• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, बैशाख २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ४. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ५. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ६. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ७. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ८. प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

  • ९. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • १०. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

कोहलपुर दुर्घटनामा परेकी प्रकृती चन्दको अवस्था कस्तो छ ?


  •   सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
  • काठमाडौं । कक्षा ७ की छात्रा हुन् प्रकृति चन्द । बाँकेकी यी ११ वर्षेको स्कुल (त्रिभुवन नमुना मावि) कोहलपुर चोक नजिक राजमार्ग छेवैमा छ । आइतबार पनि उनी सधैंझैं स्कुल पुग्ने तर्खरमा थिइन् । उनलाई स्कुटरमा पुर्‍याउन आएका थिए बुबा नगेन्द्रबहादुर ।घरदेखि स्कुटरमा ल्याएका नगेन्द्र छोरीलाई राजमार्गको जेब्राक्रससम्म पुर्‍याएपछि वारिबाटै फर्कंदै थिए । अचानक उनको कानमा दुर्घटनाको कर्कश आवाज पर्‍यो । छोरीलाई क्षणभरमै ट्रकले घिसार्दै पर पुर्‍याइसकेको थियो । तत्काल त उनले त्यो दृश्य पत्याउनै सकेनन् ।कोहलपुर चोकदेखि केही मिटर परको त्यो दुर्घटनाका प्रत्यक्षदर्शी सबै स्तब्ध भए ।‘प्रकृतिका जोर जुत्ता बीच सडकमै थिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘दुवै खुट्टा किचिसकेपछिट्रकले उनलाई घिसार्दै परसम्म पुर्‍याएको थियो । सडक रगतले लतपत थियो ।’ त्यो देखेर प्रकृतिका बुबाले मन थाम्न सकेनन् । मनमनै पुकारे, ‘नानीको ज्यान बचे हुन्थ्यो ।’ त्यो त्रासदीपूर्ण क्षण सम्झिँदै नगेन्द्र भक्कानिए, ‘नानीका ती अन्तिम जुत्ता रहेछन् ।’ यति भनेपछि उनले जुत्तातिर हेर्न पनि सकेनन् । एकैछिनमा विद्यार्थीले ट्रक रोकेरघेरा हाले । नगेन्द्रले हतारहतार छोरीलाई अस्पतालतिर दौडाए ।उनलाई कोहलपुर मेडिकल कलेजमा पुर्‍याइयो । त्यहाँ उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत आइतबारै काठमाडौं लगिएको छ ।पढाइसँगै प्रकृति विद्यालयका अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहन्थिन् । सामाजिक विषयकी शिक्षिका अम्बिका कँडेलका अनुसार कक्षाको पहिलो बेन्चमा बस्न रुचाउने प्रकृतिको पढाइमा विशेष रुचि छ । ‘कबड्डी खेल्न रुचाउँथिन्,’ उनले भनिन् । प्रकृति अनुशासित र नियमित विद्यार्थी रहेको अम्बिकाले सुनाइन् ।सामान्य चिया पसलबाट जीविका चलाउँदै आएका नगेन्द्रका तीन सन्तानमध्ये उनी कान्छी हुन् । कोहलपुर चोकदेखि करिब पाँच मिनेटको दूरीबाट नगेन्द्र छोरीलाई सधैं स्कुल पुर्‍याउन आउँथे ।आइतबार बिहान १० बजे स्कुल पुग्न नपाउँदै कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले प्रकृतिलाई ठक्कर दिएको हो । साथीलाई ठक्कर दिएपछि विद्यार्थीले मन थाम्न सकेनन् । उनीहरूले ट्रकमा आगो लगाइदिए । ट्रकले प्रकृतिलाई जेब्राक्रसदेखि घिसार्दै परसम्म पुर्‍याएको र ब्याक गरेर मार्न लागेको विद्यालयका सुरक्षागार्ड रामसफल चौधरीले बताए ।‘दुर्घटनापछि शिक्षक/विद्यार्थीले ड्राइभरलाई नियन्त्रणमा लिएका थिए,’ स्थानीय बासिन्दाले भने, ‘तर आक्रोशित विद्यार्थीलाई सम्झाइबुझाइ गर्नुको साटो सादा पोसाकमा आएका प्रहरीले विद्यार्थीमाथि नै कुटपिट गरे ।’ उनीहरूका अनुसार केही समयपछि डीएसपी हेमबहादुर शाही घटनास्थलमा आए । त्यसपछि स्थिति झनै अनियन्त्रित भयो । ‘मैले विद्यार्थीलाई नपिट्न आग्रह गरेको थिएँ,’ त्यहाँ उपस्थित सर्वसाधारणमध्येका देवनारायण कार्कीले भने, ‘तर तँ को होस् हामीलाई सिकाउने भन्दै डीएसपी शाहीले मेरै घाँटी समाए ।’ त्यसपछि प्रदर्शनमा स्थानीय पनि सहभागी भए ।प्रदर्शन बढ्दै गएपछि झडपको स्थिति बन्यो । भीड नियन्त्रणमा लिन प्रहरीले सयौं रबरका गोली र अश्रुग्यास प्रहार गर्‍यो । कोहलपुर क्षेत्र आइतबार दिनभर तनावग्रस्त बन्यो । गोली लागी बर्दियाका २६ वर्षे चित्रबहादुर रिजाल घाइते भए । ‘भीडदेखें, के भएको हो भनेर बुझ्न नपाउँदै प्रहरीको गोली हातैमा लाग्यो,’ उनले भने । प्रहरीको गोली लागेर चप्परगौडीका विक्रम शाह पनि घाइते भएका छन् । ‘हुलदंगा मच्चाउने तँ पनि होस् भन्दै प्रहरीले कुटपिट गरे,’ उनले भने ।झडप करिब पाँच घण्टा जारी रह्यो । त्यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय र नगरपालिकाका जिम्मेवार पदाधिकारीलेघटनाप्रति चासो नदिएको स्थानीयले बताए । दिउँसो ३ बजे सहायक जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले कर्फ्यु लगाइने सम्भावना रहेको जानकारी गराएका थिए ।जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुर ओलीले स्थानीय आक्रोशित भएपछि दंगा सुरु भएको बताए ।‘प्रदर्शनकारीले ढुंगामुढासहित प्रहरी कार्यालयमा आक्रमण गर्न खोजेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले केही गोली फायर गर्न बाध्य भएको हो,’ उनले भने । उनका अनुसार झडपमा घाइते १० सर्वसाधारणलाई पनि उपचारका लागि हवाईजहाजबाट काठमाडौं पठाइएको छ । प्रहरीतर्फ पनि ३०जना घाइते भएका छन् ।कोहलपुर मेडिकल कलेजका प्रशासन अधिकृत सञ्जय पन्थीका अनुसार प्रकृतिलाई बिहान १० बजे अस्पताल पुर्‍याइएको थियो । ‘उनलाई यहाँ रगत नियन्त्रण गर्न खुट्टामा सामान्य उपचार गरेर राखिएको थियो,’ पन्थीले भने, ‘दिउँसो ३ बजेमात्रै काठमाडौंबाट हेलिकप्टर आयो । त्यतिन्जेलसम्म प्रकृति अचेत अवस्थामै थिइन् । आमाबुबासँगै जान नसकेपछि छिमेकी वैकुण्ठ गिरीका साथ उनलाई हेलिकप्टरमार्फत राजधानीस्थित बीएन्डबी अस्पताल पुर्‍याइएको थियो । राति ९ बजे प्रकृतिलाई अपरेसन थिएटरमा लगिएको गिरीले बताए । उनका अनुसार अत्यधिक रगत बगेकाले हेमोग्लोविन कम भएको चिकित्सकले बताएका छन् । ‘पिसाब फेर्न नसकेकाले किड्नीमा पनि समस्या देखियो । दुवै खुट्टा किचिएकाले काट्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘डाक्टरले स्थिति नाजुक छ भनेका छन् । रगत धेरै बगेकाले समस्या भएको छ ।’ कान्तिपुर दैनिकमा खबर छ

    Advertisement

    सोमबार, मङि्सर २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ४.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ५.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    भर्खरै

    • १.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • २.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ३.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ४.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ५.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    • ६.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ७.
      राष्ट्रिय पौडीको उपाधि शिखा एकेडेमीलाई

    • ८.
      आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation