• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

पर्यटकीय क्षेत्र देवीकोटमा नयाँ नयाँ संरचना बन्दै


  •   बुधबार, पुष २३, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ। दाङको राप्ती गाउँपालिका ९ देवीकोटस्थीत धार्मिक तथा पर्यटकीय क्षेत्र भद्राक्षीदेवी मन्दिर परिसरमा पर्यटक लोभ्याउने भौतिक संरचना निमार्ण भएका छन् । भने कतिपय निमार्ण प्रक्रियामा रहेका छन् ।

    Advertisement

    लमही भालुवाङ सडक खण्डको मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा देबीकोट पुगिन्छ । देवीकोट सत्यदेवीको वायाँ घुडो पतन भएको स्थानले परिचित छ । भद्राक्षी देवी मन्दिरमा पूजा आरधना र प्राकृतीक रमणीय दृष्यावलोकन गर्न आजभोली धेरै मानिसहरु पुग्ने गर्दछन् । देवीकोटमा बोलेरो जस्ता साना सवारी साधन र मोटरसाईकल,ट्याक्टर चल्न थालेका छन् । देवीकोटमा सौर्य खानेपानी आयोजना सञ्चालन गरिएको छ । प्राथमिक विद्यालय धापखोला सहित घोडेवास, छाउनी टोल, भद्रासी देवी मन्दिर, माझटोल, लेवासे गाउँमा खानेपानीको सुबिधा भएको छ । विद्युतको पोल र तार देवीकोट सम्म तानिसकेको छ । तर भित्री गाउँ सम्म विद्युत पु¥याउन भने बाँकी छ । अहिले सो स्थानमा राप्ती गाउँपालिका ८ बिजौरी निवासी स्व. मातापिताको संझानामा गिरबहादुर ज्ञवालीले शिव मन्दिर निमार्ण गरिदिएका छन् , त्यस्तै राप्ती गाउँपालिका ४ मौरीघाट निवासी स्व.प्रेमबहादुर जिसी र खिमादेवी जिसीको संझनामा छोराहरु कृष्णबहादुर जिसी,चन्द्रबहादुर जिसी र डम्बरबहादुर जिसीले ७ लाख २५ हजारको लगानीमा प्रेम धर्मशाला निमार्ण गरेका छन् । भने जिल्ला समन्वय समिति दाङको करिव २ लाखको लागतमा एउटा सार्वजनिक शौचालय निमार्ण भएको छ । ३ विगाह ६ कठ्ठा क्षेत्रफलमा तारबार गरिएको छ । त्यस्तै विवाह मण्डप, गणेश मन्दिर,हनुमान मन्दिर निमार्णाधिन अवस्थामा रहेको छ । देवीकोट दाङ जिल्लाको चुरे श्रृखलाको ऐतिहासिक स्थल हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेबास भन्ने गाउँ छ यस घोरेबासमा भुरेटाकुरे राजाहरुको समयमा अड्डा अदालत, र गोश्वारा कार्यालय समेत रहेको भनाई छ । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । जुन समयमा सेनाको छाउनी रहेकाले अहिले बोल्ने क्रममा छाउनीबाट छाउनटोला नामकरण भएको हो भन्ने तर्क पनि गरिन्छ । यी कुराहरुको ऐतिहासिक तथ्य केहि नभएपनि केहि भवनका भग्नावशेषहरु भने अध्ययनको लागी देख्न सकिन्छ । देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमश्रृंखला, महाभारत श्रृखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सिमा क्षेत्रको भू–भाग समेत हेर्न सकिन्छ । यस ठाउँको प्रचार प्रसार हुन नसक्दा पर्यटन वर्ष २०२० समेत खल्लो हुने देखिन्छ ।
    राप्ती गाउपालिका भित्र ऐतिहासिक, धार्मीक र साँस्कृतीक धरोहरहरु धेरै छन् । कतिपय प्राकृतीक सम्पदाको अध्ययन गर्न नै बाँकी रहेको छ । राप्ती गाउँपालिका भित्रका ग्रामीण पर्यटन स्थलमा ल्याउन आवश्यक भौतिक पुर्वाधार तयार हुन जरुरी छ । पर्यटकिय स्थलमा पुग्नको लागि सडक,खानेपानी,स्वास्थ्य र सुरक्षाको उचित प्रवन्ध हुनु पर्दछ । ग्रामीण पर्यटकहरुलाई खाने वस्ने सुविधा जनक होटल अथवा अहिले प्रचलनमा आएको होमस्टे पनि जरुरी रहेको स्थानीयहरुको भनाई छ ।

    बुधबार, पुष २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation