• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

  • ५. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ६. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ७. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ८. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ९. दल परिवर्तनपछि गाउँपालिका अध्यक्ष पदमुक्त

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

भिसामा नेपालीलाई कडाई


  •   शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
  • काठमाडौँ । भिसामा हेपियो नेपाल शीर्षकमा आज अन्नपुर्ण पोष्टले समाचार लेखेको छ । अन्नपुर्ण लेख्छ, पुरानो मित्र मुलुक थाइल्यान्डले शक्तिशाली मुलुकको नक्कल गरी नेपालीलाई प्रवेशाज्ञा (भिसा) दिन कडाइ गरेको छ। भिसाका लागि थाइल्यान्डले नेपालीसँग कम्तीमा १ लाख रुपैयाा मौज्दात भएको बैंक विवरण, नाता प्रमाणितको अंग्रेजी अनुवाद, उताको होटल बुक गरेको कागज र भिसा शुल्क तीन हजार ६ सय रुपैयाा तिरेको भौचरसहित उपस्थित हुनुपर्ने सर्त राखेको छ। यो सर्त तीन महिनाको एकल प्रवेशका लागि हो।उसले व्यावसायिक भिसामा पनि नयाँ प्रावधान थपेको छ। किन बहुप्रवेश दिँदैन ? यसबारे सोच्ने फुर्सद न परराष्ट्र मन्त्रालयलाई छ न त बैंककस्थित नेपाली दूतावासलाई। सरकारी निकायका अधिकारीलाई भिसा समस्या पर्दैन। परराष्ट्रमन्त्री वा सचिवस्तरीय वार्ता हुनेबित्तिकै ती मुलुकमा कूटनीतिक र कर्मचारी तहको राहदानीलाई ‘अनअराइभल भिसा’को निर्णय हुन्छ। भिसा अनअराइभल भनेर प्रचार पनि गरिदिन्छन्। वास्ताविकता भने फरक छ।‘सर्वसाधारणको पासपोर्टबारे सोच्ने फुर्सद नभएकै हो। सबैले आफ्नो सहजता हेर्ने रहेछन्’, परराष्ट्रका एक अधिकारीले भने, ‘यस्ता विषय दूतावासले पनि उठाउनुपर्ने हो। ’अन्य मुलुकसँगको अवस्था पनि त्यस्तै छ। नेपालले सार्क मुलुक (अफगानिस्तान बाहेक) र अर्को छिमेकी चीनलाई पर्यटन बढाउन भन्दै भिसा शुल्क नलिईकन अनअराइभल भिसा दिने गरेको छ। तर, ती मुलुकले नेपाललाई उल्टो व्यवहार गर्दै आएका छन्। अझ चीनले आफ्नै निम्तामा बोलाएकासँग पनि भिसा शुल्क लिन्छ।दूतावास अधिकारीका अनुसार थाइल्यान्डमा दैनिक दुई सय नेपाली जान्छन् भने दुई सय फर्कन्छन्। चाडबाडमा दिनमै एक हजारभन्दा बढीलाई दैनिक भिसा दिएको दूतावासको तथ्यांक छ। अन्य समयमा पनि कम्तीमा दुई सयले दैनिक भिसा लिइरहेका छन्।थाई एयरलाइन्स घाटामा छ तर नेपालको उडान अधिक नाफामा छ। थाइल्यान्डले भारत र भुटानलाई अनअराइभल उपलब्ध गराउँदा नेपाललाई भने बेवास्ता गरेको छ। परराष्ट्र मन्त्रालयले यस्ता विषय गृहलाई पन्छाउँदै आएको छ।३० वर्षअघिसम्म युरोपेली मुलुकले पनि नेपालीलाई अनअराइभल भिसा दिन्थे। तर अहिले दिँदैनन्। धेरै नेपाली उतै बसेको कारण देखाउँदै मन्त्रालय उम्कन्छ। गिर्दो कूटनीतिक प्रभावले नेपालीले यस्तो भिसा पाउन छाडेको अधिकारीहरू स्वीकार गर्छन्। युरोपले विश्वभर छरिएका नेपालीभन्दा कैयन् गुणा बढी अन्य मुलुकका नागरिकलाई ‘असाइलम’ (राजनीतिक शरण) सुविधा दिएको तथ्यांक केलाउँदा पनि त्यो स्पष्ट हुन्छ।युरोपका कैयन् मुलुकले काठमाडौंमै दूतावास राखेर भिसा लिन दिल्ली पुर्‍याएका छन्। त्यसमा नेपालीलाई खर्च थपिएको छ। कुरिअर खर्च लाग्ने, डकुमेन्ट हराउने र समय लाग्ने त छदैछ। कतिपय ‘ठूला र विकसित’ मुलुकले भिसा अस्वीकार गर्ने तर शुल्क भने लिन छाडेका छैनन्। जापान र छिमेकी चीनबाहेक अन्य मुलुकले भिसा नदिए पनि शुल्क लिन्छन्। जापान र चीनले भने भिसा भएपछि मात्र शुल्क लिने गरेको विषय अन्य मित्रराष्ट्रलाई सुझाउन परराष्ट्रले सकेको छैन।परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले नेपालले यस विषयमा कुरा उठाइरहेको बताउँछन्। ‘उच्चस्तरको भ्रमणमा कूटनीतिक र कर्मचारीको पासपोर्ट वाहकलाई अनरआइभल गर्ने अभ्यास हो। त्यसमा मात्र छलफल हुादैन। अन्य पासपोर्टको विषयमा पनि छलफल हुन्छ,’ उनले भने,, ‘समस्या कहाँ–कहाँ छ यसलाई हामी फलो गर्छौं। ’नेपालमा रहेर पनि भिसा उपलब्ध नगराउने दूतावाससाग परराष्ट्रले अनौपचारिक र औपचारिक छलफल गरिरहेको तर नतिजा आइनसकेको उनको धारणा छ। उनले कतिपय विषय अध्यागमनबाट बुझेर मात्र भन्न सकिने पनि बताए।

    Advertisement

    युरोपेली मुलुकले नेपालीलाई भिसा दिन अस्वीकार गर्ने अनि एक महिनादेखि आवेदन दिएर बस्नुपर्ने जस्ता कार्य गराइरहेका छन्। नेपालीलाई जे गरे पनि हुन्छ भन्ने भावमा उनीहरू अडिएका हुनाले यस्तो अवस्था आएको अधिकारीहरूको बुझाइ छ। यहाँको कूटनीतिक लबिङ नहुने र जे भने पनि हुन्छ भन्ने शैलीको कारण यो अवस्था व्यहोर्न परेको धारणा उनीहरुको छ।नेपालको पासपोर्टलाई कमजोर पार्ने काममा समेत नेपाली दूतावास स्वयं दोषी देखिएको छ। मेसिन रिडेबल पासपोर्ट उपलब्ध गराउँदासमेत प्रत्यक्षीकरण नगरी हुलाकमार्फत आएका आवेदनलाई स्वीकार गरेपछि राहादानी विभागले उनीहरूलाई पत्र काटेर सचेत गराउनुपरेको थियो।बेलायत र फ्रान्सले नेपालमै भिसा दिन्थे। अहिले दुवै मुलुकले यहााको भिसा कार्यालय बन्द गरेर दिल्लीबाट दिन एजेन्ट तोकेका छन्। डेनमार्क दूतावास नै बन्द गरेर फर्केको छ। अस्ट्रेलिया, फिनल्यान्ड र नर्वेको भिसा लिन पनि दिल्ली जानुपर्छ।यहाबाट भिसा उपलब्ध गराउने जर्मनी र स्विट्जरल्यान्डले पनि पहिलो गन्तव्य आफ्नो मुलुक भएमा मात्र भिसा उपलब्ध गराउँछन्।

    दूतावास काठमाडौंमा, भिसा दिल्लीमा

    बेलायत

    अस्ट्रेलिया

    फ्रान्स

    फिनल्यान्ड

    नर्वे
    अन्नपुर्ण पोष्टबाट

    शुक्रबार, मङि्सर ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      मन्त्री बनेपछि गृहजिल्ला पुगेका भुसाललाई सम्मानको लहर

    • ५.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ६.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation