Advertisement
उखुको सिजनमा पनि चिनी मिल संचालनमा अन्यौलता
उखुको सिजनमा पनि चिनी मिल संचालनमा अन्यौलता
पुरन अधिकारी । सुनवल स्थित लुम्बिनी चिनी कारखाना उखुको सिजन सुरु हुन लाग्दा पनि चल्ने नचल्ने अन्यौल भएपछि उखु कृषकहरू आक्रोसित भएका छन।गत वर्षको उखुको भुक्तानी अहिले सम्मपनि प्राप्त गर्न नसकेका उखु कृषकहरू यस वर्ष लुम्बिनी चिनी कारखानाको मिल गेट क्षेत्र भित्रै करिब ६० देखि ८० हजार क्विन्टल उखु तयारी अवस्थामा रहेको तर सुनवल स्थित लुम्बिनी चिनी कारखानाले यस वर्ष क्रसिङका लागि मसिरको पहिलो साता सम्म पनि मेसिन सरसफाई र उखु क्रसिङका लागि पूर्वतयारी जस्ता कार्य मिलले नगर्दा यस वर्ष मिल चल्ने हो या नचल्ने भनि उखु कृषकहरू अन्यौलमा छन भने खेतमा रहेका उखु कहाँ र कसरि बिक्री गर्ने भनि चिन्तित छन।केही समय अगाडि सुनवल क्षेत्रमा विरोध प्रर्दसन समेत निकाली उखु किसानले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउदा समेत सम्बन्धित निकाएको ध्यानाकर्षण नभएको कृषक ज्ञानचन्द्र यादवले बताउनुभयो ।
तपाईको प्रतिक्रिया