• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ४. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ५. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ८. उदयपुरमा ट्रक–मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

  • ९. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • १०. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

‘स्वर्गको ढोका’:आहा! क्या राम्रो स्वर्गद्वारी


  •   बुधबार, असोज १५, २०७६ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान।‘स्वर्गद्धारी’ आएपछि मनै फुरुङ्ग हुन्छ । मनले शान्त अनुभव गर्छ,’ ‘शान्त र सुन्दर वातावरण, शितल मौसम, आँखैमा ठोक्किने हिमाली श्रृंखला, गुफा, मन्दिरले मन तानिरहन्छ ।’ ’स्वर्गद्धारी’ जाने भनेपछि जो कोही हुरुक्क हुन्छन् । स्वदेशी वा विदेशी, स्वर्गद्धारीले दिनहुँ नयाँ पाहुना भेट्टाइरहेको हुन्छ ।एकपटक पुगेपछि फेरि जाउँ जाउँ लाग्ने, पुगेर उतै बसिरहुँ जस्तो लाग्ने स्वर्गद्धारी पुग्नेहरु स्वर्गीय आनन्द लिन्छ्न।यहाँ पुगेर फर्कनेहरु भन्छन,स्वर्गद्वारी ‘स्वर्गको द्धार’ जस्तै लागेको छ।पहाडको टाकुरामा वरिपरि जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भनिन्छ । नाम सुन्नेहरुलाई लाग्छ ‘एकपटक पुग्नैपर्छ। ‘स्वर्गद्वारीलाई पहिल्यै स्वर्गको लेक भनेर पनि चिन्ने गरिन्थ्यो।’ स्वर्गद्वारी समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा छ। बिहानीपख धौलागिरी, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृंखलाहरू यहाँबाट स्पष्ट दृश्वालोकन गर्न सकिन्छ।नेपालका सात धाममध्ये एक हो स्वर्गद्वारी। जहाँ सयौं बर्ष देखि बैदिक संस्कार बाँचिरहेको छ। पशुपतिनाथबाट सुरु हुने धार्मिक यात्राको अन्तिम बिन्दुका रुपमा स्वर्गद्वारीलाई लिईन्छ।हिन्दु धर्मावलम्बीमा विश्वास छ, सात धामको दर्शनपछि स्वर्ग पुगिन्छ।धर्मलाई नै विश्वास गर्ने हो भने प्युठानको पवित्र तीर्थस्थल स्वर्गद्वारी नपुगेसम्म हिन्दुहरुको तिर्थयात्रा नै पूरा हुँदैन। त्यसैले हरेक बर्ष लाखौ तिर्थयात्री स्वर्गद्धारी पुग्छन।जस्ले लाखौलाई ‘स्वर्ग तारेको’ छ। स्वर्गद्धारीले प्युठानको परिचय दिएको छ। स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ स्थित खालमा स्वर्गद्वारी आश्रम छ। हिन्दू धर्मावलम्बीहरूले गर्ने सबै खालका पूँजा स्वर्गद्वारीमा हुने भएकाले पनि पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारीको महत्व पनि बढ्दै गएको छ। नेपाल जस्तै भारतमा पनि यस्को उत्तिकै महत्व छ।भारतबाट बर्षेनी ठूलो संख्यामा यहा धार्मिक पर्यटक भित्रन्छन। मन्दिरमा पुगेर पूजाअर्चना गरेपछि स्वर्ग पुगेजस्तै अनुभूति हुने भएकाले नै आकर्षण दिनानुदिन बढ्दै गएको हो। ‘स्वर्गद्वारीमा पर्यटकको संख्या बढ्दो छ’, आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले भने, भारतीय पर्यटकले चढाएको भेटी यहाँको प्रमुख आम्दानीको स्रोत हो।आश्रम व्यवस्थापन समितिका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली पर्यटक स्वर्गद्वारी दर्शनका लागि आउँछन्। आन्तरिक र बाह्य गरी बर्से्नि करिब ३ लाख पर्यटक स्वर्गद्वारी घुमफीर गरि फर्कने गरेको आश्रम व्यवस्थापन समितिले बताएको छ।

    Advertisement

    के के छ स्वर्गद्धारीमा ?

    स्वर्गद्धारीको प्रवेश मुलद्धारमा स्वर्गद्धारी आश्रम अनी त्यसै द्धारको दायाँ तर्फको भित्तामा श्री १०८ महा प्रभुले रचना गरेको श्लोक आश्रममा पालना गर्नुपर्ने सर्त वा नियम उल्लेख गरिएको छ । यहाँ प्रभु गुफा अर्थात महाप्रभुको समाधी भव्य रुपले वनाइएको छ । यसै माथी शिवलिङ्ख स्थापना गरिएको छ । उत्तर मुलढोकामा भएको सो मन्दिर अगाडि महाराज श्री १०८ नर्मदानन्दको सक्रियतामा लघुरुद्धी , वेदपाठ गर्न धमशालाको निमार्ण गरिएको छ । यस क्षेत्रमा यज्ञशालाको माझमा ठुलो हवनकुण्ड रहेको छ । भनिन्छ त्यहाको आगो महाप्रभुले आफनो मन्त्रको प्रभावमा प्रज्वलित गनुभएको भन्ने विश्वास रहेको छ । विशेष गरेर यहाँ सामूहिक रुपमा पूजारीहरुले एकसाथ वेदोच्चरणका साथै पुजाआरधाना र यज्ञ गर्न गर्छन् ।
    वेदमन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीकोे प्रमुख आकर्षण हो। १९५२ सालदेखि उक्त यज्ञकुण्ड अहिलेसम्म पनि निरन्तर बलिरहेको छ। स्वर्गद्वारी महाप्रभुले पूजा सामग्री फेला पारी आश्रम निर्माण गरेको इतिहास छ। उक्त पूजा सामग्री पाँच पाण्डवले यज्ञ गर्दाको हो भन्ने किंवदन्ती छ। विशेषतः वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्तिलगायत पर्वमा यहाँ ठूलो मेला लाग्छ। अन्य समयमा पनि दैनिक पूजापाठ र मेला भइरहेका हुन्छन्।ऐतिहासिक एवं मनोरम तलाउ, पाँच पाण्डव, स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गरेको गुफा, १९५२ सालदेखि अनवरत सञ्चालित वेदपाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका सयौं गाई, विभिन्न आकृतिका मठमन्दिर, आश्रम यज्ञशालाको दक्षिण भूभागमा अवस्थित ठूलो बाँझको वृक्ष नै धर्मावलम्बीका लागि मुख्य आकर्षण हुन्।वैशाख पूर्णिमाको दिन आश्रममा सञ्चालन हुने अखण्ड महायज्ञमा आवश्यकताअनुसार ब्राह्मणहरू परिवर्तन गर्ने प्रचलन छ। सोही दिन वर्षभरका लागि विभूतिसमेत निकाल्ने गरिन्छ। स्वर्गद्वारीमा पुगेर पूजापाठ र मठमन्दिरको अवलोकन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ।

    स्वर्गद्धारी पुगेपछी के खाने कहाँ बस्ने?

    स्वर्गद्धारी पुग्ने जो(कोहीलाई खाना तथा बस्नका लागि आश्रमको ब्यबस्था छ ।आश्रम व्यवस्थापनले रातको समयमा बाँस बस्ने तीर्थयात्रीलाई सुरक्षाको लागी आश्रम परिसरमै व्यवस्थित धर्मशालाको व्यवस्था मिलाएको छ। आश्रम परिसरभित्र धूमपान र मद्यपान निषेध छ। सोलार जडान गरेपछि चिसोतातो पानीको समेत व्यवस्था मिलाइएको छ। चिसो मौसममा भक्तजनलाई अग्र्या्निक साग, गाईको दूध, दही र मही नै यहाँको प्रमुख ‘खानकी’ हो। गत चैतदेखि फ्री वाइफाईको समेत व्यवस्थापन गरिएको छ। कात्तिकदेखि माघसम्म स्वर्गद्वारीको खाली जग्गामा धेरै जग्गामा साग रोपिने गरिन्छ। यही साग नै तीर्थयात्रीका लागि तरकारी हो। बृहत् मात्रामा लगाइएको सागबारी पनि यहाँको अर्को आकर्षण बनेको देखिन्छ।

    यसरि पुग्न सकिन्छ स्वर्गद्धारी ?

    स्वर्गद्वारी पुग्न दुई वटा सडक प्रयोग गर्न सकिन्छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट प्युठानको भिंगृ हुँदै र दाङको घोराही हुँदै होलेरी सडकबाट यहाँ पुग्न सकिन्छ।भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर (स्वर्गद्वारी गेट) भिंगृमा पुग्नुपर्छ। भिंगृबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। धरमपानीबाट झन्डै डेढ किलोमिटर सिँढीबाट उक्लनुपर्छ।पैदल हिँड्न नसक्नेहरूका लागि निश्चित शुल्क तिरेर घोडा सवारीको पनि व्यवस्था छ। भारतीय तीर्थयात्री भिंगृबाट पैदल हिँडेर स्वर्गद्वारी जान मन पराउँछन्। पैदल हिँड्नेहरूका लागि भिंगृबाट स्वर्गद्वारी आश्रममा पुग्न चार घण्टा समय लाग्छ। पैदल बाटो भएर हिड्दा यात्रुको सास बढ्नु र फतक्क गोडा गल्नु अस्वभाविक देखिन्न । तै पनि स्र्वगद्धारीको आश्रमको ढोकामा पुग्दा स्वत स्फूती पैदा हुन गई शान्तमय वातावरणमा वेदध्वनिले गुञ्जनले आत्मामा शान्ति प्रवाहित हुन्छ । सडक सुविधा नहुँदा धेरैजसो पर्यटक पैदल हिँडेरै स्वर्गद्वारी मन्दिर पुग्ने गर्दथे। घोराही–होलेरीबाट स्वर्गद्वारी पुग्न ५६ किलोमिटर यात्रा गर्नुपर्छ। होलेरीसम्मको सडक कालोपत्रे भइसकेको छ। धेरैजसो पर्यटक यो सडक अवरुद्ध हुने भएकाले भालुवाङ–भिंगृ सडकलाई नै रोजाइमा पार्ने गर्छन्। भिंगृबाट स्वर्गद्वारी जाने कच्ची सडक कालोपत्रे भएपछि करिब ९० प्रतिशत तीर्थयात्री यही सडक भएर स्वर्गद्वारी पुग्ने सहायक कोठारी न्यौपाने बताउँछन्।

    के के छन स्वर्गद्धारीका सास्ती?

    अझै पनि सोचेअनुसार स्वर्गद्धारीको बिकास हुन सकेको छैन। आधारशिविर भिंगृदेखि स्वर्गद्वारी धरमपानीसम्मको कच्ची सडक कालोपत्रेको प्रक्रियामा गएपछि दर्शनार्थीमा केही आशा पलाएको छ। केही वर्ष्भित्रमै सडक कालोपत्रे भइसक्ने सरोकारवाला निकायले बताएका छन्। सिँढी निर्र्माणको काम सकिएको छ। धरमपानीमा भक्तजनको सौजन्यमा गेट बनाईएको छ । धरमपानीको धर्मशाला निर्माण अलपत्र छ। साविकको जिल्ला विकास समितिमार्फत सयौंको संख्यामा भक्तजनलाई राख्न सकिने क्षमताको धर्मशाला निर्माण थालिए पनि पूरा हुन सकेको छैन।निर्माण हुन नसक्नुको कारण ठेकेदारको लापरवाही मान्छ आश्रम । दैनिक चार सय भक्तजन अट्न सक्ने धर्मशाला आश्रम परिसरमा पहिल्यै बनेको छ। भक्तजनलाई चारपाँच दिन राख्ने खालको वातावरण अझै पनि स्वर्गद्वारीमा बन्न सकेको छैन। अहिले पर्यटक आधुनिक शैलीमा पनि रमाउन चाहन्छन्। आश्रम क्षेत्रमा गार्डेन, चिल्डेन पार्क, प्रभु हिँडेको बाटोमा प्रभु पाइलालगायत संरचना बनाउनुपर्ने आवश्यकता देखिएको सहायक कोठारी न्यौपानेले सुनाए। ‘स्वर्गद्वारीको गुरुयोजना बनेको छ’, उनी भन्छन्, ‘योजना बन्यो। तर, संरचना निर्माणमा पैसा आएन।’स्थानीय सरकारले स्वर्गद्वारीको विकासमा सोचेअनुसार अपनत्व नलिएको उनको गुनासो छ। स्वर्गद्वारी नगरपालिकाले सडक निर्माणमा पहल थालेको छ। लाखौंको संख्यामा भक्तजन पुगे पनि अहिलेसम्म स्वर्गद्वारीको व्यवसायीकरण हुन सकेको छैन। स्वर्गद्वारीलाई नै आधार बनाएर थुप्रै व्यापार व्यवसाय सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छन्। स्वर्गद्वारी पुगेर लैजाने मायाको चिनो छैन। जिल्लावासीले यसबाट प्रत्यक्ष लाभ लिन नसकेको सरोकारवालाहरू सुनाउँछन्।भारतीय पर्यटक स्वर्गद्वारीमा एक दिन पनि बस्दैनन्। आश्रम व्यवस्थापनले दुईचार श्रम व्यवस्थापनले दुईचार दिन बस्ने वातावरण बनाउनुपर्ने देखिन्छ।
    स्वर्गद्वारीसँगै छिमेकी जिल्ला गुल्मीको रेसुंगा, रिडी, अर्घाखाँचीको सुपादेउरालीलाई केन्द्रित गराएर पनि पर्यटकलाई यही बाटो हिँड्ने वातावरण गराउन सकिन्छ, जसले गर्दा यस रुटमा पर्ने धेरै क्षेत्रको विकास हुन सक्छ। लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–ढोरपाटन–मुक्तिनाथलाई पर्यटन ‘रुट’का रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको पर्यटन बिज्ञको मत छ।

    बुधबार, असोज १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ४.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ५.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • २.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    • ३.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • ४.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ५.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ६.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ७.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ८.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...