जीवन न्यौपाने, नवलपरासी ।“कृषि, पर्यटन, उद्योग र व्यापार राष्ट्र निमार्णको बलियो आधार” भन्ने मुल नारा सहित पश्चिम नवलपरासीको उद्योग बाणिज्य संघ सुनवल नवलपरासीको आयोजनामा मंसिर ५ देखि १५ गते सम्म सोमनाथ १ बजार परिसरमा हुने प्रादेशिक औधोगिक व्यापार मेला २०७६ को तयारि पुरा भएको छ । मेलाको उद्वघाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईद्वारा गरिने बुधवार आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारि गराइएको छ । नेपाल लगायत छिमेकि राष्ट्रहरुका उत्पादक, उपभोक्ता, बितरक, उद्योगि व्यवसायिहरु र निर्यातकर्ताहरुलाई एकै थलोमा जम्मा गरि स्थानिय तथा स्वदेशि सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु साथै लगानि तथा नयाँ प्रबिधि सम्बन्धमा आपसी जानकारी आदानप्रदान गर्ने उद्धेश्यले व्यापार मेलाको आयोजना गरिएको आयोजित पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले जानकारि दिए ।मेलामा १ सय ६५ स्टल रहेकोे र ती सबै स्टलहरु बुक भैसकेको समेत अध्यक्ष कर्माचार्यले जानकारि दिए । मेला स्थलको प्रवेशद्धार पे्रमको प्रतिकको रुपमा रहेको पाल्पाको रानिमहल दरबारको स्वरुपमा तयार पारिएको छ ।मेलामा प्रदेश ५ का सबै जिल्लामा उत्पादित कृषिजन्य बस्तुहरु, स्वदेशि उद्योगहरुका उत्पादित बस्तुहरु, अटोमोवाइल्स, आइटि, निमार्ण सामाग्रि, जडिबुटि, दैनिक उपभोग्य बस्तुहरु र हस्तकला तथा तयारी पोषाकलगायतका बस्तुहरु पर्दशनमा राखिने भएको छ ।त्यस्तै मेलामा स्थानिय तथा राष्ट्रिय कलाकार पशुपति शर्मा, रामजी खाँड, कुलेन्द्र बिश्वकर्मा, मेलिना राई, हेमन्त शर्मा, खुमन अधिकारी, प्रकाश सपुत, प्रिति आले, ज्योति मगर, जनगायक जीवन शर्मा, रमेश राज भट्टराई, रितु थापा, दुर्गेश थापा, एलिजा रेग्मी, सम्झना लामिछाने मगर, बैकुन्ठ महत, हास्य कलाकार राजा राजेन्द« पोखरेल, लगायत अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने छ । साथै बिभिन्न बिद्यालय तथा कलाकेन्द्रहरुको साँस्कृतिक कार्यक्रम, डाइनोसर पार्क, ट्यालेन्ट सो, बाल उद्यान, हात्ति सफारी, रथ यात्रा र जनजातिका घर तथा बिभिन्न परिकारहरु समेत मेलाका मुख्य आकषर्णमा रहने छन् ।
त्यसैगरि मेलामा खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको र प्रतियोगितामा सहभागि बिजेतालाई १ लाख १० हजार रुपैँया र द्धितिय हुनेलाई ६० हजार रुपैँया प्रदान गरिने छ । १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सो मेलामा करिव ७ करोड रुपैँया बराबरको कारोबार लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
सुनवल व्यापार मेलाको पर्यटनमन्त्रीले उद्वघाटन गर्ने,तयारि पुरा
सुनवल व्यापार मेलाको पर्यटनमन्त्रीले उद्वघाटन गर्ने,तयारि पुरा

Advertisement
तपाईको प्रतिक्रिया