• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

राणालाई टक्कर दिने मोहन बिक्रमको त्यो ५५ झ्याले दरवार (भिडियो)


  •   शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
  • एलबी थापा,प्युठान। राणा शासन कालमा उनीहरुको जगजगी थियो । २००७ साल अघि प्रजातन्त्र आउनुपुर्व राणाहरुसँग राणाबाहेक अरु कसैले पनि प्रतिष्पर्धा गर्न पाउँदैन थिए । आजभन्दा करिब ७८ वर्ष पहिले विस १९९८ सालमा यस्तै प्रतिष्पर्धामा उत्रिएर पौठेजोरि खेलेका थिए प्यूठानका खिम बिक्रम सिह ।
    हालको झिमरुक गाउँपालिका ४ कौछेमा ८६ वर्ष इतिहास बोकेको ५५ झ्याले दरवार आकर्षक कलाकृति काठ र गाउँमै इट्टाको प्रयोग गरेर बनाइएको भव्य महल छ । झट्ट हेर्दा तत्कालीन राजा र राणाहरूको दरबारजस्तो लाग्ने यो घर नेपालका अधिकांश कम्युनिस्ट नेताका गुरु मानिने मोहनविक्रम सिंहका पिता खिमविक्रमले तत्कालीन शासकलाई चुनौती दिदै यो दर्वार निर्माण गर्नुभएको हो ।
    दरबार जस्तै घर बनाएर खिमविक्रमले राजा र राणाहरूसँग प्रतिस्पर्धा गरेको अग्रज पुस्ताको भनाइ छ । उहाँले आफ्नो नामको पछाडि राजपरिवारकै जस्तो ‘विक्रम’ राखेको किस्सा पनि छ । अहिले धन हुनेले ठूला घर बनाउनु र नामका पछाडि बहादुर, विक्रम, ध्वज लेख्नु सामान्य प्रचलन मानिन्छ । त्यसबेला यस्तो लेख्न र ठूला घर बनाउन स्वीकृति थिएन । त्यसैले खिमविक्रमले मुद्दा खेप्नुपरेको थियो । काठमाण्डौं बाहिर पनि ५५ झ्याले सिंहदरबार बनाएर तत्कालीन शासक राणाहरुसँग टक्कर गरेको आरोपमा खिमबिक्रम सिह थुप्रै पटक प्रक्राउ परेका थिए ।
    तत्कालीन राणाहरुले आफूहरुको अस्तित्वसँग टक्कर गर्न खोजेको आरोपमा सर्वश्व हरणसहित डाँडा कटाउने आशय सहितको मुद्दा लागेको गाउँका बुढापाकाहरु स्मरण गर्छन । त्यतिबेला राणाको कुनै पनि काम देखासिकि  गरेको थाहा पाएमा डाँडा कटाउने वा मुद्दा चलाउने प्रचलन थियो । पछि राणाको नक्कल होइन भनेपछि दुइ वटा झ्याल बन्द गरेपछी खिमबिक्रमले सफाइ पाएको बताइन्छ ।
    गाउँमा खिमविक्रम सबैभन्दा सम्पन्न थिए । मुद्दामामिला गर्न पनि खप्पिस थिए । उहाँको नाम सुन्ने प्यूठान, गुल्मी, अर्घाखाँची, दाङ र रोल्पाका बासिन्दा मुद्दा मामिलामा फसाउलान् भनेर डराउँथे  भन्ने पनि छ । घर बनाउन गाउँलेले महिनौं बेठ (झारा) गरेका थिए । झिमरुक गाउँपालिका–४, कौछेमा वि.सं. १९९८ मा उक्त घर बनाउन काठमाडौंबाट कालिगढ ल्याएका थिए । दुई वर्ष लगाएर २००० सालमा निर्माण गरिएकोघरको बारेमा निकै चर्चा भयो । त्यसबेला दरबारकै नामले चर्चित भयो । खिमविक्रमको निधन भएको वर्षौं बिते पनि त्यो घर अझै उस्तै ठडिएको छ ।भुकम्प समेत यो दरबारले थेग्यो। २०७२ सालको शक्तिसाली भूकम्पले  पनि यो घरलाई टसमस पार्न सकेन। वि.सं. १९६० मा जन्मिएका खिमविक्रमको २०२१ सालमा मृत्यु भएको थियो । उनी बाँचुन्जेल चर्चाको केन्द्रमा रहेको पुराना कम्युनिस्ट नेता खगुलाल गुरुङले बताउनुहुन्छ । खगुलाल मोहन विक्रमसँगै कम्युनिस्ट बनेका थिए ।
    ‘खिमविक्रम निडर स्वभावका सामन्ती थिए,’ खगुलालले भन्नुहुन्छ उनि हाम्रो किसान आन्दोलनसँग मात्र डराएका हुन् । खिमविक्रम मुद्दा, लडाइँ, झगडामा जिल्लाभर प्रख्यात भएको गुरुङले बताउनुहुन्छ । ‘मच्छीमा भएको झगडामा उनको गर्धनमा खुकुरी प्रहार भएको थियो, ठूलो घाउ लागेको भएपनि बाँचेका थिए’ आठ धार्नी घिउले सेकेपछि घाउ निको भएको हल्ला थियो ।’गन्धर्वहरूले मच्छीको त्यो घटनाबारे गित पनि बनाएका थिए । ‘कालो बाख्रो काटीकाटी सारंगीलाई ताँती, जति काट्दा पनि नकाटिने खिमविक्रमको घाँटी’ भन्ने गीत गाउँदै हिँड्ने गरेको स्थानियहरु बताउँछन् ।
    ठूलो घर बनाउन उहाँले माटो पोलेर इँटा बनाउन गाउँमै कालिगढ लिएका थिए । त्यतिबेला जिल्लामा कसैले पनि इँटाले घर बनाएका थिएनन् । बांगेसाल र दरभान क्षेत्रबाट बेठ (झारा) मार्फत काठ बोकाएर ल्याइएको थियो । तीन तले घरको माथिल्लो तलासम्म घोडा पुग्न सक्ने बनाइएको छ । माथिल्लो तलामा भान्छाघर छ । काठै काठको भर्याङ अहिले पनि बलियो छ । गाउँ डुलेर आएपछि उनी त्यही भर्याङबाट घोडामै चढेर भान्छाकोठामा पस्थे भन्ने छ । त्यो घरमा अहिले उनका ठाहिला छोरा महेन्द्रविक्रम बस्दै आएका छन् । राजा र राणा परिवार बस्नेजस्तो ५५ झ्याले दरबार बनाएको हल्ला त्यसबेला काठमाडौंसम्म फैलिएको थियो । दरबारमा उजुरी परेपछि उनले दुईवटा झ्याल हटाएका थिए ।आफ्नो सान राज खानदान जस्तो बनाउन नामको पछाडि राजाहरूले जस्तै विक्रम लेख्न थाले । यसबापत लागेको मुद्दा हारेपछि उहाँले उतिबेला १ हजार ८४ रुपैयाँ जरिवाना तिरेका थिए । कारबाही भोगे पनि विक्रम लेख्न नछाडेको स्थानीय सुनाउँछन् । ठूलो रकम तिरेपछि उनलाई जुद्धशमशेरले विक्रम लेख्न छुट दिएको भनाइ छ ।
    अहिले खिमविक्रमका शाखा सन्तान सबैले विक्रम लेख्दै आएका छन् । माहिला छोरा मोहन विक्रमले त्यसैलाई निरन्तरता दिएका छन् । खिम विक्रमका चारवटी श्रीमती थिए । त्यसबेला उनको घरमा काम गर्नेहरू दर्जनौं कामदार राखेका थिए ।‘उनको अघिपछि हिँड्ने सहयोगी निकै बलिया र लडाकु स्वभावका थिए,’ ७५ वर्षीय पूर्णबहादुर जीसी बताउनुहुन्छ । गाउँमा बदमासी गर्ने र उनको भनाइ नमान्ने कोही देखे भने उनी नियन्त्रणमा लिइहाल्थे । ‘घरमा मान्छे थुन्ने छुट्टै कोठा बनाइएको थियो । त्यो कोठा अझै पनि छ ।’ कोठामा थुनी कोर्रा लगाएर मान्छेलाई ठीक पार्ने गरेको पूर्णबहादुरले बताउनुहुन्छ । खिमविक्रमका दुईवटा घरका बीचमा ठूलो आँगन छ । ‘त्यही आँगनमा उतिबेला कचहरी बस्ने गरीन्थ्यो ।
    काङ्ग्रेस परिवारका खिमबिक्रमको त्यो जगजगी सामन्ति सस्कारले गर्दा उनका माइला छोरा हालका मोहन बिक्रम आफ्ना पितासँग बिद्रोह गर्न थाले । गाउँका सोझा साझलाइ अन्यायमा पारेको मोहन बिक्रम सहदैनथे । घरमा रहेको भकारी फोरेर मोहन बिक्रमले गरिबलाई अन्न बाँड्न लगाएको गाउँका बुढापाका बताउँछन । मोहनविक्रम र खगुलालको अगुवाइमा जिल्लामा पहिलोपटक रातामाटामा कम्युनिस्ट पार्टीले श्रमशिविर चलाएको थियो ।
    ‘बुबा सुरुमा सामन्ती सस्कारको भएकाले आफु वुवासँग विद्रोह गरेको मोहन बिक्रम बताउनुहुन्छ  । त्यसै कारण कम्युनिष्ट बनी कम्युनिष्ट दर्शनका किताव पढ्न थाले । घरमा पढ्ने वातावरण नभएपछी घर नजिकैको ओढारमा बसेर मोहन बिक्रम पढ्ने गर्देथे । यहि ओढारमा तत्कालिन अवस्थामा कम्युनिष्टको बैठक समेत बस्ने गर्दथ्यो ।

    Advertisement

    शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation