै सरकार ढाल्ने कसरत सुरु हुन्थ्यो त्यसैले सरकार कसरी टिकाउने भन्ने योजनाले प्राथमिकता पाउने गर्थ्यो ।बर्तमान सरकारलाई यस्तो कुनै समस्या छैन स्पष्ट जनमत छ अन्य भुपु सरकारले झै आफ्ना नीति कार्यक्रम र योजनाहरु कार्यान्वयनको लागि यथेष्ट समय नभएको सरकार तरल अवस्था रहेको जस्ता समस्याहरु देखाएर पन्छिने छुट कदापि नरहेको साथै देशबिकास र जनताको सामान्य जिवनस्तर सुधारको कुनै ठोस योजना नदेखिएको प्रतिपक्षी दलको तर्क पनि उत्तिकै ओजपुर्ण रहेको छ।जसरी गैडाको लागि आफ्नै खाग खतरानाक हुन्छ त्यसरी नै ओलीसरकारको लागि आफ्नो पार्टीको जनमत खतरानाक साबित हुँदै गएको छ। ओलीको त्यो चर्चा बिस्तारै ह्रास हुँदै गएको छ पार्टी भित्र पनि ओली पहिले भन्दा धेरै कमजोर देखिन थालेका छन।समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउदै बिकासको डुङ्गा चढेर समाजवाद तर्फ दौडिने योजना बनाएको सरकारले समाजवाद कुन दिशा तर्फ पर्छ, कसरी पुग्न सकिन्छ, कति समय लाग्छ भन्ने आकलन गर्न समेत नसकेको धेरै जनताहरुले बुझिसकेका छन्।बास्तबमा यो सरकार बहुमतको हाईडोजले ग्यास्ट्रीक भएको जस्तो देखिन्छ।तर ग्यास्ट्रीक भएको सरकारले पादे पनि वाह हाम्रो सरकारको पादमा क्या सुगन्ध छ भन्नेहरु अझै बाक्लै भेटिन्छन्।हाल सम्माननिय प्रधानमन्त्री ओली दोश्रो पटक मिर्गौला प्रत्यारोपणको लागि अस्पतालमा हुनुहुन्छ।वहाँलाई मेरो तर्फबाट शिघ्रस्वास्थ लाभको शुभकामना।

    Advertisement

    मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’
    नौ महिनामा लोकसेवाका आठ परीक्षा पास
    यो बुढो रुख त्यो बुढो रुख
    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    लोकप्रिय

    • १.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    • २.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन

    • ३.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा

    • ४.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित,

    • ५.
      यो बुढो रुख त्यो बुढो रुख

    • ६.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप,

    भर्खरै

    • १.
      भेरी–बबई बहुउद्देश्यीय आयोजनामा चौथो पटक म्याद थप, आधा काम बाँकी

    • २.
      मन्त्रिपरिषद् बैठकको निर्णयः राष्टिय योजना आयोगको उपाध्यक्षमा भट्ट नियुक्त

    • ३.
      सांसदहरुको प्रतिवद्धता : ‘कर्णाली सुनको थाली हो, उपयोग गर्छौं’

    • ४.
      नौ महिनामा लोकसेवाका आठ परीक्षा पास

    • ५.
      प्युठानको छेडाघाटमा आगलागी : १३ घरपरिवार प्रभावित, करिब एक करोड क्षति

    • ६.
      यो बुढो रुख त्यो बुढो रुख

    • ७.
      गढवामा महिला तथा बाल सेवा केन्द्र भवन उद्घाटन

    • ८.
      मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation