• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

विभाजीत माओवादी आन्दोलन र २५ औं जनयुद्ध दिवस


  •   बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
  • जायश्वर जैसी । आज २५ औं जनयुद्ध दिवस रे ! सामाजिक सञ्जाल र सञ्चार माध्यममा जनयुद्ध दिवसको बारेमा केही समाचार एवं बिचार आउँदा अनि म्यासेन्जरको इन्बक्सभित्र जनयुद्ध दिवसको शुभकामनाका शब्द आउँदै गर्दा आफू पनि तत्कालीन माओवादी जनयुद्धको आदर्शलाई आत्मसात गरी हिडेको एउटा पूर्व यात्री भएकोले उकुसमुकुस मनका केही बिचार व्यक्त गर्न मन लाग्यो ।
    ‘राज्य सत्ताबाहेक अरू सबै भ्रम हो’ भन्ने सिद्धान्तमा आधारित भएर २०५२ साल फाल्गुन १ गते तत्कालीन नेकपा ( माओवादी ) को नेतृत्वमा जनयुद्ध सुरु भएको पनि आज २५ वर्ष पुगेको छ । २५ वर्षको यो अवधिसम्म आइपुग्दा माओवादीहरू छिन्नभिन्न अवस्थाबाट गुज्रिदै आ-आफ्ना डम्फू बजाइरहेका छन्।जनतालाई देखाइएका सपनाहरूलाई माओवादीहरूले तिलाञ्जली दिई लात मारी सकेका छन्।माओवादीहरू एक अर्कोलाई आरोप प्रत्यारोप गर्ने काम गरिरहेका छन् । एकले अर्कोलाई उग्रवामपन्थी र प्रतिगमनकारी दक्षिणपन्थी भन्दै आरोपित गर्दै हिडिरहेका छन् । केही माओवादीहरू एमालेसँग समाहित भएर सूर्यको झण्डामुनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को नामबाट सिंह दरवारमा छिरेर संसदीय मोजमस्तीमा रमाउँदै खसीको टाउको झुण्डाएर कुकुरको मासु बेच्दै समाजवाद र समृद्धिको भजन गाइरहेका छन्।केही माओवादी भन्नेहरू माओवादी नै भन्न घिन मान्दै माक्र्सवादलाई नै खोट देखाउदै पृथकतावादीहरूसँग घाँटी जोडी आफूहरूलाई नयाँशक्ति हुँदै समाजवादी पार्टीको रूपमा चिनाउने दुस्साहस गरिरहेका छन् ।
    केही माओवादीहरू न त क्रान्तिको यात्रामा अगाडि बढ्ने साहस गर्छन् न त संसदीय राजनीतिलाई स्वीकार गर्छन्।कुहिरोको कागको रूपमा आफूलाई जनतासामु चिनाई रहेका छन्। केही माओवादीहरू जनतामाथि धोका भयो भन्दै नेकपाको रूपमा एकीकृत जनक्रान्ति र बैज्ञानिक समाजवादको नयाँ सपना बाँड्दै पुरानै युद्धमा फर्कन लागेको हो वा नयाँ क्रान्ति गर्न थालेको हो भन्ने कुरा जनतालाई स्पष्ट पार्न सकेका छैनन्।केही माओवादीहरू अरबका खाडीहरूमा रगत र पसिनाले लत्रक्क भिज्दै माथि उल्लेखित माओवादीका पक्ष र विपक्षमा समाजिक सञ्जालमा आफ्नो मत जाहेर गरिरहेका छन् । केही माओवादीहरू बीच सडकमा गाँस,बासको खोजीमा भौँतारिरहेका छन् । केही माओवादीहरू, माओवादी नेताका खोक्रा विभ्रमबाट माथि उठी जेनतेन आफ्नो गुजारा गर्दै जीविका धान्ने प्रयासमा लागी रहेका छन् । केही माओवादीहरू जुवा, तास र रक्सीको नसामा आफूलाई सिद्धाउन थाली सकेका छन् । केही माओवादीहरू स्वतन्त्र जीवनयापनमा फर्की समाजमा न्याय अन्याय नियालेर बसेका छन् । केही माओवादीहरू हिजो जनयुद्धका घटनालाई लिएर दुस्मनले गरेको गाली सहेर निन्याउरो मुख लगाई समाजमा बस्न विवश छन्। ‘माओवादी राज्य सत्ता (वैज्ञानिक समाजवादी सत्ता)’धेरै टाढाको कुरा भैसकेको छ । अझै भन्नु पर्दा हिजो सँगै जनयुद्ध लडेका सहयात्रीहरूलाई एकथरी माओवादीहरूले सत्ताको शक्ति प्रयोग गर्दै अर्कोथरी माओवादीलाई जेलका काल कोठरीमा राखेर शान्ति, समृद्धि र समाजवाद ल्याउने सम्भावनाको उत्कट चाहना राखेका छन् । यतै यतै छ अहिलेको माओवादी आन्दोलन । तर पनि चाहेर वा नचाहेर ‘जनयुद्ध दिवस’ भन्न भने अझै छोडेका छैनन् पूर्व माओवादीहरू। ‘एकपटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताविना सशस्त्र संघर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौँ। यो संघर्ष जनताको स्थितिमा आंशिक सुधार गर्ने, प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुंगाउने साधन बन्न कदापि दिइने छैन ।’ यी वाक्यहरू माओवादी जनयुद्धको थालनीको बेला जनता र कार्यकर्ताको बीचमा माओवादी नेतृत्वबाट उद्घोष गरिएका वाक्य थिए । जुन हतियार अन्तसम्म लैजाने दृढता गरिएन।बीचमै अल्पत्र पारियो। प्रतिक्रियावादी(नाम फेरिएको) भनिएको सत्ताको सेनालाई ती हतियार बुझाइयो । यो कार्य सर्वहारा वर्ग र आम जनताप्रति अपराध गरियो कि न्याय गरियो ? प्रश्न गम्भीर छ। हुन त यस कार्यलाई समयको माग र गतिशील राजनीतिक यात्राको रूपमा अर्थ्याइएको छ। गतिशील राजनीति वा आत्मसमर्पण के थियोे ? यसको फैसला इतिहासले पक्कै एक दिन गर्ने छ । जनयुद्ध जनताको स्थितिमा आंशिक सुधारको निम्ति थिएन । जनताको जीवनस्तरमा आमूल परिवर्तनको लागि थियो । जनताका पीडा र व्यथाहरू जस्ताको तस्तै छन् । जनयुद्ध गर्ने बेला भनिएको थियोे, ‘जनयुद्ध प्रतिक्रियावादीलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाउने साधन बन्न कदापि दिइने छैन ।’ तर आज जनयुद्धलाई प्रतिक्रियावादीहरूलाई दबाब दिई सामान्य सम्झौतामा टुङ्गाएर नाम फेरिएको भ्रष्ट व्यवस्थामा पुग्ने साधन बनाइएको जगजाहेर छ । आज माओवादीहरू जहाँ जहाँ उछिट्टिएका छन् । जनताका आशा र सपनाहरू त्यस्तै गरी उछिट्टिएका छन् । इतिहास कोट्याएर काम छैन अब भन्ने पनि केही मानवहरूलाई लाग्न सक्छ । तर,इतिहासको गम्भीर समीक्षा र पुनरावलोकनबिना वर्तमान र भविष्यको सही राजनैतिक गन्तव्य तय गर्न सकिँदैन । नेताहरूले जनताका बीचमा राखेका प्रस्तावहरू उनीहरूका निजी मामिला हुन सक्दैनन्। जनयुद्धलाई आज निजी मामिलाको साधन बनाइएको छ । जनयुद्धमा ठुला ठुला सपना देखाइयो। घर, परिवार, शिक्षा सबै त्याग्न लगाएर युद्धमा हिड्ने गराइयो । मान्छेहरू त्यो जनयुद्धमा लामबद्ध पनि भए । सत्र हजारको बलिदानसहित हजारौंको सङ्ख्यामा अङ्ग भङ्ग र बेपत्ताको स्थिति सिर्जना भयो । जनयुद्ध न्यायपूर्ण नै थियो । जनयुद्धमा उठाइएका प्रस्तावहरू जाहेज थिए किनकि जनयुद्धका ती प्रस्तावहरूमा देश र जनताको मुहार फेर्ने परिकल्पना थियो। न त जनताको मुहार फेरियो न त देशको, फेरियो त ती झुठ, बैमान र मुठ्ठीभर मान्छेहरूको फेरिएको छ । जे जे गफ गरे पनि जनताको जीवनस्तर बदलिएको छैन। माओवादीको तत्कालीन मूल नेतृत्व दक्षिणपन्थी विसर्जनवादमा भाँसिएको कुरालाई कुनै प्रकारको लेप लगाए पनि ढाक्न र बचाउन सकिदैन।माओवादी एउटा बिचार हो । जुन बिचारले समाजमा न्याय स्थपित गर्छ र गर्नुपर्छ । सच्चा र क्रान्तिकारी माओवादीहरू देश र जनताको न्यायका लागि एक ठाउँमा उभिनु आजको अपरिहार्य आवश्यकता बनिसकेको छ। माओवादी जनयुद्धको यो २५ औं वार्षिक उत्सवको क्षेणमा यसले केही माओवादीहरूभित्र उत्साह, खुसी, रमाइलो छाए पनि खास माओवादी बिचारलाई आत्मसात गर्ने जनता र नेता कार्यकर्तालाई भने दुखित र आक्रोशित पनि तुल्याएको छ।२५ औं वर्षको यो समयमा क्याडर तथा शुभचिन्तक कम्युनिस्ट माओवादीहरू निराशामा नरुमलिएर आशावादी भएर अगाडि बढ्नुको विकल्प छैन । जनयुद्धका घाइते, अपाङ्ग र सहिद परिवारजनप्रति उच्च सम्मान प्रकटसहित २५ औं जनयुद्ध दिवसको हार्दिक मंगलमय शुभकामना ।

    Advertisement

    बिहिबार, फागुन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation