• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

रुकुमबासीलाई मुख्यमन्त्रीको आग्रह ,’ सदरमुकाम बिबादमा नफसौं’


  •   बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
  • कामना डेली, रुकुम।मुख्यमन्त्री शंकर पोखरेलले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको र ती अधिकारको व्यवहारिक कार्यान्वयनका लागि राज्यलाई बलियो बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित आमसभामा बोल्दै उहाँले बलियो राज्यले मात्रै संविधानमा व्यवस्था गरिएका नागरिक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्न सक्ने बताउनुभयो । नागरिक अधिकारको व्यवहारिक कार्यान्वयनको यतिखेर तिनै तहका सरकार सक्रियतापूर्वक लागिरहेको उहाँले बताउनुभयो । उहाँले दुई ठूला कम्युनिष्ट पार्टी चुनाव जित्न र सरकार बनाउनका लागि मात्रै नभएर जनआकांक्षा पूरा गर्ने मिशनका साथ एकता भएको स्पष्ट पार्नुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेपछि विरोधीहरुले कार्यान्वयन हुन्न भने, हामीले कार्यान्वयन ग¥यौ,पार्टी एकता हुन्न भने, हामीले पार्टी एकता गरेर देखायौं, सरकारले केही काम गरेन् भन्ने भ्रम फैलाइएको छ, यो सरकारले जनताको जीवनमा परिवर्तन हुने गरी काम गरेर देखाउदैछ– उहाँले भन्नुभयो । विरोधीहरुले सधैं भ्रम छर्ने काम गर्ने र ती भ्रमबाट मुक्त भएर अघि
    काम गर्दो रहेछ भनेर देखाउने बताउनुभयो । मत नदिएका व्यक्तिलाई पनि मत नदिएको पछुतो लाग्ने गरी काम गरेर देखाउँछौं–उहाँले भन्नुभयो ।उहाँले जनताले तिरको करबाट विनियोजन भएको विकास बजेटमा कसैले लोभ गर्न नहुने बताउनुभयो । विकास बजेटमा जनप्रतिनिधि, कर्मचारी कसैले पनि लोभ नगरौं, लोभलालच भएको छ छैन् अनुगमन गरौं–उहाँले भन्नुभयो–मैले जिल्लास्तरमा हुने विकास निर्माणका काम प्रभावकारी भए नभएको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीलाई भनेको छु, तपाईहरु पनि अनुगमन गरी खबरदारी गर्नुस–उहाँले भन्नुभयो ।
    सदरमुकाम विवादमा नफसौं
    उहाँले रुकुम पूर्वका जनतालाई सदरमुकाम विवादमा नफस्न आग्रह गर्दै यो झगडा जनताको नभई नेताको भएको बताउनुभयो । अहिले सदरमुकाम विवाद संवैधानिक अदालतमा छ, अदालतले जे फैसला गर्छ, त्यसलाई स्विकार गरौं, सदरमुकाम हुने ठाउँको विकास स्वभाविक ढंगले हुन्छ, अदालतले फैसला गरेपछि जहाँ सदरमुकाम हुन्न, त्यहाको विकासको जिम्मा प्रदेश सरकारले लिन्छ, तपाईहरु ढुक्क हुनुस्–उहाँले भन्नुभयो । उहाँले पूर्वाधार विकासले अब रुकुमले पछि परेको महशुस गर्ननपर्ने बताउनुभयो ।
    अर्गानिक जिल्ला बनाउन आग्रह
    मुख्यमन्त्री पोखरेलले सर्वदलीय छलफलमा रुकुम जिल्लालाई अर्गानिक उत्पादन जिल्लाको रुपमा विकास गर्न सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । अर्गानिक उत्पादनलाई जोड दिएर अघि बढ्दा रुकुमले धेरै फाइदा लिने उहाँले बताउनुभयो । अर्गानिक उत्पादनका लागि प्राविधिक र बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले चुनवाङ–रुकुमकोट सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
    सुविधासम्पन्न अस्पतालको गुरुयोजना बनाउन निर्देशन
    मुख्यमन्त्रीले रुकुमकोट जिल्ला अस्पतालको उद्घाटन गर्दै अस्पताल बिरामीको विश्वास जित्ने हुनुपर्ने बताउनुभयो । अस्पताल राम्रो भयोभने मात्रै उपचार गर्न आउनेको संख्या बढ्ने भएकाले सेवा प्रवाहको गुणस्तरलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उहाँले जिल्ला अस्पतालमा हुनुपर्ने न्युनतम सुविधा र पूर्वाधारको गुरुयोजना बनाउन निर्देशन दिनुभयो । पैसाको समस्या छैन्, प्रदेश सरकारले पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्था गर्छ,त्यसबाट नागरिकले राम्रो सेवा पाउनुपर्छ–उहाँले भन्नुभयो । उहाँले अस्पतालले बिरामी भएपछि उपचार गर्ने मात्रै नभई बिरामी हुन नदिने गरी जनचेतना कार्यक्रम सञ्चालनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

    Advertisement

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation