• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

रुकुमबासीलाई मुख्यमन्त्रीको आग्रह ,’ सदरमुकाम बिबादमा नफसौं’


  •   बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
  • कामना डेली, रुकुम।मुख्यमन्त्री शंकर पोखरेलले संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको र ती अधिकारको व्यवहारिक कार्यान्वयनका लागि राज्यलाई बलियो बनाउनुपर्ने बेला आएको बताउनुभएको छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा आयोजित आमसभामा बोल्दै उहाँले बलियो राज्यले मात्रै संविधानमा व्यवस्था गरिएका नागरिक अधिकारलाई व्यवहारिक कार्यान्वयन गर्न सक्ने बताउनुभयो । नागरिक अधिकारको व्यवहारिक कार्यान्वयनको यतिखेर तिनै तहका सरकार सक्रियतापूर्वक लागिरहेको उहाँले बताउनुभयो । उहाँले दुई ठूला कम्युनिष्ट पार्टी चुनाव जित्न र सरकार बनाउनका लागि मात्रै नभएर जनआकांक्षा पूरा गर्ने मिशनका साथ एकता भएको स्पष्ट पार्नुभयो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गरेपछि विरोधीहरुले कार्यान्वयन हुन्न भने, हामीले कार्यान्वयन ग¥यौ,पार्टी एकता हुन्न भने, हामीले पार्टी एकता गरेर देखायौं, सरकारले केही काम गरेन् भन्ने भ्रम फैलाइएको छ, यो सरकारले जनताको जीवनमा परिवर्तन हुने गरी काम गरेर देखाउदैछ– उहाँले भन्नुभयो । विरोधीहरुले सधैं भ्रम छर्ने काम गर्ने र ती भ्रमबाट मुक्त भएर अघि
    काम गर्दो रहेछ भनेर देखाउने बताउनुभयो । मत नदिएका व्यक्तिलाई पनि मत नदिएको पछुतो लाग्ने गरी काम गरेर देखाउँछौं–उहाँले भन्नुभयो ।उहाँले जनताले तिरको करबाट विनियोजन भएको विकास बजेटमा कसैले लोभ गर्न नहुने बताउनुभयो । विकास बजेटमा जनप्रतिनिधि, कर्मचारी कसैले पनि लोभ नगरौं, लोभलालच भएको छ छैन् अनुगमन गरौं–उहाँले भन्नुभयो–मैले जिल्लास्तरमा हुने विकास निर्माणका काम प्रभावकारी भए नभएको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीलाई भनेको छु, तपाईहरु पनि अनुगमन गरी खबरदारी गर्नुस–उहाँले भन्नुभयो ।
    सदरमुकाम विवादमा नफसौं
    उहाँले रुकुम पूर्वका जनतालाई सदरमुकाम विवादमा नफस्न आग्रह गर्दै यो झगडा जनताको नभई नेताको भएको बताउनुभयो । अहिले सदरमुकाम विवाद संवैधानिक अदालतमा छ, अदालतले जे फैसला गर्छ, त्यसलाई स्विकार गरौं, सदरमुकाम हुने ठाउँको विकास स्वभाविक ढंगले हुन्छ, अदालतले फैसला गरेपछि जहाँ सदरमुकाम हुन्न, त्यहाको विकासको जिम्मा प्रदेश सरकारले लिन्छ, तपाईहरु ढुक्क हुनुस्–उहाँले भन्नुभयो । उहाँले पूर्वाधार विकासले अब रुकुमले पछि परेको महशुस गर्ननपर्ने बताउनुभयो ।
    अर्गानिक जिल्ला बनाउन आग्रह
    मुख्यमन्त्री पोखरेलले सर्वदलीय छलफलमा रुकुम जिल्लालाई अर्गानिक उत्पादन जिल्लाको रुपमा विकास गर्न सबै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । अर्गानिक उत्पादनलाई जोड दिएर अघि बढ्दा रुकुमले धेरै फाइदा लिने उहाँले बताउनुभयो । अर्गानिक उत्पादनका लागि प्राविधिक र बजारीकरणका लागि प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले चुनवाङ–रुकुमकोट सडक निर्माणमा देखिएको समस्या समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
    सुविधासम्पन्न अस्पतालको गुरुयोजना बनाउन निर्देशन
    मुख्यमन्त्रीले रुकुमकोट जिल्ला अस्पतालको उद्घाटन गर्दै अस्पताल बिरामीको विश्वास जित्ने हुनुपर्ने बताउनुभयो । अस्पताल राम्रो भयोभने मात्रै उपचार गर्न आउनेको संख्या बढ्ने भएकाले सेवा प्रवाहको गुणस्तरलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो । उहाँले जिल्ला अस्पतालमा हुनुपर्ने न्युनतम सुविधा र पूर्वाधारको गुरुयोजना बनाउन निर्देशन दिनुभयो । पैसाको समस्या छैन्, प्रदेश सरकारले पूर्वाधारका लागि आवश्यक बजेट व्यवस्था गर्छ,त्यसबाट नागरिकले राम्रो सेवा पाउनुपर्छ–उहाँले भन्नुभयो । उहाँले अस्पतालले बिरामी भएपछि उपचार गर्ने मात्रै नभई बिरामी हुन नदिने गरी जनचेतना कार्यक्रम सञ्चालनमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

    Advertisement

    बिहिबार, मङि्सर ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल
    विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु
    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation