• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

लोकप्रिय समाचार

  • १. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • २. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ८. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ९. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

महरा प्रकरणमा सुर्य थापाको टिप्पणी:’कसले हो मंगले आफ्नै ढंगले’


  •   शनिबार, असोज १८, २०७६ मा प्रकाशित
  • श्री कृष्णबहादुर महरा –
    सभामुख पदासीन सम्माननीय ! उहाँलाई प्रधानमन्त्री, उपराष्ट्रपति र राष्ट्रपति तीन पदले पर्खिरहेको मानिन्थ्यो । रोल्पाली हुनुको विरासतले उहाँ छिटोछिटो उकालो चढेर पूर्ववर्ती माओवादी केन्द्रमा सबैभन्दा धेरै अवसर पाउन सफल हुनु भयो । उपराष्ट्रपति पुन, अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबाहेक उहाँले वरिष्ठ हैसियतवाला राजकीय जिम्मेवारी सम्हाल्ने र पार्टीको महासचिवसमेत बन्ने अवसरहरु पाउनु भयो । कहिलेकाहीँ मान्छेहरूले टिप्पणी गरेको सुनिन्थ्यो- उहाँ क्षमता र भूमिकाभन्दा धेरै माथि पुग्नुभयो ! कतिबेला दुध उम्लिएर अगेनामा पोखिएजस्तो स्थिति आउने हो ! त्यस्तो भनेको सुन्दा व्यक्तिगत पूर्वाग्रहको तितो यसरी ओकलेको होला भन्न सकिनेजस्तै लाग्दथ्यो । विनम्र, शालीन र भद्र महरा माओवादी आन्दोलनले विकास गरेको एकजना देखाउनलायक पात्र मानिनुहुन्थ्यो ।म उहाँको व्यक्तिगत रूपमा ठूलो प्रशंसक नै थिएँ । कहिलेकाहीँ लाग्दथ्यो- रोल्पा रुकुमले माओवादी जनयुद्धमा चुकाएको बलिदानको मूल्यमा उहाँ प्रचण्ड कमरेडपछि कुनै दिन प्रधानमन्त्रीको सहज दावेदार पनि बन्न सक्नुहुन्छ होला !तर उहाँको मूलतः २०५२ पछि रकेट स्पिडमा उकालो लागेको व्यक्तित्व छङ्गाछुर भीरबाट खुर्मुरिएर त्रिशुलीमा दुर्घटनामा परेजस्तै पो हुनपुग्यो । उहाँ किन यस्तो हुनुभयो ? केही दिनयता उहाँप्रति प्रकट तीब्र रोषको कारण केवल रोशनी मात्र अवश्य होइनन्। रोशनी बाह्य प्रमुख कारक त हुन् नै । उनले बोलेको कुरा बदलून वा नबदलून ? त्यसको कुनै अर्थ अब हुँदैन। यस प्रकरणमा ‘सम्माननीय’ महराको असामयिक पतन ठूलो क्षति र क्षोभको विषय हो । यो प्रकरणमा उहाँको नाम जोडिएको क्षणदेखि नै म स्तब्ध भएको छु । र , धेरैलाई पत्याउनै गा-हो परेको छ ।
    तर उहाँले सभामुख पदबाट राजीनामा दिँदा प्रयोग गरेको भाषा र काइते शैली तथा सांसद पदबाट राजीनामा दिन पार्टी सचिवालयले निर्देशन दिइसकेको स्थितिमा पनि यतिका दिनसम्म गरिरहेको अवज्ञा, अटेरी र ढिट प्रदर्शन किमार्थ मान्य छैन । र, मान्य हुन पनि सक्दैन । सबभन्दा टिठलाग्दो कुरा त महराको यस पतनसॅगै सति जान तम्सिनेहरूको संविधान, कानुन र सामाजिक मर्यादाविपरितको क्रियाकलाप बनेको छ । महराले आफै यो खाडल खनेको तिनीहरूले किन बुझिरहेका छैनन ? जबकि तथ्य, प्रमाण र वारदातले महराको पक्षपोषण गर्ने कुनै ठाउँ बाँकी छैन । नेकपाको सचिवालयले त्यस्तो ठाउँ हुँदाहुँदै उहाँलाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन निर्देशन किन गर्नुपर्थ्यो र ! छानविन र फौजदारी कारबाहीबाट उहाँले सफाई पाउनुहोला ?
    ०.००१ प्रतिशत मात्र पनि त्यस्तो संभावना देखिँदैन ।
    यो नियति कसैको कारणले होइन, उहाँकै आचरण र क्रियाकलापको परिणामले निम्त्याएको हो । अर्थात्, कसले हो मंगले आफ्नै ढंगले भनेजस्तो ! यो राजनीतिक मतान्तरको विषय भए पो पक्षविपक्ष र न्यायअन्याय भनिकन तर्कबहस गर्न सकिन्छ ! यो त फौजदारी अपराध हो । अपराधको प्रतिरक्षा, ढाकछोप र पैरवी सभ्य मानिसहरूलाई सुहाउदैन !अरूतिर जबर्जस्ती औला तेर्स्याएर त झनै उन्मुक्ति पाउन संभव छैन । किनभने, हरेकले आआफ्नै कर्मको परिणाम भोग्नु अनिवार्य छ !

    Advertisement

    शनिबार, असोज १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • २.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • २.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ३.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ४.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ५.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ६.
      सल्यानमा बोलेरो दुर्घटना, तीन जनाको मृत्यु

    • ७.
      धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    • ८.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation