• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

मानव सेवा गर्न सोच परिवर्तन गर्न आवश्यक छ : सांसद गंगा चौधरी


  •   आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता, सिसहनियाँ ।प्रतिनीधि सभा सदस्य गंगा थारुले मानव सेवा गर्न सोच परिवर्तन हुन आवश्यक रहेको बताएकी छिन् ।
    स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) को प्रथम अधिवेशन तथा तेस्रो साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् प्रमुख अतिथि समेत रहेकी प्रतिनीधि सभा सदस्य चौधरीले संस्थाको भवन निमार्ण तथा मानव पुर्नस्थापनाका लागि आफुले पनि मन्त्रालयमा कुरा राख्ने र सक्दो सहयोग गर्ने बताएकी छिन् । जनताको मतले आफु विजय भएको भन्दै यहाँहरुले राखेका समस्यालाई सम्बोधन गर्ने पनि बताएकी छिन् । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले पनि संस्थाको हरेका क्रियाकलापमा गाउँपालिकाको सहयोग रहने बताएका छन् । संस्थाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् प्रतिनीधि सभा सदस्य गंगा चौधरीको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सवेदीको विशिष्ट आतिथ्यतामा भएको सभामा देउखुरी बहुमुखी क्याम्पस लमहीका प्रमुख शेरबहादुर गिरी, पुर्व प्रमुख तथा प्रध्यापक सुधिर अधिकारी,प्रहरी चौकी सिसहनियाँका प्रमुख गोपाल कुमार मल्ल, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारी, निवर्तमान अध्यक्ष पुर्णबहादुर बुढाथोकी, महासचिव ईश्वरी प्रसाद अधिकारी, पत्रकार ओमप्रकाश गुप्ता,शिक्षक कृष्णबहादुर कार्की,प्रगतीनगर खानेपानीका कोषाध्यक्ष अर्जुन अधिकारी,शंकर सामुदायिक वन पिपरीका अध्यक्ष तुलाध्वज मल्ल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थामा महत्वपुर्ण योगदान पु¥याउने आजिवन सदस्यहरु सुधिर अधिकारी र शालिकराम आचार्यलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाश विष्टले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै यहि मंसिर ३० गते देखि राप्ती गाउँपालिका ८ पिपरीमा सवैका लागि खाना,नाना र छाना, हाम्रो चाहाना भन्ने महाअभियानका साथ सडक मानव पुर्नस्थापना केन्द्र सञ्चालनमा ल्याउने,सिकलसेल एनिमिया सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने र बृहत योजना बनाई अगाडी बड्ने,राप्ती गाउँपालिकाको वडा नम्बर ५ र ९ का ग्रमीण बस्तीका विपन्न परिवारका गर्भवती महिलाहरुलाई सुत्केरी हुन सिसहनियाँ स्वास्थ्य चौकी सम्म पु¥याउन निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने,वृद्धवृद्धाहरुका लागि घरघरमा स्वास्थ्य स्याहार कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य र शिक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने,आर्थिक अभावमा स्वास्थ्य सेवाको पहुुँचबाट बञ्चित विपन्न परिवारका बालबालिका तथा वृद्धवृद्धाहरुलाई निशुल्क स्वास्थ्य सेवा पु¥याउन विपन्न अक्षयकोष स्थापना गर्ने भावी योजना रहेको बताएका छन् । संस्थाका स्वास्थ्य कार्यक्रम संयोजक शालिकराम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव गरिवु चौधरीले गरेका थिए ।
    हिको संस्थाको अध्यक्षमा पुन विष्ट
    स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य सेवा (हिको) को प्रथम अधिवेशनले पुन प्रकाश विष्ट अध्यक्ष पदमा चयन भएका छन् । नव गठित संस्थाको उपाध्यक्षमा गरिवु चौधरी, सचिवमा देवप्रसाद चौधरी, कोषाध्यक्षमा श्रीधर अधिकारी र सदस्यहरुमा दिनेश पोख्रेल,छवीलाल कंडेल,कुमार अधिकारी रहेका छन् । त्यसै गरी अधिवेशनले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ जस अनुसार रमेश गौतमको संयोजकत्वामा ४ सदस्यीय एम्बुलेन्स सञ्चालन उपसमिति रहेको छ जसका सदस्यहरुमा कुमार अधिकारी,मदन पोख्रेल र सन्तोष सारु,रहेका छन् , त्यसै गरी मञ्जु कार्कीको संयोजकत्वमा ३ सदस्यीय लेखा उपसमिति गठन गरेको छ जसका सदस्यहरुमा रामनारायण चौधरी र सिता चौधरी रहेका छन् ।
    त्यस्तै ईश्वरीप्रसाद अधिकारीको संयोजकत्वमा सामाजिक परिचालन उपसमिति चयन गरेको छ । जसका सदस्यहरुमा रेकम शर्मा,गिरबहादुर ज्ञवाली र अशोक गुप्ता रहेका छन् ।रामबहादुर केसी,शेरबहादुर गिरी,प्रकाश शाही,कृष्णबहादुर कार्की,लुमबहादुर गुरुङ,शान्तराज भण्डारी,पुर्णबहादुर बुढाथोकी र पुर्व स्वास्थ्यकर्मी दिपेन्द्र न्यौपानेलाई सल्लाहाकारमा चयन गरेको छ । भने संस्थाको प्रेस संयोजकमा पत्रकार ओमप्रकाश गुप्ता र कार्यक्रम संयोजकमा संस्थाका आजिवन सदस्य शालिकराम आचार्यलाई जिम्मेवारी दिएको छ ।

    Advertisement

    आइतबार, मङि्सर २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation