• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

१८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

  • ४. पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ५. विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

  • ६. शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

  • ७. धनुषाका ११० परिवारले पाए लालपुर्जा

  • ८. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ९. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • १०. प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

पुँजीवादप्रतिको भ्रम


  •   शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
  • – नरेश राना । सन् १९७० को दशकतिर वर्मामा ‘ने विन’ निरंकुश सैनिक शासकले पनि सामाजवादको गीत खुब गाउँथ्यो । त्यो समयमा सैनिक शासक ‘विन’ लगायत भारोपेली, वर्मेलीहरुलाई लाग्थ्यो, विश्वमा सामाजवाद बाहेक अरु कुनै राजनीतिक शासन प्रणाली नै छैन । यता भारतमा सन् १९७५ तिर छोटेमोटे राजा, रज्यौँटाहरुको अधिकार खोसिएपछि सामाजवाद बाहेक अन्य शासन प्रणालीको बारेमा सुन्नै चहादैन्थें । विचरा त्यो समयको विश्व समाजवादको शासन प्रणाली सन् १९८५ मा अर्थात् ५ वर्षमै अलप भयो । ती ९९ प्रतिशत अलपी साम्यवादीहरुको सन् १९९० दशकसम्म पनि अवशेष भेटिएन ।
    त्यसपछि उनीहरुले कुनै न कुनै राजनीतिक वा सैद्धान्तिक शासन प्रणाली अंगाल्नु पर्ने स्वभाविक थियो । सन् १९९० को दशकतिर उनीहरुले पुँजीवाद अंगाले । पुँजीवाद अंगाल्नुको कारण यस वादको आकार्षक आर्थिक एवं आयकर मौद्रिक नीति थियो । ती दुबै नीतिको आकर्षक्ता देखेर चीनको राष्ट्रिय जनकाँग्रेस, भारतका भारतिय काँग्रेस र नेपालमा नेपाली काँग्रेस समेत उतै लठ्ठिएँ । बिडम्बना, त्यही बहुलठ्याईसँगै नेपाली काँग्रेसले वी.पी. को समाजवादलाई घाटमा आरामले चीरनिद्रामा पुर्याई दियो । विचरा अचेल वी.पी. का रचना पढेर काँग्रेसीहरु उनको सामाजवादलाई पुनर्जीवन दिने ध्याउन्नमा देखिन्छन् । घाटमा सदगद गरिएको उनको समाजवादले के पुनर्जीवन पाउँला त ? हाय, अच्चम ! नेपाली काँग्रेसको सामाजवाद बहुदलीय व्यवस्थासँगै भस्म भएपछि भूँईफुस्सा बोक्रे सामाजवादी जन्मिएँ । उनीहरुको जन्मसँगै काँग्रेसी सामाजवादको भविष्य उतार–चढाव हुन थाल्यो । जसका कारण काँग्रेसमा राजकीय शौखीनता बढ्न थाल्यो र उसले मन्त्रीपदभन्दा माथिको पदवी कदापी पाउन सकेन । उसले सत्ता, शक्ति र सम्पतिको आस्वादनमा वी.पी. को सामाजवाद घाटमै खरानी बनाएको कुरा हामीले बुझेक्रै त हो ।
    त्यसपछि आफूलाई अब्बल कम्युनिष्ट मान्ने तत्कालिन नेकपा एमालेले दक्षिणी मुलुक भारतको कोखबाट जन्म लियो । उसले भारतको कोखमा जन्म लिए पनि राजकाजको भूमी नेपाल नै थियो । किनकि जन्मथलो भारत भएता पनि उनीहरु नेपाली वंशका हुन् । उनीहरुको तत्कालीन अवस्था साम्यवाद भए पनि निकट भविष्यमा सामाजवादमा पुग्ने लक्ष्य नै थियो । त्यसको जग भनेकै एमालेको जनताको बहुदलीय जनवाद ‘जबज’ हो । जबजको सिद्धान्त बोकेर भर्खरका काँचा, अपरिपक्व २६, २७ वर्षका ९५ प्रतिशत लक्का जवान नेताहरु जनतासँगै बस्ने, खाने र उनीहरुको परिश्रम, दुःखसुखमा साथ दिने प्रण थियो । किनकि आफूहरु जनताका शासक नभएर जनताद्धारा शासित हुन चहान्थे तर उनीहरु सर्वहारा थिएनन् । सर्वहारा श्रमिक, मजदुर वर्गका साथीसंगी बन्न चहान्थे । यसो गर्दा पञ्चायतको जब्बर शासन ढल्छ भन्ने उनीहरुको बलियो आत्मविश्वास थियो । यो विश्वास उनीहरुले जनतालाई दिलाएका पनि थिए । उनीहरु त्यहीँ समय जनतासँगै बसेर जनताको मन पनि जिते । त्यही जनताको जनविश्वासले २०४६ सालपछिको परिवर्तन हुनुको श्रेय उनै एमालेका लक्का तन्नेरी नेतालाई नै जान्छ ।
    २०४६ सालको परिवर्तन पश्चात् शासनको रुप फेरिएता पनि खासमा शासकहरुमा कुनै परिवर्तन गरेन । शामान्त, शामान्त नै रहे । श्रमीकको जीवनस्तर श्रमदेखि माथि कदापि उठ्न सकेन । त्यसपछि फेरी नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले लगायतका राजनीतिक दलका टाउकाहरु मिलेर बहुदलीय सामान्तवादको व्यवस्था निर्माण गरे । बहुदलीय सामान्तदवादको जगमा टेकेर उनीहरुले नै बलियो पुँजीवाद बनाउँनुको साटो वि.सं. २०५० सालतिर नेपालका उद्योग, कलकारखाना, नदिनालाहरु कौडिको मोलमा बेचिदिए र राज्यको आर्थिक स्थिति नै धराप पारे । त्यतिमात्रै होइन सामान्तको हातमा राज्यको तालाचाँबी समेत थमाई दिएँ । त्यसैले यी दुई पार्टी नेपाली काँग्रेस र तत्कालिन एमाले पार्टीले नेपालको पुँजीवाद ओरालो लगाउँने प्रमुख नेता र पार्टी यिनै हुन् भन्दा फरक पर्दैन । यी दुई पार्टीले एकले अर्कालाई दोषारोपन गर्नु हुँदैन । इतिहास साँची छ । यी दुबै पार्टी पुँजीभ्रष्ट गर्ने देशका भ्रष्टारी, दलाल नै हुन् ।
    यसकै परिणाम थियो, तत्कालीन नेकपा माओवादीको ‘१० वर्षे सशस्त्र जनयुद्ध ।’ ‘२०६२–०६३ को जनआन्दोलन ।’ जनयुद्धले झण्डैँ १७ हजार मानिसको चिहान बनाए पनि नेपाल र नेपालीकालागि केही हदसम्म विहान ल्याएको हो । हो, जनताका पीडाका घाउहरुमा अझैँ खाटा बसिसकेका छैनन् । शहिद, बेपत्ता खाइतेहरुको अवस्थामा अझैँ सुधार आइसकेको त छैन । तथापि निरंकुश राजतन्त्रको अन्त्य गर्यो । संविधान निर्माण, देशमा संघीय लोकतान्त्रीक गणतन्त्रात्मक शासन प्रणालीको टेको टेकायो । यसको निकट भविष्य के हुने हो ? त्यो आजको प्रसंग होइन तर तत्कालिन नेकपा माओवादीको साम्यवाद शासन प्रणाली पश्चात् सामाजवाद नै हो । तथापि उसले पुँजीवादको घोर विरोध गर्दछ तर नेपाल जस्तो भूपेरिबेष्ठित देशमा आर्थिहुन्छ । त्यो सम्पन्नताले उसको जीवनस्तर माथि उकास्छ । जब श्रमिकको अवस्था माथि उठ्छ । तब राज्यको स्तर स्वतः स्फूर्त ढंगबाट माथि नै हुन्छ ।
    यद्यपि नेपाली जनताले चाहेको पुँजीवाद पुँजीपतिहरु सम्पन्न हुने तर जनता शोषित, पीडित भईरहने भनेको होइन । पुँजीले जन्माएका संसारका धनी व्यक्ति स्टिभ जब्स्, विल गेट्स, चाल्र्स व्याबेजको पुँजीसँग जोडेर भन्न खोजेको पनि होइन । भारतका धनी व्यक्तिहरु धिरुभाइ अम्बानी, मुकेश अम्बानी, नेपालका धनी विनोद चौधरीको हकमा लागु भएको पुँजीवाद पनि होइन । उनीहरु पुँजीवादले पुँजीपति भएका हुन् भन्ने बुझाई गलत हो । उनीहरु आफ्नो सिर्जनशीलता, उद्यम, उधोग र वर्तमान समयमा विज्ञान प्रविधिको प्रयोग गर्ने, गराउँने कला, कौशलताले पुँजीपति बनेका हुन् । साँचो अर्थमा उनीहरु नै पुँजीवाद अंगाल्न चहादैनन् तर सर्वहारावर्गले चाहेको पुँजीवाद आम नेपालीहरु आर्थिक रुपले सम्पन्न हुनु, आर्थिक, सामाजिक, सांस्कृतिक आदिले समान हुनु हो ।
    पुँजीवादप्रति शासक र शासितवर्गको भ्रम के हो भने, ‘शासक मालिक र शासित दास भईरहने हो भन्ने बुझाई छ ।’ खासमा सर्वहारावर्गको हकमा लागु हुने पुँजीवाद भनेको त्यो होइन । शासित वा सर्वहारा, श्रमिकवर्गको हकमा लागु हुने पुँजीवाद भनेको सर्वहारावर्गले उचित ज्याला, श्रमको मुल्य र पारिश्रमिक पाउँनुपर्छ भन्ने हो । जमिन जोत्ने जमिनको मालिक हुनुपर्छ । जसले उद्योग, कलकारखानामा काम गर्छ, त्यो उद्योगको मालिक त्यहीँ कामदार हुनुपर्दछ । यसो हुँदा व्यक्तिले पुँजी उपार्जन गर्छ र सो पुँजीको उपभोग त्यहीँ व्यक्तिले गर्न पाउँछ । जब आफूले उत्पादन गरेको पुँजी आफैले चलनभोग गर्न पाउँछ अनि त्यो व्यक्ति आफैमा सन्तुष्ट हुनेगर्दछ । जसले गर्दा आम जनमानस राज्य र उसको नीतिप्रति असन्तुष्ट एवं आक्रोस पोख्दैनन् । हरेक व्यक्ति सम्पन्न भएमा गाँस, बास र कपासकालागि आपत्ती जनाउँदैनन् । यसो भएमा राज्य र राज्यमा बसोबास गर्ने नागरिक सम्पन्न हुन्छन् तर सर्वहारावर्गसँग जब पुजी न्यून हुन्छ, तब उनीहरु दरिद्र हुन्छन् । सर्वहारावर्ग दरिद्र हुनु भनेको देश दरिद्र हुनु हो । देश समृद्ध हुनकालागि देशबासी सम्पन्न हुनुपर्छ । त्यसकालागि श्रमिकवर्गहरुलाई माथि उकास्न राज्यको नीति र व्यवस्था उतिकै बलियो हुनु आवश्यक छ ।
    तथापि नेपालको शासन प्रणालीको हकमा राणा शासन, शाहवंशीय शासन प्रणाली, पञ्चायत, बहुदल, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, साम्यवाद जस्ता व्यवस्था जनताले भोग्दै आएता पनि उनीहरुको अवस्थामा कुनै फेरबदल आएको छैन । जसले यी व्यवस्था फेरबदल गरे उनीहरुको आवस्था र जीवनशैलीमा फेरबदल आयो । तथापि श्रमिक, मजदुर, ज्यामीहरुको अवस्था आज पनि कहाली लाग्दो नै छ । त्यसैले तत्काल चाहिएको हामीलाई पुँजीवाद हो । सामाजवाद होइन । सामाजवाद भनेको राज्यमा बसोबास गर्ने आम नागरिकहरुले गरेको अर्थोपार्जन वा पुँजी राज्यको कोषमा दाखिला गर्नुपर्छ । उनीहरुको हकमा केही हिस्सा पुँजी र अधिक श्रम हुने गर्दछ । सरकार मालिक जनता कारिन्दा हुन्छन् । किनकि व्यक्तिको स्वामित्वमा रहेका विभिन्न उद्योग, कलकारखाना, व्यापार व्यवसायबाट प्राप्त आर्थिक उपार्जन अनिवार्य सरकारी कोषमा दाखिला गर्नुपर्छ । पश्चिमा मुलुकहरुको सामाजवादले सिकाएको पाठ यहीँ हो । भोलि कदम–कदाचित सामाजवाद लागु भए यो भन्दा फरक शासन प्रणाली हाम्रो देशमा हुने कुनै सम्भावना छैन । त्यसैले यो शासन प्रणालीलाई सरकारी स्वामित्वको शासन व्यवस्था पनि भनिन्छ । वर्तमान सन्दर्भमा नेपालका शासकहरुले चिल्ला, च्याप्लुसी कुरा गरे पनि भोलि हुने यहीँ हो ।
    बरु हामीलाई तत्काल चाहिएको पुँजीवाद हो । जसकालागि बन्द भएका कलकारखाना, उद्योग, औद्योगीकमार्ग, व्यापार व्यवसाय, बजार व्यवस्थापन, कृषकको भूमी व्यवस्थापन गरिनुपर्छ । श्रमिक, मजदुरहरुले उचित ज्याला पाउँनु पर्दछ । नियमित पठनपाठन र अध्ययन, अध्यापन संस्कृतिको विकास हुनुपर्छ । यसकासाथै हाम्रा गाउँ, नगर, प्रदेशहरु आत्मनिर्भर हुनैपर्छ । स्थानीय, प्रदेश तथा संघमा राजनीति गर्नेहरुले राजनीतिलाई कमाउँने पेशा नभएर सेवा ठान्नुपर्छ । वर्तमान कर्मचारी संयन्त्रमा देखा परेको भ्रष्टचारीपन अन्त्य, लथालिङ्ग अवस्थाको व्यवस्थापन गरिनु उचित हुनेछ । तब मात्र पुँजीवाद व्यवस्था लागु हुनेछ । देशको व्यवस्था र जनताको अवस्थामा सुधार आउने छ ।

    Advertisement

    लेखक जाजरकोट निवासी हुन ।
    हालः राजनीतिशास्त्र विभाग त्रि.वि. काठमाडौं ।

    शुक्रबार, माघ ०३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै

    • ४.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न

    • ५.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा

    • ६.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    भर्खरै

    • १.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • २.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    • ३.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    • ५.
      सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    • ६.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

    • ७.
      १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

    • ८.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation