काठमाडौं।महानगरीय ट्राफिक प्रहरी महासाखाले नम्बर नदेखिने सवारीमाथि कारवाही गर्न सुरु गरिएको छ।महाशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको केरमेट भएको, खुइलिएको, नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत् कारबाही थालेको हो ।राख्नुपर्ने नम्बर प्लेट नरखेको र स्पष्ट नभएको १ सय ७० वटा सवारी र मोटरगार्ड राखी नम्बर प्लेट ढाकिएका २६ सवारीलाई कारबाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए। ट्राफिक नियम उल्लंघन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुनेजस्ता क्रियाकलापहरुलाई रोक्न नै उक्त अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए।
यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
Advertisement