• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ८. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

यी हुन सांसद मेटमणीको पहलमा भएका बिकासे काम


  •   सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । चुनाब भएको ठिक २ बर्ष पुगेको छ । २०७४ मंसीर २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनाबमा दाङ क्षत्र नम्बर १ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मेटमणी चौधरीले जिते । उनले तत्कालिन नेपाली काँग्रेसका शुसिला चौधरीलाई हराउँदै प्रतिनिधीसभा सदस्यमा चुनिए। बिजयी पश्चात् माननीय भनेर चिनिएका चौधरीले २ बर्षसम्म अाफ्नो पहलमा सम्पन्न भएका योजनाहरु सार्बजनिक गरेका छन् । गत  शनिबारका दिन लमहीमा पत्रकार सम्मेलन गरि साँसद चौधरीले दुई बर्षमा भए गरेका काम र आगामी योजनाका बारेमा जानकारी गराएका हुन् । सँघिय साँसद चौधरीको पहलमा शिक्षा क्षत्रलाई लक्षित गरि दाङ क्षत्र नम्बर १ का प्राय बिद्यालयहरुमा भवन निर्माण भएका छन् ।  तराई मधेस समृद्दि कार्यक्रम अन्तर्गत बजेट बिनियोजित गरि अाफ्नो क्षत्रलाई समृद्दि बनाउने साँसद चौधरीको भनाई छ । आर्थिक  बर्ष २०७५/७६ र चालू बर्ष २०७६/७७ मा गरि आफ्नै पहलमा ठुला योजनाका लागि मात्रै करिब ८ करोड रुपैया बजेट बिनियोजन भईसकेको चौधरीको दावी छ । जसमध्य गत अार्थिक बर्षका योजनाहरु प्राय सम्पन्न भईसकेको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको थियो । उनका अनुसार चालू अार्थिक बर्षका बजेटहरु पनि बिनियोजित भई योजनाहरु शुरु हुने तरखरमा छन् । २ बर्षको अबधीमा साँसद चौधरीको पहलमा बिनियोजित बजेट मध्य सबैभन्दा धेरै जनता उच्च माध्यमिक बिद्यालय गढवामा भौतिक निर्माणका लागि ७० लाख रुपैया बिनियोजित भएको छ । त्यस्तै ५० लाख रुपैयाका भौतिक निर्माणका योजना मध्य नेपाल नेत्रज्योती सँघ, गढवा बहुमुखी क्याम्पस, देउखुरी बहुमुखी क्याम्पस, प्रगन्ना कुलो सिचाई अायोजना पिपरी, माबि सिक्टा राजपुर, त्रिशक्ती प्राबि कप्तानगञ्ज, थारु साँस्कृतिक सँग्राहलय बगरापुर लगायतका क्षत्रमा बजेट बिनियोजित भएका छन् । त्यस्तै काउले देखि ठाँटी गाउँ सम्म बाटोको नया ट्रेक सँगै स्तर बृद्दीको लागीपनि ५० लाख बिनियोजन भएको छ । त्यस्तै राजपुर स्थित जनज्योती माबि, माबि दुलैया र माबि गँगदीमा समान १ करोड २० लाख बजेट बिनियोजित भएको छ । जुन योजनाहरु चालू अबस्थामा छन् । त्यस्तै देउखुरी बहुमुखी क्याम्पसको स्तरबृद्दी गरि ब्यबस्थापन तर्फ स्नातकोत्तर र बिज्ञानतर्फ स्नातक सम्मको अध्यापन गराउने पनि यही बर्षमा पूरा हुने भएको छ ।

    Advertisement

    बिद्युत

    त्यस्तै राष्ट्रपति चुरे सँरक्षण अन्तर्गत राजपुरका सबै नाका क्षत्रमा २ करोड रुपैया बिनियोजित गरिएको सो अबसरमा जानकारी गराईएको थियो । जसमध्य दाङ्ग क्षत्र नम्बर १ लाई पुरै बिजुली बिस्तार गरि उज्यालो बनाउने योजना अघि सारिएको छ । चालू अार्थिक बर्ष भित्रै राप्ती गाउँपालिका, गढवा र राजपुरका दुर्गम बस्तिलाई पनि उज्यालो बनाउने लक्षय लिएको चौधरीले बताए ।
    बाटो

     साँसद  चौधरीले यहि अार्थिक बर्षमा सम्पन्न हुने गरि बाटो निर्माणको योजना पनि अघि सारेका छन् ।घोराहीको काउले देखि ठाँटीगाउँ हुँदै चाक्लिघाट, सित्लापुर सम्मको बाटो बिस्तार हुने भएको छ । त्यस्तै सित्लापुर देखि लमही नगरको सुन्डबरी जोड्ने बाटो पनि यही बर्ष पूरा हुने भएको छ । त्यस्तै राप्ती गाउँपालिकाको शान्तिपुर हुँदै देबिकोट, सित्लापुर सम्मको ट्रेक खोली सुन्डबरी जोड्ने लक्ष छ ।

    सञ्चार

    राजपुर गाउँपालिकाको ३ स्थानमा नेपाल टेलिकमको टावर खडा गरि त्यहाँका स्थानियलाई सञ्चारको पहुँच भित्र राख्ने योजना रहेको साँसद चौधरीले बताए । जुन योजनापनि चालू अार्थिक बर्षसम्ममा पुर हुने भएको छ । खाँग्रा नाकाको माथी गुरुले भिड, पटौली नाकाको गरुले भिर र स्याउले डाँडामा गरि ३ स्थानमा टावर राखिने योजना बनेको छ ।

    पुल

    २०७३ सालदेखी निर्माणाधिन अबस्थामा रहेका राप्ती नदिका पुल हरु यसै सम्पन्न हुने भएका छन् । हसनापुर देखि गहिरा जोड्न पुल, सतबरिया-बेला, जहरे-जँग्रहवा जोड्ने पुल यसै बर्ष सम्पन्न हुने भएका हुन । त्यस्तै बेला देखि पटौली नाका, जलकुन्डी हुँदै सुनपत्री नाका र जँग्रहवा हुँदै खाँग्रा नाका जोड्ने बाटो पनि बिस्तार गरिने बताईएको छ ।

    टिनको छानो अधुरै

    प्रतिनिधि सभामा मेटमणी चौधरी बिजयी भए लगत्तै दाङ्ग क्षत्र नम्बर १ मा बिकाशले फड्को मारेको उनी बताउँछन् । यद्यपी नागरिकहरुले आस र अपेक्षा गरे अनुसारको विकास र सेवा प्रवाह भने अझै हुन नसकेको स्थानियको अारोप छ । मेटमणी चौधरी प्रतिनिधि सभाको चुनाबी मैदानमा रहेका बेला मुख्य एजेण्डाको रुपमा लिएका “टिनको छानो” भने अपुरै छ । चुनाबी माहोल चलिरहेका बेला साँसद चौधरीले खरको छानो हटाई टिनको छानो भन्ने चुनाबी नारा नै बनाएका थिए । “टिनको छानो” लाई मुख्य एजेण्डा बनाएर चर्चामा अाएका साँसद चौधरी लाई भने दाङ्ग क्षत्र नम्बर १ का जनताले अझै भुलेका छैनन् ।

    सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड
    बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ४.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ७.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ८.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation