• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

‘नौमुरे’ मा कामै भएन, कहाँ अड्किँयो डीपीआर ?


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • प्यूठान ।  ३१ वर्षदेखि चर्चामा रहेको जलाशययुक्त बहुउद्देश्यीय ‘नौमुरे’ जलविद्युत् परियोजना निर्माण काम थालनी नहुँदा स्थानीय चिन्तित छन् । २ सय ४५ मेगावाट क्षमताको उक्त परियोजना दुई वर्षअघि प्रारम्भिक प्रतिवेदन बनेको थियो । यसपछि स्थानीयले निर्माणमा आशा गरेका थिए । तर, अझै विस्तृत प्रतिवेदन तयार हुन सकेको छैन । कान्तिपुर दैनिकले समाचार लेखेको छ।‘परियोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बनाउन नेपाल सरकार ऊर्जा मन्त्रालयले २० करोड रुपैयाँ विनियोजन गरेको थियो,’ पूर्वसांसद तथा स्थानीय धनबहादुर रायमाझीले भने, ‘धेरै मेहनत गरेर डीपीआरका लागि बजेट त पारियो तर काम रफ्तारमा भएको छैन ।’घुमाइफिराई भारतको चाहन नौमुरेको काम अगाडि बढ्न अवरोध गर्ने भएकाले अवरोध भएको रायमाझी बताउँछन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमणमा उपहारस्वरूप नौमुरे बनाउने आश्वासन दिएको थियो । अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन थालेकाले नेपालले नौमुरेबारे प्रश्न उठाउनुपर्ने रायमाझीले बताए ।विद्युत् विकास विभागमा नौमुरे बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक प्रतिवेदन पेस भइसकेको विभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्यले जानकारी दिए । उनका अनुसार विभागले प्रारम्भिक प्रतिवेदनको अध्ययन गरी डीपीआर गराउन इटालियन र नेपाली कन्स्ट्रक्सनमार्फत काम गरिरहेको छ ।विविध कारणले ढिलाइ भइरहेको डीपीआर गर्न जिम्मा लिएको टोलीले बताएको आचार्यले जनाए । डीपीआर तयार गर्ने दुई वर्षको म्याद दिएकोमा एक वर्ष थप गर्नुपर्ने अवस्था आएको उनले बताए । परियोजना कार्यान्वयनका लागि धेरै काम बाँकी भएकाले आउँदो असारभित्र सामान्य लेआउट आउने उनी बताउँँछन् । ‘परियोजना कार्यान्यनका लागि सबैभन्दा पहिले डीपीआर बन्नुपर्छ,’ उनले भने, ‘यसले परियोजना फिजिबल छ/छैन हेरिन्छ ।’ विस्तृत प्रतिवेदनमा विद्युत् उत्पादन क्षमता, खानेपानी, सिँचाइ, बाढी नियन्त्रण, प्रभावित क्षेत्रका बासिन्दालाई पर्ने असर, बिजुलीको समग्र प्रतिफललगायत कुरा हेरिने उनले बताए ।‘प्रारम्भिक प्रतिवेदनअनुसार यो आयोजना निकै सस्तो र बहुउपयोगी हो,’ आचार्यले भने, ‘१ सय ८० मिटर उचाइको बाँध बाँधेर विद्युत् निकाल्ने लक्ष्य छ ।’ विस्तृत प्रतिवेदन निर्माण भएपछि निर्माणको सबै कुरा जानकारी हुने आचार्यले बताए । सिँचाइसँग जोडेर अध्ययन गर्न लागिएकाले आयोजना धेरै सस्तो पर्न जाने देखिएको बताए ।प्यूठानको हंसपुरको जाबुने र अर्घाखाँचीको जलुकेमा पर्ने उक्त परियोजनाले माडी क्षेत्रमा प्यूठानको चकचकेसम्मको क्षेत्र र झिमरुक क्षेत्रमा बरौला पुलसम्म जलाशययुक्त बनाउने आचार्यको भनाइ छ । उनका अनुसार वर्षात्मा जम्मा भएको पानी आयोजनाको तल्लो क्षेत्रमा अहिलेकै मात्रामा छाडिनेछ ।परियोजनाबाट छिमेकी जिल्ला कपिलवस्तुको ४० हजार हेक्टर सुख्खा जमिन र प्यूठानको बांगेसाल क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । आयोजना तल्लो क्षेत्र दाङ र बाँके क्षेत्रमा हुने सिँचाइलाई समेत असर नपर्ने गरी दाङ र प्यूठानको सिमाना बगासोतीमा अर्को बाँध निर्माण गरेर पानी जम्मा गर्नेसमेतको अध्यन हुन थालेको आचार्यले बताए ।स्थानीयका अनुसार २०४४ सालदेखि ०४६ सम्म प्राविधिक टोलीले हेलिकप्टरबाट नौमुरे आई परियोजनाको प्रारम्भिक सर्वे गरेको थियो । तीन दशक बितिसक्दासम्म आयोजनाको निर्माण अझै सुरु नभएको स्थानीय हेमबहादुर पल्लीमगरले बताए । ‘आयोजना बन्ला भन्ने ठूलो आशा थियो,’ बांगेशाल १ झिलिबाङका पल्लीले भने, ‘अब त आशै मरिसक्यो ।’ उनले वर्षौंदेखि सुनसान आयोजनाको दुई वर्षअघि चहलपहल सुरु भएको थियो । फेरि हिजोआज सुनसान भएको बताए । उनले धेरै वर्षदेखि निर्माण गर्ने भन्ने कुरा मात्र गर्ने काम सुरु नगर्दा स्थानीयले निर्माणको आशा मारेको बताए ।

    Advertisement

    कहाँ पर्छ नौमुरे ?
    प्यूठानबाट बग्ने झिंमरुक र रोल्पा हँुदै प्यूठान भएर बग्ने माडी खोलाको संगमस्थल ऐरावतीबाट दुई किलोमिटर तल नौमुरे परियोजना स्थल पर्छ । दुवैतर्फ कडा चटटान र साँघुरो गल्छी भएकाले बाँध बाँध्न उपयुक्त रहेको अध्ययन टोलीले बताएको थियो । बाँध निर्माणले माडी क्षेत्रबाट प्यूठानको माण्डवी गाउँपालिका जस्पुरपुलसम्मै पानी जम्मा हुन्छ । झिमरुक क्षेत्रको ऐरावती गाउँपालिकाको बरौलासम्म पानी आउँछ ।सन् २००७ मा परियोजनाबाट विद्युत् उत्पादन गर्नका लागि ३२ करोड अमेरिकी डलर लागत अनुमान गरिएको थियो । बहुउद्देश्यीय निर्माण गर्दा लाग्ने लागत अध्ययनमै रहेको ऊर्जा मन्त्रालयले जनाएको छ । सुख्खायाममा समेत २ सय ४५ मेगावाट विद्युत् निकाल्न्न सकिने टोलीले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।प्यूठान–भालुबाङ खण्डअन्तर्गत पर्ने बांगेसाल दरभानबाट परियोजनास्थलमा पुग्न सकिन्छ । परियोजनालाई लक्षित गरी सडक डिभिजन कार्यालय प्यूठानले बांगेसालदेखि आयोजना निर्माणस्थल नजिकमा पर्ने सरुमारानी गाउँपालिकाको हंसपुरस्थित जाबुनेसम्म सडक निर्माणको काम अघि बढाएको छ ।

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation