राम बहादुर बिश्वकर्मा ,प्युठान। नेपाल भ्रमण वर्ष २०२० शुरू हुनै लाग्दा समेत प्युठानमा यसको प्रभाव देखिएको छैन । जिल्लामा पर्यटनको ठूलो सम्भावना भए तापनि स्थानीय तहहरूले भ्रमण वर्ष लक्षित कार्यक्रम सञ्चालन गरेका छैनन् ।
भ्रमण बर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । जिल्लामा पर्यटनसँग सम्बन्धित गतिविधि ठप्प छन् । कतै तयारीको छनक छैन। प्युठानमा पर्यटन सरोकार समिति नै बनेको छैन भने पूर्वतयारीको काम समेत हुन सकेको छैन । स्थानीय तहले समेत भ्रमण वर्ष लक्षित कार्यक्रम सुरु गरेका छैनन् ।जसका कारण लक्ष्य हासिल गर्नेमा शंका देखिएको छ । यहाँस्थित होटल व्यवसायी, उद्योगी ब्यापारि, स्थानीय तह, पत्रकार लगायतसंग प्रचुरमात्रा छलफल बहस हुन सकेकोछैन । जिल्लामा कति स्थानको कुन कुन क्षेत्रलाई पर्यटक स्थल भन्ने र नयाँ खोजी समेत भएकोछैन । तयारी गर्ने समय घर्किसक्दा पनि पर्यटन समिती समेत नबन्दा पर्यटक आकर्षण गर्ने र त्यसलाई प्रवर्द्धन गर्ने गरी अन्य कार्यक्रम हुन नसकेका हुन् । पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसारमा पनि सरकारको ध्यान पुगेको छैन । भएका पर्यटक स्थलहरुमा प्रयाप्तमात्रामा भौतिक संरचना निर्माण, मर्मत समेत हुन सकेकोछैन । यहाँ भ्रमण वर्ष सफल बनाउन सरोकारवालाको समेत चासो देखिएको छैन । नीजि क्षेत्र पनि बेखबर जस्तै छ । बीस लाख पर्यटक भित्राउने लक्षय हासिल गर्न जुन रफ्तारमा जिल्लास्तरबाट लाग्नुपर्ने हो, त्यसमा ढिला भइरहेको सरोकारवालाहरूले बताएका छन्।भ्रमण वर्षलाई सार्थक तुल्याउन बृहत् गृहकार्यसहितको योजना आवश्यक भएपनि जिल्लामा अहिलेसम्म कुनै तयारी हुन नसकेको प्युठान उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । ‘ भ्रमण वर्षको प्रचार प्रसार हुन समेत सकेको छैन,’ उनले भने, ‘यसलाई सार्थक बनाउन बृहत् योजना आवश्यक छ, तर अहिलेसम्म कुनै तयारी छैन ।’ भम्रण बर्षको तयारीमा ढिलाई भएको बताउदै न्यौपाने भने, ‘ न पर्यटक लोभ्याउने ठोस काम हुन सकेका छन पर्यटकलाई जाउँ जाउ घुमौ घुमौ लाग्ने खालका गतिबिधी नै ‘
होटल व्यावसायि सघ प्युठानका अध्यक्ष गंज बहादुर थापाले पनि अहिलेसम्म सम्म जिल्लामा भम्रण बर्ष केन्द्रीत तयारी नभएको बताए।
भ्रमण वर्ष सफल बनाउन होटल ब्याबसायी संग प्रतिबद्द रहेको बताउँदै उनले पर्यटनलाई कला संस्कृति र उत्पादनसँग जोड्ने गरि योजना अघि सार्न सुझाब दिए। सरकारले एक दय वटा गन्तव्य सूचिकृत गर्दा प्युठानको धार्मिकस्थल स्वर्गद्धारी सहित झिमरुक गाउपालिकाको ढाँड स्थित रक गार्डेनलाई छानिएको छ । यहाँ स्थानिय र प्रदेश सरकारको संयुक्त लगानीमा भौतिक पुर्वाधार निर्माणको काम भईरहेको बताईन्छ। गौमुखी,ऐरावती सहितका अन्य महत्वपुर्ण पर्यटकिय गन्तवयहरु प्रचार प्रसारको अभावमा ओझेलमा छन। स्वर्गद्धारी सहितको गन्तव्यलाई एकीकृत गर्दै पर्यटकीय स्थलको प्रवद्र्धन र पूर्वाधार बिकास गर्न नसकिए पर्यटक भित्र्याउन सम्भव नहुने सरोकारवालाहरुको मत छ।
उता जिल्ला समन्वय प्रमुख केशव राज आचार्यले पर्यटन वर्षलाई लक्षित गरेर जिल्लामा विशेष तयारी गरिने बताए। ‘पर्यटन वर्ष भव्य मनाउने तयारी छ, त्यसको लागि आन्तरिक तयारीमा जुटेका छौ,’ आचार्यले भने, ‘अब छिट्टै समिती बन्ने तयारीमा छ ।’ सरोकारवालाहरुसंग आवास्यक छलफल गर्छौं।’ अब पर्यटन गन्तव्य पहिचान गरेर योजनाबद्द् रुपमा तयारी गर्छौ ।’ जिल्लाका नौ वटै स्थानीय तहलाई भम्रण बर्ष विशेष गतिबिधी अघि बढाउन निर्देशन दिएको उनले सुनाए।