• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

बजेट छर्ने भन्दा नतिजा देखिने गरी खर्च गर्न मुख्यमन्त्रीको आग्रह


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • रोल्पा । मुख्यमन्त्री शंकर पोखरेलले पालिकाहरुले बजेट वडाहरुलाई बाँडफाँड नगरी आवश्यकता र औचित्यका आधारमा विकास आयोजनामा खर्च गर्न आग्रह गर्नु भएको छ । वडाहरुमा समानुपातिक बजेट बाडँफाँड गर्ने प्रवृतिले बजेट छरिने र नतिजा नदेखिने उहाँले बताउनुभयो ।रोल्पाका विभिन्न गाउँपालिकामा आयोजित जनप्रतिनिधिहरुसंगको अन्तरक्रियामा उहाँले बजेट छर्ने भन्दा नतिजा देखिने गरी खर्च गर्न आग्रह गर्नुभयो । “कार्यपालिकाले योजना अनुसार बजेट विनियोजन गर्न ध्यान दिनुपर्छ, वडालाई सेवा केन्द्रको विकास गर्नुपर्छ”–उहाँले भन्नुभयो ।
    रोल्पा जिल्लाको महत्वपूर्ण सडक शहिद मार्गको अवस्था अवलोकन गर्न आएको बताउँदै उहाँले शहिद मार्गको कामलाई तीब्र ढंगले अघि बढाउन पहल गर्ने बताउनुभयो । शहिदमार्गलाई दुई लेनको बनाउन डिपिआर तयार भएको बताउँदै उहाँले दुई लेनको सडक क्षेत्राधिकार छुट्टयाएर घर बनाउन दिने निर्णय तत्काल पालिकाहरुले गर्नुभयो ।
    त्यसैगरी उहाँले रोल्पा र रुकुमको खाम संस्कृति पर्यटन प्रवद्र्धनको प्रचुर संभावना भएको बताउनुभएको छ । उहाँले खाम संस्कृतिलाई पर्यटनसंग जोडेर अघि बढ्दा स्थानीय समुदायको जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनुभयो ।
    खाम मगर संस्कृतिका वस्तीलाई होमस्टेको रुपमा विकास गर्ने गरी योजना बनाउन गाउँपालिका नेतृत्वलाई आग्रह गर्नुभयो । पर्यटन प्रवद्र्धनका लागि आवश्यक सहयोग प्रदेश सरकारले गर्नेछ–उहाँले भन्नुभयो ।उहाँले मौलिक र नयाँ ढंगले काम गर्दा नागरिकले परिवर्तनको अनुभूति गर्ने र समाजमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले पर्यटन प्रवद्र्धन सहित स्थानीय उत्पादनलाई व्यवसायिक ढंगले गर्न आग्रह गर्दै स्थानीय उत्पादनको बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाको ध्यान उत्पादनमुखी बन्नुपर्ने बताउनुभयो । उहाँले अब रुकुम र रोल्पा विकट नहुने सडक पूर्वाधारको बलियो जग तयार भएको बताउनुभयो । मध्यपहाडी लोकमार्ग र शहिद मार्गले यी दुई जिल्लालाई यातायात सञ्जाल राम्रो बनाउदै लगेको र अरु आवश्यक सडक प्रदेश सरकारले बनाउँदै जाने बताउनु भयो । सडक सञ्जाल विस्तारसगैं गाउँका उत्पादन शहर पठाउने योजना अनुसार काम गर्न उहाँले आग्रह गर्नुभयो ।
    रुकुमको चुनवाङबाट रुकुमकोट र सुलीचौर बाट थवाङ जोड्ने सडकका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले समाज बदल्ने अभियानमा विरोधका स्वरहरु आउनु स्वाभाविक भएको बताउँदै त्यस्ता आवाजबाट नआत्तिन र निर्धक्क भएर काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । मंसिर ४ गते रुकुमको पुथाउत्तरगंगा गाउँपालिकाबाट शुरु भएको मुख्यमन्त्रीको रुकुम रोल्पा यात्रा शनिवार रोल्पाको रुण्टीगढी पुगेर टुंगिएको छ । यो बीचमा उहाँले रुकुमका तीन बटै गाउँपालिका पुथाउत्तरगंगा, सिस्ने र भुमेका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । रोल्पाको थवाङ, परिवर्तन,त्रिवेणी, माडी र रुण्टीगढी गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुनुभयो । उहाँले ती पालिकामा संघीय सरकार र प्रदेश सरकारले अघि बढाएका विभिन्न विकास आयोजनाको अनुगमन गरी जानकारी लिनुभएको थियो ।

    Advertisement

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation