• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, फागुन ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

लोकप्रिय समाचार

  • १. रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं : प्रचण्ड

  • २. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • ३. कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

  • ४. गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

  • ५. किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

  • ६. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ७. अछाम–२ मा राजेश रावलले उम्मेदवारी फिर्ता, भुपदेव शाहलाई पूर्ण समर्थन

  • ८. एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता

  • ९. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • १०. रुकुमको समग्र विकासका लागि उम्मेदवार बनेर आएँ : प्रचण्ड

प्यूठानको विकास सम्भावना


  •   मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
  • सञ्जय रिजाल । प्रदेश नम्वर ५ भित्रको विकट जिल्ला प्यूठान विकास र समृद्धिका अनेकन संभावनाहरु हुँदा हुँदै पनि गरिवी, विकटता, न्यून चेतना, लगायतका थुप्रै समस्याले ग्रसित छ । भौतिक पूर्वाधार विकासमा सहजता, उपयुक्त हावापानी, विभिन्न धार्मिक सांस्कृतिक गन्तव्य, चुनढुंगा लगायत विभिन्न ढुंगाहरुको खानी, नौमुरे लगायत विभिन्न जलविद्युत निर्माणको प्रचुरता, वहुमूल्य जडिवुटी, अल्लो उद्योग, हाते कागज, खेतीयोग्य झिम्रुक फाँट यस जिल्लाको विकास र प्रगतिका संवाहक हुन् । जिल्लाको मौसमी अनुकुलता, उत्पादनको संभावना र भौगोलिक वनावट हेर्दा यो जिल्लाको अधिकांश भूभाग महाभारत श्रृंखंलामा रहेको छ । यहाँको हावापानी लोभलाग्दो छ । तराइको जस्तो शितलहर, डुवान जस्ता समस्याले प्यूठानवासी पिरोलिनु पर्ने अवस्थामा छन् ।
    कृषितिर पशुपालन, फलफूल र अन्नवाली तिनवटै व्यवसायको संभावना भएको प्यूठान क्षेत्रगत विकासका तीनवटै आयामहरुमा एकसाथ अघि वढ्न सक्ने संभावनामा रहेको छ तर विडम्वना भन्नु पर्दछ आम जनतामा व्याप्त अन्धविश्वास, न्यून चेतना, गरिवी, हट्न सकेको छैन । खोलानालाको प्रचुरता छ तर अग्लो ठाउँमा पानी पुगन सकेको छैन । श्रमशक्तिको प्रचुरता छ तर स्थानीय स्तरमा रोजगकारीको अभाव हुँदा आम युवाहरु वेरोजगारीको पिडा समन गर्न वाध्य छन् । अर्को्तिर फलफूलहरु लटरम्म फल्ने टारहरु आफ्नो उर्वरताले मत्त छन् तर पाखुरीहरु फलफूल खेतीमा अग्रसर हुन सकेका छैनन् । किसानहरु खेती र किसानीमा जोतिन त जोतिन्छन् तर उन्नत विउँ विजन, नविनतम् प्रविधि तथा कृषिमा व्यवसायीकरण र आधुनिकीकरण नहुँदा आफ्नो मेहनतको अनुपातमा उत्पादन अभिवृद्धि गर्दै आफ्ना आवश्यकताहरु पूरा गर्न समर्थवान हुन सकिरेहका छैनन् ।
    युवायुवतीका पाखुरीमा सञ्चित उर्जा त्यसै खेर गइरहेछ । र्दुई चार लाखको जोहो गर्न सक्ने खाडी मुलुकमा दुःख गरिरहेका छन् । त्यो पनी नहुनेहरु आफ्नो उर्वर उमेरलाई अवसर, संभावनाको सहयोगमा समग्र जिवनको आधारसिला वनाउनुको साटो विकृति, विसंगती, विद्रोह तर्फ अग्रसर वनाउन वाध्य पारिएका छन् ।
    असिम सम्भावनाको उपस्थितिका वावजुद जिल्लाको विकास किन अपेक्षित रुपमा हुन सकेन ? जनताका आधारभूत आवश्यकताहरु सरल र सहज रुपमा पूरा हुन सक्ने वातवारण किन तयार हुन सकेन ? किन लामो समयदेखि प्यूठान कम विकसित जिल्लाको श्रेणीवाट उँभो लाग्न सकेन? यी प्रश्नहरु आज हामी सवै प्यूठानवासीका मन मनमा छन् । वास्तवमा विकास किन हुन सक्दैन त? धेरै मानिसको मुखबाट एउटै जवाफ आउँछ प्यूठानवासीले केन्द्र सरकारसम्म पहुँच पुग्ने नेता पाउन सकेनन् । यसो हुनुमा सत्तासिन राजनीतिक दलका कमजोर नेताले प्यूठानबाट प्रतिनिधित्व गर्दा जिल्लामा प्रयाप्त बजेट आउन सकेन बजेट नआएपछि कसरी विकास हुन्छ ? पछिल्लो समय छोटो अवधि बामदेव गौतम प्यूठानबाट प्रतिनिधित्व गर्दा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा गोविन्दराज पोख्रेलको कार्यकालमा विशेष गरी पूर्वाधार विकास योजनाहरुमा ह्वात्ते बजेट वृद्धि भएको देखिन्छ । यो घटनाले पनि के बुभ्mन सकिन्छ भने राजनीतिक तथा प्रशासनिक पहुँचका आधारमा नेपालमा बजेट विनिययोजन हुने गर्छ । प्यूठान त्यो अवसरबाट लामो समय बञ्चित हुँदै आइरहेको छ । अहिले पनि केन्द्र्रीय सत्ता राजनीतिमा प्रभाव पार्न सक्ने हैसियत भएका नेताहरु प्यूठानमा देखिदैनन् । यसरी जिल्लामा कम बजेट आउँदा यथोचित विकास हुन नसकेको यथार्थता हाम्रा सामु छलंङ्ग छ ।
    कम बजेट जिल्ला आउनु जस्तै अर्को कारण पनि छ विनियोजित बजेट दुरुपयोग हुने तथा योजना समयमै सञ्चालन तथा सम्पन्न नहुने । प्यूठान जिल्लाको महत्वपूर्ण पूर्वाधार विकासको रुपमा लिने गरिएको बाग्दुला भिमगिठे सडक निर्माणको काम अहिलेसम्म शुरु हुन सकेन । यो योजना निर्माण सम्पन्न भएमा प्यूठानदेखि उत्तरतर्फ समेत निकास जोडिने थियो । यो मार्गले विशेष गरी झिम्रुक र गौमुखी गाउँपालिकालाई चिरेर जाने भएकोले ती गाउँपालिकाको विकासमा पनि यो मार्गको महत्व छ । तर निर्माण चरणमा झण्डै प्रवेश गर्न लाग्दा अहिले योजना शुरु हुने नहुनेमा अन्यौलता देखिएको छ । यस्तै जिल्लाको दक्षिण पश्चिममा सारीको नहर कुलो पनि ३ दशकदेखि शुरु भए पनि अहिले सम्म सम्पन्न हुन सकेको छैन । यो योजना निर्माण सम्पन्न भएको भए । त्यो क्षेत्रको कृषि उत्पादकत्वमा कायापलट नै हुने देखिन्छ । योजना निर्माण सम्पन्न हुने आशामा बर्षोदेखि रहेका स्थानीयहरु अहिले निराश बन्न थालेका छन् । त्यस्तै पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बखत भारत सरकारले निर्माण गरिदिने योजनाको रुपमा रहेको नौमुरे जलविदुत योजना बेला बेलामा चर्चामा आए पनि त्यो योजनाको पनि निर्माण कार्य अगाडि बढ्न सकिरहेको छैन । यसो हुनुमा जिल्लाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु कमजोर भएका कारण पहुँच पुग्न नसकेको प्रमुखबस्यो । तर विगत दुई वर्षदेखि मुलुकको संघीय संरचना पुनसंरचना भएपछि स्थानीय तह अधिकारको हिसावले स्थानीय सरकारको रुपमा कहलिन थालेका छन् । स्थनीय तहका जनप्रतिनिधिहरु आवधिक रुपमा निर्वाचित हुने भएका कारण उनीहरुले जनमत अनुसार काम गर्छन् भन्ने सिद्धान्ततः अपेक्षा गरिन्छ । तर अहिले स्थानीय तहका कार्यक्रमप्रति जनताहरु त्यति धेरै सन्तुष्ट हुन सकिरहेका छैनन् । त्यसकारण जनमानसमा स्थानीय तहका नकारात्मक कुराहरु विभिन्न सञ्चार माध्यममा व्यापक रुपमा आउन थालेका छन् ।
    हामी निर्वाचित जनप्रतिनिधि । हामी स्थानीय सरकार । हामीले स्थानीय सरकार मार्फत शासन गर्ने हो । हामीले अरुको कुरा किन सुन्नुप¥यो ? भन्ने जस्ता गलत सोचाइबाट कतिपय जनप्रतिनिधिहरु ग्रस्त भएको देखिन्छ । स्थानीय तहका योजना तथा कार्यक्रमहरुमा विचौलीयाहरुको प्रभाव बढ्दो छ । यसले जनताको समस्या घटाउने भन्दा विचौलीयालाई फाइदा पु¥याउने गरी योजना बन्न थालेका छन् । यस्ता योजनाबाट आम सर्वसाधारण समेत अनभिज्ञ हुन थालेका छन् । स्थानीय तहका गतिविधिहरु पारदर्षि रुपमा सर्वसाधारणसम्म आउन सकिरहेका छैनन् । जिल्लाका अधिकांश स्थानीय तहहरुले अघिल्लो आर्थिक वर्ष गरेको कार्यक्रमको सर्वसाधारणलाई उपलव्ध गराउन सकिराखेका छैनन् । उनीहरुले वार्षिक प्रगति प्रतिवेदन आम सर्वसाधारणसमक्ष पु¥याउनु त परै जावस आप्mनो वेवसाइटमा राख्न सकिरहेका छैनन् । सर्वसाधारण जनताको स्वामित्व र अपनत्व रहन नसक्दा स्थानीय तहका योजना र कार्यक्रमहरु प्रभावकारी बन्न सकिरहेका छैनन् । बजेटको दुरुप्रयोग अनुगमन गरेर घटाउने प्रयत्न गररिए पनि त्यो प्रभावकारी हुन सकिराखेको छैन । हरेक विकास योजना जनताको पूर्ण सहभागितामा निर्माण भइ कार्यान्वयन हुन सके मात्र यसले राम्रो प्रतिफल दिन सक्छ । जनताले नै विकासका लाभ, हानीको विश्लेषण गर्दै विकासात्मक गतिविधि संचालन गर्ने सामाथ्र्य राख्ने बनाउन सके मात्र दिगो विकास सम्भव छ । विकासवाट प्राप्त हुने प्रतिफलको लाभ सवै जनताले समानुपातिक रुपमा प्राप्त गर्न सक्ने अवसर प्रदान गर्न जनप्रतिििनधिहरुको भूमिका महत्वपूर्ण हुनसक्छ ।
    प्यूठान जिल्ला विभिन्न स्रोतसाधनले सम्पन्न छ । खास गरी कृषि पशुपालनको प्रशस्त सम्भावना छ । उन्नत विउँ विजन, मल, प्रविधि, परामर्श सेवा, उपचार र वजारीकरणको उचित व्यवस्थापन हुने हो भने यहाँका कृषकहरुको उत्पादनसिल क्षमता अभिवृद्धि गर्न उल्लेख्य सहयोग पुग्ने देखिन्छ । यसका लागि जिल्लाका हरेक स्थानीय तहको संस्थागत क्षमता विकास गरी कृषकको सेवामा समर्पित गर्न जरुरी छ । कृर्षिको प्रर्वद्धनका लागि विभिन्न क्षेत्रमा ध्यान दिनु पर्ने हुन्छ ।
    माटो परीक्षण गरी माटोको गुणस्तरका आधारमा जिल्लाका कुन भुभाग कुन खेतीका लागि उपयुक्त छ पहिचान गरिनु पर्दछ । माटोको परीक्षण प्रतिवेदनका आधारमा जिल्लाका विभिन्न क्षेत्रलाई विभिन्न पकेट क्षेत्रका रुपमा प्रतिष्पर्धात्मक ढंगले विकास र प्रर्वद्धन गरिनु पर्दछ । जस्तै ः हंसपुर, ढुंगेगढी, तिराममा अदुवा खेती, बाझिपुरमा बदाम खेती, बुक्तिचौरमा आलु खेती, स्याउलिवाङमा प्यूठानी रातो मुलाको खेती, मर्कावाङ, गुरुङगाउँ, रम्दीमा टमाटर खेती, वर्षे सिजनमा भिरालो जग्गामा बन्दा गोभी खेती लगायत विभिन्न फलपूmल तथा नगदे वाली खेतीको विकास गर्न सकिन्छ । पशुपालन प्रशस्त भएकोले यहाँ अर्र्गािनक तरकारी खेती गर्न सकिने प्रशस्त सम्भावना छ ।
    यहाँका विभिन्न भूभागहरु कफि, दाते ओखर किवि, एभोकाडा, वोधीचित्त, श्रीखण्ड लगायतका संभावनायुक्त वृक्षको खेतीका लागि उपयुक्त छ । यस्ता विभिन्न सम्भावनाहरु तर्फ कृषकहरुलाई आकृष्ट गर्न सक्दा जिल्लाले कृर्षिमा नयाँ फड्को मार्ने संभावना देखिन्छ ।
    सवै खालका पशु सवै घरपरिवारले पाल्ने, सवैखालको खेती सवै घरपरिवारले गर्ने परम्पराले हामी पशुपालनलाई व्यवसायीकरण गर्न सकिरहेका छैनौं । कृषिका साथै पशुपालन व्यवसायको संरचनामा सुधार गर्न जरुरी छ । यसका लागि एक गाउँ, एक उत्पादन । एक घरपरिवार एक व्यवासयको अवधारणा उपयुक्त हुन सक्दछ । पशुपालको दृष्टिले हेर्दा जिल्लामा बाख्रा पालनको सम्भावना राम्रो देखिन्छ ।
    जिल्लाका विभिन्न क्षेत्रमा हाते कागज, अल्लो उद्योग, सावुन उद्योग, दालमोठ लगायतका घरेलु उद्योगको उत्पादन सामान्य रुपमा हुन सके पनि व्यापक रुपमा हुन सकिरहेको छैन । जिल्लावाट ठूलो मात्रामा निकासी हुने वहुमूल्य जडीवुटीहरु अदुवा, टिमुर, दालचिनी, चिराइतो रिठा लगायतका वस्तुहरुको प्रशोधन गरी वेच्दा कृषकहरुले राम्रो मुनाफा लिन सकिने अवस्था छ तर यस तर्फ आवश्यक ध्यान पुर्याउन नसक्दा जिल्लाका स्रोतसाधन न्यूनतम लागत मूल्यमा निर्यात भइरहेको छ ।
    जिल्लामा भौगोलिक रुपमा मनोरमयुक्त क्षेत्रहरु र सामाजिक सांस्कृतिक रुपमा विधितापूर्ण अवस्था रहदा रहदै यसको विकास र प्रर्वद्धन हुन सकिरहेको छैन । स्वर्गद्धारी, गौगौमुखी, ऐरावती जस्ता धार्मिक आस्थाका केन्द्रहरु र भित्रिकोट जस्ता ऐतिहासिक स्थलको समुचित प्रचारपप्रसार गरी पर्यटन प्रर्वद्धन गर्न सकिन्छ ।
    कुनै बेला साविकको राप्ती अञ्चलमै शिक्षा क्षेत्रमा अगाडि रहेको प्यूठान जिल्ला विकासका अन्य पूर्वाधारमा पछि परे जस्तै शिक्षा क्षेत्रमा पनि पछाडि परेको छ । सरकारी वेवास्ताका कारण प्यूठानमा अहिलेसम्म सरकारी क्याम्पस अहिले सम्म छैन । आधारभूत तथा माध्यमिक शिक्षाको पनि यथोचित विकास हुन सकिरहेको छैन । सवैले प्रयत्न गर्ने हो भने जिल्लाको शैक्षिक अवस्थालाई पुनः सुधार्न सकिन्छ ।
    स्वास्थ्य नै धन हो । असल स्वास्थ्य विना नत वालकको स्कूलमा पठनपाठन राम्रो रहन सक्छ । नत पेशाकर्मीहरुले आफ्नो पेशालाई अव्वल वनाउन उल्लेख्य योगदान गर्न सक्छन् । नत किसानले आफ्नो खेती किसानी राम्ररी संचालन गर्न सक्छ । यसरी स्वास्थ्य सवै कुराको आधार हो । तर हामीले नत गर्भमा रहँदा, नत जन्मदा, नत हुर्कदा र वढ्दा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति पाउन सकेको अवस्था छ । यस अवस्थाले स्वस्थ वालकको जन्म सुरक्षित रुपमा भइ पोषणयुक्त खानाको प्रवन्धवाट उचित रुपमा हुर्कन वढ्न पाउने वातावरण वन्न सकेको छैन । अत ः जिल्लाका हरेक वडामा स्वास्थ्य संस्था स्थापना हुन आवश्यक छ । जिल्ला अस्पताल आफै विरामी परेको अवस्था छ । यो अस्पतालमा अहिले चिकित्सकको मात्र होइन औषधिको समेत अभाव देखिन थालेको छ । स्वास्थ्य विमा गरेकाहरु पनि सहज तरिकाले औषधि प्राप्त गर्न सकिरहेका छैनन् । यसलाई बेलैमा सुधार्न आवश्यक छ ।
    प्यूठान जिल्ला असिम संभावनाले युक्त छ । आम जिल्लावासीहरुमा विकासप्रति केही निरासा देखिए पनि त्यो निराशालाई चिर्न स्थानीय तहका जनप्रतिधिहरु कम्मर कसेर लाग्नुपर्दछ । विकासमा आम सर्वसाधारणलाई सामेल गराएर उनीहरुको सहभागीतामा विकास निर्माणका काम अगाडि बढाउन सके मात्र त्यो विकास गुणस्तरीयका साथै दिगो पनि हुन्छ । स्थानीय तह अहिले स्थानीय सरकारकै रुपमा अगाडि बढेका कारण सर्वधारणको जनजीवनलाई सहज बनाउन उनीहरुले विभिन्न नीतिगत निर्णय पनि गर्न सक्छन् । सर्वसाधारणका हर संवेदनासँग आफूलाई एकाकार गर्न जनप्रतिनिधि अग्रसर हुनुपर्दछ ।
    लेखक:प्युठानको माण्डवी समाचार साप्ताहिकका प्रकाशक/सम्पादक हुनुहुन्छ।

    Advertisement

    मङ्गलबार, असोज २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल
    रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता
    एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड
    एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्रका ४२ प्रतिवद्धता
    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    लोकप्रिय

    • १.
      रुकुमबाट विकास र समृद्धिको विगुल फुक्छौं :

    • २.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • ३.
      कोरामा उम्मेदवार, घरदैलोमा छोरीहरू

    • ४.
      गुल्मीमा निर्वाचनअघि पर्याप्त मौज्दात राख्न प्रशासनको निर्देशन

    • ५.
      किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५०% कृषि

    • ६.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    भर्खरै

    • १.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • २.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ३.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ४.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    • ५.
      कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

    • ६.
      ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

    • ७.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

    • ८.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation