• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ७. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • १०. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

ढल्दै छ अंग्रेज रोक्ने शिवगढी किल्ला


  •   बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
  • कामना डेली, कपिलवस्तु। कपिलबस्तु र दाङ जिल्लाको पूर्वी सिमानामा रहेको शिवगढी हिजोआज पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएको छ । धार्मिक एवं साँस्कृतिक स्थल शिवगढी अध्ययन अनुसन्धानदेखि मनोरञ्जनको समेत राम्रो संभावना बोकेको क्षेत्र भएकाले पनि धेरै ग्रामीण पर्यटकहरु यहाँ पुग्ने गरेका छन । अंग्रेज फौजवाट नेपाल जोगाउनको लागि नेपाली फौजले गरेका क्रियाकलाप ऐतिहासिक रहेको र त्यो नयाँ पुस्ताको लागि समेत अध्यनको स्रोत बन्न सक्ने यहाँ पुगेर फर्कनेहरु बताउछन ।

    Advertisement

    भत्कदै किल्ला, मेटिदै अबशेष

    वुटवल क्षेत्रवाट अग्रेज फौज पश्चिम नेपाल तर्फ अंघि वढेपछि रक्षार्थ शिवगढीलाई किल्लाको रुपमा प्रयोग गरिएको थियो । नेपाल अँग्रेज युद्धको बेला स्थापना गरिएको यो गढीमा शिवराज नामका राजाले राज्य गरेको किवंदन्ती पनि छ । नेपाल अँग्रेज युद्धको समयमा अँग्रेजले शिवराज राज्य दखल गर्न खोजेको थियो । त्यो समयमा शिबगढीमा किल्ला खडा गरी मातृभूमिको रक्षा गरेको देखिन्छ । शिवगढी मन्दिर परिसरमा ऐतिहासिक ढुंगाको पर्खाल छ ।अंग्रेजसँग लड्नका लागि ढुङ्गा थुपारेको हुनसक्ने बताइन्छ । ढुंगाको पर्खालको प्वालले लडन आउने अ्रग्रेजहरुलाई धनुकाँड र गुलेलीले हान्न बनाइएको पनि भनाइ छ । यसका साथै राजाले पूजा गर्ने ठाउँ, पानी पँधेरो, गर्ने स्थानले शिवगढी पुग्नेहरुको लागी अध्यनको बिषय बन्छ । अग्रेजसंगको युद्धमा नेपालीहरुले विभिन्न स्थानमा किल्लाहरु बनाई अंग्रेजहरुलाई प्रवेशमा रोकेका थिए । त्यो प्रमाण भनेकै एउटा शिवगढीलाई लिन सकिन्छ। शिवगढीले हाम्रो पहिचान आज सम्म बचाएको छ । शत्रुहरुलाई परास्त गर्न बनाएको स्थान जसलाई युद्धको भाषामा किल्ला अथवा गढी भनिन्छ । त्यो नै शिवगढी हो । त्यहाँ अहिले एउटा अवजरवेशन (देखभाल) पोष्ट र एउटा सुटिङ्ग (फाएर गर्ने) पोइण्ट रहेको छ । अहिले पनि शिवगढी पुग्नेले ती सुटिङ्ग पोइण्ट र तीन वटा अवजरवेशन पोष्ट भएको स्थान देख्न सक्दछन । शिवगढीमा त्यसबेला युद्धको मोर्चामा खटिएका सैनिक जवानलाई वन्दोबस्तीको लागी निर्माण गरिएको घरको अवशेष पुराना टायल र ईटाका टुक्राहरु देखिन्छ । ढुङ्गाबाट बनाइएको बन्चरो पनि भेटिएको छ । युद्धका लागी निर्माण गरिएका गढी, किल्ला र कोटहरु संरक्षण विहीन भएका छन् । तर “गढी किल्ला” ऐतिहासिक छ । शिवगढीमा एउटा यस्तो स्तम्भ पनि छ जो माटोले पुरिएको छ । शिवगढी परिसरमा रहेको ढुङगाको पर्खाल पुरिदै जान थालेका छन । गढीसँगै इतिहास माटोमा मिल्दै छ । यसको थप अनुसन्धान गर्न आवश्यक देखिन्छ । सरकारले संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने शिवगढी अवशेषमा सीमित हुन थालेका छन् ।

    बन्न सक्छ अध्यन थलो

    शिवगढीको यात्रामा तरेली परेका चुरे श्रृखलाका डाडा चराचुरुंगीको चिरविर आवाजमा रम्दै यात्रा गर्नुको मज्जै बेग्लै हुन्छ । यात्रामा जंगलमा विभिन्न अनौठा किरा फट्यांग्राहरु, चरा लगायतको अवलोकन समेत गर्न पाइन्छ । उचित पूर्वाधारको विकास हुने हो भने शिवगढी पर्यटनको गन्तब्य बन्न सक्छ । प्राकृतीक रमणिय वातावरण संग रम्न सक्ने जो कोहिलाई पनि शिवगढीको यात्रा रमणिय हुन्छ । अध्यन अनुसंन्धान गर्ने ग्रामीण पर्यटकहरुका लागी झनै उपलब्धि मुलक हुनेछ । पहाडको चुचुरोमा पुगेर हेर्दा शिवगढीले पहाडलाई बोकेर तराईको मैदानी भागलाई काखमा राखेर बसेको छ भन्ने भान हुन्छ । इतिहासमा रुचि राख्ने ग्रामीण पर्यटकहरुका लागी शिवगढीले धेरै अध्यन गराउछ । शिवगढीमा देखिने पुरातात्विक महत्वका बस्तुले अध्यनको बिषय बनाउछ । शिवगढी टाकुरामा रहेको हुंदा त्यहाँवाट टाढा टाढा सम्म देख्न सकिन्छ । शिवगढीलाई शक्तिपिठको रुपमा पनि मान्ने गरिन्छ । शिवगढीमा सतिदेवीको जिव्रो पतन भएको जनविस्वास छ । शिवगढीको चुरे श्रृखलाको पहाड प्राचिन सभ्यताको धरोहर भूमिको चिनिन्छ । शिवगढीमा प्रत्येक शिवरात्रीमा ठूलो भेला लाग्छ ।मन्दिरको केही तलतिर १४ वर्षसम्म भगवान शिवको तपस्यामा बसेका बाबाहरूको कुटीसमेत छ। जसलाई मौनी बाबा भनेर पनि चिनिन्छ।

    कसरी पुग्ने?

    शिवगढी दाङ र कपिलवस्तु जिल्लाको सिमाना राजमार्ग धानखोलाबाट मात्र ७ कि.मीको दुरी पर्दछ ।  धानखोलाको दक्षिण पश्चिम पछिको चुरे पहाडको चुचुरोमा शिव गढी मन्दिर अवस्थित रहेको छ। शिवगढी जानको लागी धानखोलाबाट १३ सय मिटर तेर्पिलो घोरेटो बाटोको यात्रा पछि उकालो यात्राको सुरुवात हुन्छ । नागवेली आकारको बाटो जति माथी चडाई चढदै गयो उतिनै शितलको अनुभुती गर्दै करिव तीन घण्टाको यात्रामा शिवगढीको चुचुरोमा पुग्न सकिन्छ । शिवगढी मन्दिरको केहि तलतिर चौध वर्ष शिवको तपस्यामा वसेको कुटि रहेको छ । जसलाई मौनि कुटि बाबा भनेर चिन्ने गरिन्छ । शिवगढी सामुद्रिक सतहवाट १ हजार ४९१ मिटर उचाईमा पर्दछ । शिवगढीबाट देखिने देउखुरी उपत्यकाको दृश्य र बिहान सूर्याेदयले चम्काएको प्राकृतिक डाडाकाडाको मुस्कान देख्दा मोहित नहुने सायद कमै होलान । वरिपरि देखिने चुरे श्रृखलाको अवलोकन र स्वच्छ पर्यावरणमा रम्नकालागि शिवगढी रमणिय स्थल मानिन्छ ।

    बुधबार, मङि्सर २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन

    भर्खरै

    • १.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • २.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • ६.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ७.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ८.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation