• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • २. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • ३. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ४. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ५. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ६. प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

  • ७. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ८. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ९. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • १०. रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

‘मैले आफ्नो ख्यातीलाई समाजमा लगानी गर्छु’ : बरिष्ठ कलाकार श्रेष्ठ


  •   बुधबार, मङि्सर १८, २०७६ मा प्रकाशित
  • नेपालको अन्तरिम संविधान २०६३ मा पनि महिला, बालबालिका, ज्येष्ठ नागरिक अपाङ्ग लगायत असहाय व्यक्तिहरूको लागि विशेष व्यवस्था गरिने उल्लेख छ । ज्येष्ठ नागरिकहरूको हकहित संरक्षण गरि उनहरूलाई समाजमा उचित र यथोचित ढंगले सम्मान दिनु आवश्यक छ ।  संयुक्त परिवार प्रथा लोपोन्मुख हुदै गएको छ । ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं सम्मानमा क्रमशः ह्रास हाउँदै गएको छ । यस आवस्थालाई अझ खस्किन नदिन, सामाजिक संस्कार र मान्यतालाई कायम राख्न आज हाम्रो लागि चुनौती वनेको छ । यही चुनौतिलाई सामना गर्दै नेपालभरका ज्येष्ठ नागरिकका हक अधिकारलाई संरक्षित गर्न क्रियाशील नेतृत्व गरिरहनुभएका राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठसँग केन्द्रिय बैठकमा स्वर्गद्धारी आउनुभएका बेला कामना डेलीका लागि अतिथी संपादक संजय रिजालले गर्नुभएको कुराकानीको बिस्तृत।

    Advertisement

    आरामै हुनुहुन्छ ?
    अहिलेसम्म त आरामै छुँ ।
    अहिले कति वर्ष हुनुभयो यहाँ ?
    म अहिले ७२ वर्ष पुगे ।
    प्यूठान सम्भवतः पहिलोपटक आउनुभएको छ, कस्तो लाग्यो ?
    हो एकदम पहिलोपटक आएको । स्वर्गद्धारी ज्यादै महत्वपूर्ण धार्मिक स्थल हिन्दूहरु मात्रको पवित्र स्थल । यो ठाउँमा पाइला टेक्न पाउँदा मन ज्यादै विभोर र आनन्द महसुस गरेको छुँ ।

    यहाँको कर्मको हिसावले जीवनको दुईवटा पाटा छन् । कला क्षेत्रका कुरा पनि गरौँला । त्योभन्दा पहिलो हामी जेष्ठ नागरिकका विषयमा केन्द्रित रहेर कुरा गरौंला ।यहाँको अनुभवमा नेपाली जेष्ठ नागरिकहरुले  भोग्नुपरेेेेका समस्याहरु के कस्ता छन ?

    जेष्ठ नागरिकहरुले भोग्नुपरेका समस्याहरु धेरै  छन् ।सम्भवतः उनीहरुले राम्रो आहार विहार, लालनपालन समयमै नपाउनु एउटा समस्या छ । अर्को परिवारबाट छुट्टिएर बस्नुपर्ने केही ज्येष्ठ नागरिहरुको पिडा पनि अलग्गै छ । केही साम्रान्त परिवारहरुमा अझ जेष्ठ नागरिकहरुले सम्पत्ति छ, पैसा छ, मान प्रतिष्ठा छ तर जेष्ठ नागरिकका सन्तानहरु सबै विदेशमा जाँदा उनीहरु एक्लो महसुस गरेर आलिशान भवनमा बस्छन् । तिनीहरुको ज्यादै पिडादायिक अवस्था छ । त्यस्तै दुव्र्यवहारको अवस्था छ । स्वास्थ्य समस्याको अवस्थाको छ । यी विविध कारणहरुको समस्याले ज्येष्ठ नागरिकहरु ज्यादै ग्रसित छन् ।
    यहाँ राष्ट्रिय जेष्ठ नागरिक महासंघको सांगठनिक  संरचना कस्तो छ ?
    हाम्रो देशव्यापी ७४ जिल्लामा राष्ट्रिय जेष्ठ नागरिक अन्तर्गत जिल्ला संघहरु छ । यी जिल्ला संघहरुको छाता संगठन महासंघ हो । यसले जेष्ठ नागरिकहरुको हक अधिकार, जेष्ठ नागरिकहरुको सम्मानजनक बाच्न पाउने अधिकार, उनीहरुले पाउनुपर्ने सुविधाका बारेमा जिल्लाको जिल्लाले जिल्लका केही समस्याहरु केन्द्रमा आवश्यक परे केन्द्रमा जेष्ठ नागरिकका विषयमा विभिन्न समस्याका विषयमा वकालत गर्ने एउटा महासंघ हो ।
    जेष्ठ नागरिकका विषयमा कुरा गर्दा सामाजिक सुरक्षामा केही काम भए पनि अन्य कुराहरुमा कानुन पनि प्रयाप्त नबनीरहेको र त्यसको कार्यान्वयन प्रभावकारी नभएको अवस्थामा यहाँहरुले तत्काल वकालत गर्नुपर्ने कुराहरु के के देख्नुहुन्छ ?
    विभिन्न सरकारले पटक पटक कानुन बनाएका पनि थिए । ती कानूनहरु कार्यान्वयन हुन सकेनन् । २०६३ मा बन्यो । त्यसको लगत्तै त्यसको संशोधित ऐनहरु बन्यो । त्यो ऐनमा ज्येष्ठ नागरिकहरुको समस्या र उनीहरुलाई कानुनले पनि ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गरोस् भनेर हामी ज्येष्ठ नागरिक महासंघ र सम्वन्धित निकाय र सरकारहरुसँग पटक पटक बसेर अब संशोधित कानुन अब विधेयकको रुपमा पेश पनि भैराखेको छ । त्यो कानुनमा केही कुराहरु पुनः संशोधन गर्नुपर्छ कि भन्ने हिसावले बैठक बसेर फेरि परिमार्जित भएर संशोधित भएर विधेयकको रुपमा गएको छ । त्यो कानुनले अबका छोराछोरीले बाबुआमालाई घरमै पाल्नुपर्ने बातावरण सिर्जना गर्ने, घरमा पाल्न नसकेर बाबु आमालाई बाध्यात्मक हिसावले कही आश्रममा, या कहि बेवारिसे रुपमा जथाभावी उनीहरुलाई अब राख्न नपाइने यी विभिन्न प्रावधानहरु पनि आउँदैछ । अब एक दुई वटा कानुनहरु हामीले सरकारलाई भनेका छौं । बाबुआमालाई राम्रोसँग पालन नगरेको खण्डमा बाबु आमाले स्थानीय सरकार वडा गाउँपालिका, स्थानीय सरकारमा उजुर गर्न गएको खण्डमा अब एक दुई वटा कानुनहरु हामीले सरकारलाई भनेका छौं । बाबुआमालाई राम्रोसँग पालन नगरेको खण्डमा बाबु आमाले स्थानीय सरकार वडा गाउँपालिका, स्थानीय सरकारमा उजुर गर्न गएको खण्डमा छोरा, बुहारी या उसका सन्तानहरुलाई बोलाएर मिलापत्र गराउने त्यसले पनि भएन भने कानुनी सजायको भागीदार गराउने भन्ने अहिलेको संशोधित ऐनमा यो कुराहरु पनि छ । यसले गर्दा परिवारहरुमा अझ बैमनस्यता बढ्छ कि ।  यसलाई कसरी सुल्झाउने ? भन्ने कुरा पनि विचार विमर्शमा छ । अर्को कुरा आप्mनो सन्तानले कमाएको आयआर्जनबाट १० प्रतिशत बाबुआमाको खातामा बुबाआमालाई पैसा राखिदिनुपर्ने यी कुरा छ । कतिपयको कमाइ धमाई नभएका सन्तानले के गर्ने ? भन्ने पनि कहि कहि कुरा आएको छ । अर्को पाटो के छ भने हामीले कमाएको कमाइबाट बुबाआमालाई केही खाता खोलेर पैसा दिइ नै सक्यौ भने अब हामीले बुबाआमालाई हेरिहनुपर्ने हामीलाई कुनै बाध्यता नपर्ला नि । हामीले किन हेर्नुप¥यो ? भन्ने कुराहरु पनि आएको छ । यसमा पनि विचार विमसै हुँदैछ ।

    हाम्रो मुलुक नेपाल सांस्कृतिक हिसावले अत्यन्तै धनी मुलुक हो । हामी पूर्वीय सभ्यतामा हुर्किएको, जसमा आप्mना मातापितालाई भगवानकै रुपमा मान्ने हाम्रो संस्कार हो । समय क्रमसँगै हामीमा पश्चिमा समाजको बढ्दो प्रभाव छ । त्यो प्रभावलाई रोक्न र नैतिक शिक्षालाई बढावा दिने यहाँहरुका केही त्यस्ता कार्यक्रमहरु छन् ?
    पहिला पहिला त नैतिक शिक्षाहरु विद्यालयको पाठ्यक्रममा पनि थियो, त्यो अब छैन । नैतिक शिक्षाको पनि आवश्यकता छ । बुबाआमालाई पाल्नुपर्ने बाध्यात्मक किसिमका कुराहरु र बाबुआमालाई किन पाल्ने ? बुबाआमालाई पाल्नु उनीहरुको पारिवारिक बोझको रुपमा लिने चलन बढेको छ । हो पहिला पहिला बुबाआमाहरु देवता समान हो । बुबाआमाहरुको सेवा रहिरह्यो भने हाम्रा सबै कामहरु सफल हुन्छन् भन्ने धारणाहरु पनि थियो । अब अहिले बुबाआमालाई सन्तानहरुले बोझको रुपमा पनि लिन थालेका छन् । उमेरको कारणले ज्येष्ठ नागरिकहरुलाई थाह नपाइदो किसिमको रोगहरु पनि छन् । जस्तै विर्सने रोग (अल्जाइमर्स) रोगहरु पपनि छन् । तयो रोगको बारेमा घर परिवारलाई थाह नहुन पनि सक्छ । त्यसको ज्ञान नभएर पनि कतिपय ज्येष्ठ नागरिकहरु परिवारको बोझ भइराखेका छन् । उदाहरण लिउ न छोरा बुहारी बाहिर जान्तछन् । छोराले आप्नो श्रीमतीलाई ल है बुबलार्य राम्रोसँग खाजा, साजा, खुवाउनु भनेर गएको हुन्छ । फर्केर आउँदा बाबा खाना खानुभयो ? भन्दा खाएकै छैन भन्दिन्छ । तपाई यसो गर्नुस् भन्यो फिेरि केी दिएकै छैन भन्दिन्छ । अनि बुहारीलाई के हुन्छ भने मैले भर्खर खाना खान दिएको आप्mनो छोरोलाइै कुरो लगायो । खाना दिएर पनि खान दिएको छैन भन्ने हिसवाले घरमा कलह शुरु हुन्छ । त त्यो चाही के हो भने उसले जानी जानी गरेको हैन कि उसलाई विर्सन रोग लागेको भन्ने कुरो घर परिवारलाई थाह नहुन सक्छ । यो कारणले पनि धेरै कलह हुन गरेका छन् । अन्ततः गएर त्यो वृद्ध ज्येष्ठ नागरिकलाई आश्रममा लगेर राख्ने, कतै लगेर फाल्ने अनि यो प्रक्रियाहरु पनि बढेको छ । किन उहाँलाई विर्सन रो ग लाग्यो भन्ने हिसावको ज्ञान दिलाउने एउठटा चेतनामूलक कार्यक्रम पनि समय समयमा गरेर यो अवस्थामा यस्तो पनि भएको हुन सक्छ भनेर बुढो मान्छेलाई यसलाई विचार गर्नुपर्छ भन्ने नैतिक शिक्षाको आवश्यकता पनि छ । यो मात्रै होइन अरु अरु धेरै रोगका बारेमा उमेर छिप्पिदै गए अर्को विर्सने रोगहरु । पूरानो मान्छेहरु सम्झि रहने पुरानो कुरा गरिरहने । कुरा सुन्दिएन भने उमेर छिप्पिदै गएर झन् डिप्रेशन झन रोगहरु लाग्दछ । यी कुराह पनि अलिकति छोरा, बुहारीहरुले सम्झीनुपर्दछ । बुबा आमा देवतै हो भनेर अहिलेको जमानामा कमै मात्र सन्तानले बुबाआमालाई देवतार्को रुपमा मानिराखेको छैन । त्यो चाहि नैतिक शिक्षाको जरुरी पर्दछ ।

    जेष्ठ नागरिकहरुलाई सेवा प्रवाह गर्ने क्रममा सार्वजनिक यातायातमा दिने लगायत अन्य सहुलियत राजधानी लगायत अन्य ठूला शहरी क्षेत्रहरुमा दिएको देखिन्छ तर ग्रामीण क्षेत्रहरुमा त्यो सहुलियत पाउन नसकिरहेको अवस्था छ । यो समस्यालाई निराकारण गर्नको लागि यहाँहरुको के कस्ता प्रयासहरु रहेका छन् ?
    सरकारी ऐन कानुन तथा नीतिहरुमै छ ५० प्रतिशत औषधि उपचारमा छूट दिने । सरकारी केही अस्पतालहरुले दिई पनि राखेको छ । नीजि अस्पतालहरुले हामीले पनि व्यक्तिगत रुपमा या महासंघको हैसियतले पनि पहल गरेर केही नीजि अस्पतालहरुले पनि केही छूट दिएर ज्येष्ठ नागरिकका लागि अलग्गै सुविधाहरु दिइराखेको पनि छ । यातायातको कुरा गर्दाखेरी सरकारी यातायातले त दिइ नै राखेको छ । नीजि यातायात व्यवसायीहरुले सरकारले हामीलाई हाम्रा गाडी आयात गर्ने बेलामा केही छूट दिएको भए । हामीलाई केही प्रतिशत सरकारले त्यसको शोधभर्ना दिएको भए । हामीले ज्येष्ठ नागरिकहरुले माग गरे बमोजिमको सुविधा हामीले ज्येष्ठ नागरिकहरुलाई दिन सक्थ्यौं । तर अहिले हामीले नीजि तवरबाट सञ्चालन गरिरहेकोले हामीहरुलाई मर्का पर्छ भन्ने कुराहरु नीजि यातायात व्यवसायीहरुले गरिरहेका छन् । नीजि यातायात व्यवसायीहरुसँग हामीले पटक पटक सरकारका प्रतिनिधि र नीजि व्यापारी संस्थाका प्रतिनिधिहरु राखेर हामीले धेरै कुराहरु गरिराखेका छौं । बिस्तारै बिस्तारै यो पनि सुल्झिदै छ । नीजिले सहुलियत दिने भन्ने कुरा अझै पनि टुंगो लागेको छैन । जस्तो हवाइ यातायातको भनौ न । दशै अगाडि धेरै पत्रपत्रिकामा पनि आयो । नीजि हवाई सेवा व्यवसायीहरुले यति वर्षको लागि यति प्रतिशत यति वर्षको लागि यति प्रतिशत हामीले हवाई सुविधामा सुविधा दिएका छौं । कतिले त ५० प्रतिशत सम्म पनि दिए । कतिले ७५ प्रतिशत सम्म पनि आयो सूचनाहरु तर त्यहाँ जाँदाखेरी पछि विभिन्न उनीहरुले क्राइट ऐरिया बनाएका रहेछन् । जन्म मिति प्रमाणित भएको, नागरिकताले प्रमाणित भएको विभिन्न कागजपत्रहरु पेश गरेपछि मात्रै त्यो हवाइ टिकट उनीहरुले उपलव्ध गराउन सक्ने झण्झटिलो अवस्था रहेछ । त्यसमा पनि ज्येष्ठ नागरिक त्यति सन्तुष्ट छैनन् । अब त्यसलाई दिने भनेपछि सर्वशूलभ सहि रुपमा अलि सजिलो प्रक्रियाबाट दिने व्यवस्था गर्नुप¥यो भनेर हामीले पनि भनिराखेका छौं ।
    ज्येष्ठ नागरिकको विषयमा कुरा गर्दाखेरी तीनबटा मुख्य कुराहरु देखिन्छ । पहिलो सामाजिक सुरक्षा, दोश्रो सेवा सुविधाको कुरा क्षमता उपयोगको कुरा मध्ये सबैभन्दा बढि ध्यान दिनुपर्ने कु्न क्षेत्र हो जस्तो लाग्छ यहाँलाई ?

    कतिपय गाउँघरको ज्येष्ठ नागरिकहरुले त सामाजिक सुरक्षा भत्ता सरकारले दिइराख्या छ भनने कुरा सम्म पनि थाह नपाएका ज्येष्ठ नागरिकहरु पनि छन् । अब उनीहरुले सर्वशुलभ रुपबाट पाउनुपर्छ । वडाबाट पनि दिने गरिराखेको छ । सामाजिक सुरक्षा भत्तामा अर्को कुरा भर्खर भर्खर के आइराखेको छ भने राज्यबाट दोहोरो सुविधा लिएकाहरुले दोहोरो सुविधा लिन नपाउने भन्ने नीति छ । केही ज्येष्ठ नागरिकहरुले के आवाज उठाइराख्या छन् भने पेन्सन भनेको चिज त हामीले आप्mनो उमेर छउण्जेल राष्ट्रलाई सेवा गरे वापत त्यसबाट हामीले पेन्सनको रुपमा पैसा पाउने हो । सामाजिक सुरक्षा भत्ता भनेको राज्यले ज्येष्ठ नागरिकहरुलाई सम्मान स्वरुप दिएको भत्ता हो । त्यो सम्मानबाट हामीलाई किन बञ्चित गराउने ? पेन्सन त हामीले काम गरे वापत पाउने हो । यसलाई पनि समायोजन गरेर मिलाउनुपर्छ भनेर अधिकांश राष्ट्रसेवकबाट निवृत्त भएका ज्येष्ठ नागरिकहरुको भनाइ छ । यसको बारेमा पनि हामीले पहल गरिराखेका छौं । अर्को तपाईले भन्नुभयो । यिनीहरुलाई समस्या के छ ? यिनीहरुसँग भएको क्षमतालाई किन उपयोग नगर्ने ? सरकारले यिनको क्षमतालाई उपयोग गर्न सकोस् भनेर हाम्रो ध्यान गएको छ । २०७८ मा हुने जनगणनामा ज्येष्ठ नागरिकहरुको तथ्यांक लिदा तीन तहको तालिका राख्ने । ज्येष्ठ नागरिक कति वर्षदेखि कति वर्ष सम्मको, ज्येष्ठ नागरिक कुन पेशाबाट निवृत्त भएको, कुन कुन ज्येष्ठ नागरिक कुन अवस्थामा छन् ? अल्जाइमर रोग लागेका ज्येष्ठ नागरिक कति छन् ? अरु ज्यादै अशक्त ज्येष्ठ नागरिक कति छन् ? काम गर्न सक्ने ज्येष्ठ नागरिक कति छन् ? यी कुराहरु पनि तथ्यांकमा खुलाउन सकियो भने । देशभरी सक्रिय रुपमा काम गर्न सक्ने ज्येष्ठ नागरिक यति रहेछ । डक्टर पेशामा लागेका ज्येष्ठ नागरिक यति रहेछन् । त्यतिमध्ये यतिजना अझ सक्रिय रुपमा आप्mनो पेशासाग काम गर्न सक्ने यति रहेछ । इञ्जिनियर यति रहेछ भन्ने भो भने तीनीहरुसँग सरकारले फेरि काम लिन सक्छ । हामीसँग यो यो पेशामा यति जनशक्ति रहेछ भन्ने सरकारसँग तथ्यांक रहन्छ । यसकारण हामीले सरकारलाई यस बारेमा आग्रह गरेका छौं । सायद यसपालिको राष्ट्रिय जनगणनामा यो कुरा आउन सक्छ ।

    ७२ वर्षको उमेरमा पनि राष्ट्रिय नेटवर्क भएको ज्येष्ठ नागरिक महासंघको सक्रिय रुपमा नेतृत्व गर्न यहाँलाई के कुराले प्रेरित ग¥यो ?

    म सामाजिक क्रियाकलापमा पहिलेदेखिनै लागिरहेको थिए । मैले कस्तो खालको सामाजिक क्रियाकलाप गर्दा ठिक होला भन्ने सोचे । अन्ततः म राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ बन्नु भन्दा अगाडि ज्येष्ठ नागरिक सञ्जाल थियो । यो सञ्जाल हाम्रो ज्येष्ठ नागरिकको बारेमा बोल्ने र ज्येष्ठ नगरिकको हक अधिकारको बोल्ने संस्थाहरु रहेनछ प्राडा लिलादेवी केसी जो त्रिभुवन विश्वविद्यालयमा पढाउनुहुन्थ्यो उहाँको नेतृत्वमा २०४४ सालमा पहिलो प्रौढ शिक्षा भनेर संस्था खोल्नुभएछ । अनि त्यसैबाट ज्येष्ठ नागरिकको लागि पनि हामीले केही न केही बोल्दिनुपर्ने आयो । जस्तै युवक संगठन छ, महिला संगठन छ, बाल संगठन छ, विभिन्न संगठन छ तर ज्येष्ठ नागरिकको बारेमा बोल्ने कोही पनि छैन भनेर उहाँले त्यतिखेर हुतरामा बैद्य, डा. गौरिशंकरलाल दास, डा. राधाकृष्ण जोशी यस्ता यस्ता प्रवद्ध व्यक्तिहरु बसेर ज्येष्ठ नागरिकहरको हक अधिकारका लागि बोल्ने भनेर ज्येष्ठ नागरिक सञ्जालको स्थापना गर्नुभयो । त्यो सञ्जालमा म पनि पछि २०६६ सालमा आवद्ध भए । आवद्ध भएको कारणले अनि बिस्तारै बिस्तारै ज्येष्ठ नागरिकको हक अधिकार, ज्येष्ठ नागरिकको सेवा सुविधाको लागि बोल्दिने संस्थाको नेतृत्व लिने अवसर पनि पाए । अहिले ज्येष्ठ नागरिकको हक अधिकार भन्दा पनि मैले ज्येष्ठ नागरिकहरुलाई सहज रुपमा जीवन यापन गर्ने वातावरण बनाउने तिर लाग्या छुँ । ज्येष्ठ नागरिकसँग चाहिने आवश्यक कुराहरु सरकारले राज्यले दिनुपर्ने कुराहरुतिर हामी लाग्याछौ । जस्तै एउटा कुरा भनौ – अहिले सरकारले ज्येष्ठ नागरिकको लागि भनेर स्वास्थ्य विमा बोर्ड भनेर सरकारी स्तरमा गठन भएको छ । स्वास्थ्य विमाको प्यूठान सहित विभिन्न जिल्लामा लागु पनि भएको छ । अहिले हामी अर्को अभियानमा पनि लागेका छौं ज्येष्ठ नागरिकहरुको सम्पत्ति छ, जायजेथा छ । घर छ, जग्गाजमीन छ, तर ज्येष्ठ नागरिकको सन्तान कोही पनि छैन । उनीहरु बाचुञ्जेल केही काम गरेर खानको लागि ज्येष्ठ नागरिकहरुले आप्mनो जग्गा जमिन बैंकमा राखेर ऋण माग्न गयो भने ज्येष्ठ नागरिकलाई त्यो सुविधा दिने ग¥या छैन । यसको बारेमा पनि अलि सहज रुपमा उनीहरुले आप्mनो सम्पति राखेर व्यवसाय गर्छु भनेपछि ज्येष्ठ नागरिकहरुलाई ऋण किन नदिने त ? दिनुपर्छ । यो विषयमा पनि हामी अहिले पहल गरिराखेका छौं । ६० वर्ष पुगेपछि तपाईलाई विमाले जीवन विमा पनि गरिदिदैन । समाजले अब यो केही पनि होइन, काम लाग्दैन भनेर समाजले अलिकति हेपाहा प्रवृत्तिले हे¥या हुनाले यो प्रवृत्ति रोक्नुपर्छ भन्ने हिसावमा पनि हामी लागिराख्या छौ ।

    विशेष गरी नेपाली नाट्य कलाक्षेत्रमा यहाँको अमूल्य योगदान रहेको छ । कला क्षेत्रमा लाग्न यहाँलाई के कुराले प्रेरणा दियो ?
    मेरो घर दोलखा । अब त्यतिखेरको पूर्व दुई नम्वर दोलखा भन्ने चलन थियो । त्यतिखेर यातायातको सुविधा नहुँदाखेरी दोलखाबाट काठमाण्डौ आउनलाई सात दिन लाग्थ्यो हिडेरै । म त हिडेरै धेरै चोटी दोलखा काठमाण्डौ ग¥या छुँ । त्यतिखेर काठमाण्डौ भन्दैनथ्यो, नेपाल भन्दथ्यो । दोलखा जिल्लाको एउटा पूरानो ठूलो नेवारहरु रहेको बस्ती अभयपुर । त्यहाा नेवारहरुको विभिन्न चाड पर्व जात्राहरु पनि भैरहने । मनोरञ्जन लिन नाटकहरु गर्ने गर्दथे । त्यहाँदेखि नाटकमा प्रभावित भए । त्यसपछि काठमाण्डौ आइपुगेपछि २०२२ सालतिर रंगमञ्चमा एउटा नाटक गर्ने अवसर पाए । त्यो नाटक गर्दाखेरी दुई जना व्यक्तिहरुले हेर्नुभा रहिछ । पर्दा बन्द भएपछि उहाँहरु स्टेजमै आउनुभयो । ओहो ! तपाइको अभिनय त ज्यादै राम्रो लाग्यो । तपाइको स्वर पनि एकदमै माइक अनुकूलको छ । भनेर भन्नुभयो । अनि मैले हवस धन्यवाद छ भने । यहाँ चाहि भनेर मैले सोधे । उहाँ चाहि श्यामदास बैष्णव र जितेन्द्र महत अभिलाषी । वैष्णव त्यो वेलाको रेडियो नेपालको नाटक निर्देशक । त्यो बेला सांस्कृतिक विभागबाट निस्कने हाम्रो संस्कृति पत्रिकाको सम्पादक पनि हुनुहुँदो रहेछ । अनि उहाँले तपाइको स्वर एकदमै राम्रो रहेछ । रेडियो नेपालमा नाटक गर्ने चाहना छ भने रेडियो नेपाल आउनुहोस् भन्नुभयो । अनि मैले ‘के खोज्छस् कानो आँखो’ भने जस्तै । रेडियो नेपाल कसरी प्रवेश गर्ने भन्ने सोच राखिराथे उहाँले नै बोलाउनुभयो । त्यसरी मैले रेडियो नेपालमा निरन्तर रेडियो नाटकहरु गर्दै गए । गर्दै जादा अनि पछिल्लो पटक गएर रेडियो नेपालमा जागिरै खाए । अनि त्यसरी विस्तारै रेडियो नेपालमा स्थायी जागिरे भएर नाटक विभाग शाखाको नाटक निर्देशक भएर काम गर्ने मौका पाए । त्यसपछि विभिन्न नाटक, धार्मिक नाटकहरु गर्न थाले । अनि अर्को एउटा कृषि सूचना महाशाखाबाट प्रशारण हुने ‘जेटिए र बुढी आमाको गन्थन’ त्यो चाहि कृषिमा आधारित, नयाँ प्रविधि र आधुनिक खेतीको बारेमा आम किसानहरुलाई जानकारीमूलक कार्यक्रम हुन्थ्यो । बुढिआमा हुनुहुन्थ्यो लक्ष्मी भुषाल । उहाँ चाहि स्वर अभिनयमा ज्यादै प्रखर बुढि आमैको स्वर गर्नुहुन्थ्यो मान्छे तरुनी हुनुहुन्थ्यो । म चाहि जेटिए । तर म प्राविधिक रुपमा जेटिए अध्ययन त होइन तर त्यसको अभिनयमा त्यसको प्राविधिक विषयका कुराहरु अध्ययन गरेर जेटिए र बुढीआमाको गन्थन नाटकमा पनि धेरै वर्ष काम गरे ।
    रंगमञ्चमा प्रत्यक्ष पनि यहाँले अभिनय गर्नुभएको छ ?
    छ, मेरो आधारै रंगमञ्च हो । मैले अभिनय गरेको रंगमञ्च विजयबहादुर मल्लको ‘कंकाल’, पत्थरको कथा, भिमनिधि तिवारीको गंगालालको चिता मैले धेरैवटा रंगमञ्चमा अभिनय गरेको छुँ । अनि मैले निर्देशन पनि ग¥या छुँ, धेरै नाटकमा । अनि त्यपछि नेपालमा टेलिभिजनको स्थापना भएपछि टेलिभिजनमा पनि लागेको छुँ । टेलिभिनमा पनि मैले धेरैवटा वित्तचित्र बनाए । टेलिफिल्म बनाए । छोटो टेलिफिल्म, लामो धारावाहिक टेलिफिल्म धेरै टेलिफिल्ममा मैले काम गरे ।
    यहाँलाई हुन्छ नि आफै कलाकार बनेर अभिनय गर्ने रंगमञ्चमा अर्को चाहि टेलिभिजन सिनेमामा र चाहि नाटक निर्देशक गर्दा कुन चाहि भूमिका सबभन्दा बढि तपाईलार्ई मन प¥यो ?
    अब रेडियोमा मलाई मैसासुर भनेर मान्छेहरुले चिन्छन् । जब दशै धार्मिक कार्यक्रमहरु भएपछि मेरो रेडियोमा आउने हासोले मलाई धेरैले चिन्न थाले । रेडियोले मलाई रेडियो कलाकार भनेर राष्ट्रव्यापी रुपमा स्थापित ग¥यो । पछि टेलिभिजन आएपछि ए, मदनदास भनेको यो पो रहेछ, रेडियोमा बोल्ने यो भनेर अनुहारसहित टेलिभिजनमा आयो । त्यले झन् मान्छेहरु तपाईले राम्रो अभिनय गर्नुहुँदो रहेछ भन्न थाले यसले मेरो हौसला बढ्दै गयो । कला क्षेत्रबाट मैले मान, इज्जत प्रतिष्ठा पाए । त्यही मान इज्जत प्रतिष्ठाको कारणले नै म सामाजिक काम गर्न प्रेरित भए । मलाई सामाजिक काम गर्न ज्यादै सजिलो भयो ।
    हाम्रो कुराकानीमा नसमेटिएको केही भए यहाँले भन्न सक्नुहुन्छ ?
    हामीले जहिले पनि सकारात्मक सोच राखेर काम ग¥यौ भने समाजमा हामीले केही न केही आप्mनो नाम स्थापित गर्न सक्छौ । मैले पनि विभिन्न चलचित्र, नाटक, रंगमञ्च र विभिन्न पेशा अन्तर्गत मैले काम गरे । आम दर्शकहरुको मनलाई जित्न सके र मदनदास श्रेष्ठ भनेर स्थापित हुन सके । त्यो कसको हो भने आम जनता र आम दर्शकहरुको मायाले नै हो । त्यसकारण यसको श्रेय उहाँलाई दिन्छु । जनताले मलाई दिएको यो मायाको बदला मैले के दिने त ? मैले यो विभिन्न क्षेत्रबाट आर्जन गरेको नामबाट मैले सामाजिक कार्यकर्ताको रुपमा समाजमा केही काम गर्ने प्रयासहरु गरे । त्यसमा केही हदसम्म सफलता पाएको छुँ । मानिसहरुले आप्mनो ख्यातीलाई पैसामा परिणत गर्छन् । मैले आप्mनो ख्यातीलाई समाजमा लगानी गर्छु भनेर  कुनै सामाजिक काम लिएर आउँछु । पुनः प्यूठानवासी र तपाइहरुसँग भेट गर्ने छुँ । हवस् धन्यवाद ।

    बुधबार, मङि्सर १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    लोकप्रिय

    • १.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय

    • २.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • ३.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation