राज चौधरी, नवलपरासी । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले प्रदेश र स्थानिय तहमा देखिएको कर्मचारी समायोजनको अपुर्णतालाई पुर्णता दिईने बताउनुभएको छ । पछिल्लो पटक मन्त्री बनेपछि गृह जिल्ला आउनुभएका मन्त्री त्रिपाठीले आज पश्चिम नवलपरासीको बिभिन्न स्थानमा आयोजीत स्वागत कार्यक्रममा बोल्दै यस्तो बताउनभुएको हो । अहिलेको अवस्था, चुनौति र संविधानलाई ध्यानमा राखेर निजामति सेवा ऐन उचित कार्यान्वयन हुनपर्ने मुख्य आवश्यकता रहेको बताउदै मन्त्री त्रिपाठीले आवश्यक अनुसार निजामति सेवा सम्बन्धी विधेयकलाई संसोधन गरिने बताउनुभयो ।कर्मचारीको मूल्याङ्कन गर्दा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएका विषयलाई पनि हेर्नुपर्ने बताउदै मन्त्री त्रिपाठीले बजेटको सदुपयोग र दुरुपयोग गर्ने स्थानिय तहलाई सोही अनुसार अनुदानको ब्यवस्थापन गरिने बताउनुभयो । सुशासन र पारदर्शीतालाई मध्यनजर गर्दै जनताको मनोबिज्ञान अनुसार स्थानिय तहका जनप्रतिनिधी र कर्मचारीहले काम गनुपर्ने मन्त्री त्रिपाठीले बताउनुभयो । यसैबिच मन्त्री त्रिपाठीले स्वतन्त्र राजनितीक समुह क्षेत्र न. १ पश्चिम नवलपरासीद्धारा आजै बेलाटारीमा आयोजीत स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै जनताको कर कर्मचारीले सेवा सुविधा लिने भएकाले कर्मचारीले जनमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य अजय शाहीले जनताको करबाट राज्य चलेकाले राज्य संयन्त्रले समेत जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सरकारले आवश्यकता अनुसार पहल कदमी उठाउनुपर्ने बताउनुभयो । आजै गृह जिल्ला आउनुभएका मन्त्री त्रिपाठीलाई पश्चिम नवलपरासीका बिभिन्न स्थानमा कार्यकर्ता र शुभेच्छुकहरुद्धारा स्वागत गरिएको थियो । सो क्रममा मन्त्री त्रिपाठी समक्ष यस क्षेत्रको बिकास निमार्ण बारे पहल गर्न कार्यकर्ता र शुभेच्छुकहरुले माग राखेका थिए ।
कर्मचारी समायोजनलाई पुर्णता दिईने–प्रशासन मन्त्रि त्रिपाठी
कर्मचारी समायोजनलाई पुर्णता दिईने–प्रशासन मन्त्रि त्रिपाठी
Advertisement
तपाईको प्रतिक्रिया