कामना डेली, रसुवा । नेपाल चिनको सिमास्थल रसुवागढी नाकामा सामान आयात निर्यात हुन सकेको छैन। बिहिबार देखि परेकाे अत्याधिक हिमपातका कारण रसुवागढि नाका हुदै चिनकाे केरूङवाट अायात।निर्यातमा ठप्प भएकाे हो। निरन्तर हिउँ परेकाले विहिवार पाचवटा गाडिमा सामान लाेडभए पनि हिमपातका कारण ती सामानहरु आयात निर्यात हुन नसकेका हुन ।हिउँ पर्ने क्रम नरोकिएपछि दिउँसोवाट नै लाेडकाे काम राेकिएकाे रसुवागढी नाकाका स्थानिय व्यापारी पुरूषाेतम पाैडेलले जानकारी दिनुभयाे।उहाका अनुसार त्यहा अहिले ६० वटा गाडि लाेड हुने तयारिमा छन। हिउँले गाडि चिप्लने भएका कारण रसुवागढि लगाएत ठाेङसा,पाङसिङ,लगाएतका स्थानमा चिनियाँ पक्षले सवारि साघन सन्चालन गर्न दिएका छैनन।अहिले सामााग्री लाेड गर्ने ठाउँ र सडकमा हिउँ परिरहेकाले विहिवार दिउसाे देखिनै कन्टेनर सन्चालनमा अाएका छैनन। विहिवार देखीका माैसममा अाएकाे बदलीका कारण रसुवाकाे लाङटाङ ,गाेसाईकुन्ड,लगाएतका ठाउँहरूमा हिमपात भएकाे छ।
हिमपातले रसुवागढी नाकामा आयात निर्यात ठप्प
हिमपातले रसुवागढी नाकामा आयात निर्यात ठप्प
Advertisement
तपाईको प्रतिक्रिया