• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ३. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ६. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ७. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ८. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ९. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • १०. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

गौमुखीका बाझां जमिन अलैचीले हराभरा ( हेर्नुहोस भिडियोमा)


  •   बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
  • कामना डेली, प्युठान। जिल्लाको गौमुखी गाउँपालिका– ५ छापे गाउँका रुमानसिंह कँवर एक दशक देखि  अलैंची खेतीमा रमाइरहनुभएको छ ।
    उहाले खाद्यान्न बाली छोडेर व्यावसायिक रूपमा अलैंची खेती गर्नुभएको हो । अहिले उहाँको १० रोपनी क्षेत्रफलमा अलैची नर्सरी, पाखोबारीमा अलैचीका बोट हराभरा छन्। उहाँले अलैचीबाट बर्सेनि राम्रो लाभ लिइरहनुभएको छ। २०६६ सालमा अलैचीका बिरुवा लगाउँदा नाक खुम्चाउने गाउँलेहरु समेत हिजोआज कुँवरले अलैचिबाट आम्दानि लिएको देखेर लोभिएका छन्। कँवरले अलैचिमा राम्रो संभावना देखेपछी ०६९ सालदेखि अलैची खेती व्यवसायिक रुपमा गर्न थालेको बताउनुभयो । ‘शुरुमा १ सय वटा बिरुवा लिएर खेती सुरु गरेको हुँ’ उहाले भन्नुभयो, ‘गतवर्ष करिब ५ लाखजति अलैचीका बिरुवा बिक्री गर्न सफल भए।’ विगत लामो समयदेखि घरेलु उपचार गर्दै वैद्य पेसासँगै जडीबुटी पेशामा लागेको उहाले सुनाउनुभयो । शुरुमा २० रुपैयाँ प्रति बिरुवा खरिद गरी शुरु गरेको अलैची खेती बाझो बारीमा बेस्सरी फस्टाएको छ। अलैची खेती बिस्तारका लागि जिल्ला कृषि विकास कार्यालयबाट शुरुमा नर्सरी बनाउन सहयोग पाएपनि शुरुका वर्ष उहाँलाई उपलब्धि हात परेन। ‘त्यो वर्ष अनुभव मात्रै बंटुले’ कँवरले भन्नुभयो, तर निराश भईन, निरन्तर खेती गरिरहें, अहिल राम्रो भएको छ।’

    Advertisement

    उहाको नर्सरीमा अहिले अलैंचीका करीब ५ लाख बेर्ना छन् । उहाले प्रतिबेर्ना १० रुपैयाँमा विक्री गर्ने जानकारी दिनुभयो ।अलैचीको दानाको मूल्य हरेक वर्ष घटबढ हुने भएपनि कृषक रुमानसिंह कुँवरले शुरुमा २ हजार ५ सय रुपैयाँ प्रतिकिलो अलैची बिक्री गर्नुभएको छ। गौमुखी गाउँपालिकाभर अलैची खेती बिस्तार हुँदा गाउँका किसानहरु पनि हर्षित छ्न ।झाँडी, चिस्यान भएको ठाउँ र खेर गएको पाखोमा उत्पादन हुने भएकाले अलैची खेतीमा यश भेगका कृषकहरु होमिएका हुन। यो खेतीमा बिरुवा र दाना दुबै बिक्री हुने भएकाले उहाँसहित गाउँका अन्य कृषक पनि खेतीमा पल्किएका छन्। यो अलैची खेती एक पटक लगाएपछि १०÷१५ वर्षसम्म लगातार उत्पादन दिने भएकाले पनि मनग्य आम्दानीको स्रोत बन्न सक्ने कृषकहरुको भनाइ छ। बिरुवा रोपेको करिब ३ वर्षपछि यसले उत्पादन दिने हुँदा किसानहरु खुशी छन्। उहाँले व्यवसायिक रुपमा कफी खेती समेत थाल्नुभएको छ । किसानका लागि उन्नत बीउ बिजन कार्यक्रम केयुबिकेमार्पmत प्युठान उद्योग वाणिज्य संघले एक गाउँ एक उत्पादन कार्यक्रमअन्तर्गत आर्थिक सहयोग पाएपछि उहाँको यो खेती झन बिस्तार भएको छ । अलैचीका बिरुवा उत्पादन गर्न संघबाट ३ लाख रुपैयाँसहित प्राविधिक सहयोग समेत उपलब्ध गराएको कृषक कँवरले बताउनुभयो।
    गौमुखी गाउँपालिकाभर उत्पादन हुने अलैचीका दाना ठेकेदार गाउँमै आएर लैजाने गर्छन। यहाँ उत्पादन हुने अलैची दाङ हुँदै नेपालगंज सम्म निर्यात हुन्छ। यो ठाउँमा पकेट बिस्तार हँुदै अहिले ब्लक निर्माणको कामसमेत भइरहेको छ। जसको लागि ५ नं. प्रदेश कार्यालयबाट पनि अलैची खेती बिस्तारका लागि ब्लक निर्माण गर्न सहयोग मिलेको छ।अलैंची खेतीका लागि खुङ क्षेत्रमा राम्रो सम्भावना रहेको र त्यहाँको माटो, हावापानी अलैंची खेतीका लागि सुहाउँदो भएको कृषि बिज्ञहरु बताउछन।

    बिहिबार, पुष २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...