समाजबादी पाटिको प्युठान जिल्ला अधिबेशन सम्पन्न( यस्तो छ नया कार्यसमिती)

राम बहादुर बिश्वकर्मा,प्युठान । संघिय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको समाजवादी पार्टीको प्युठान जिल्ला अध्यक्षमा श्याम गहतराज चयन हुनुभएको छ । पार्टी एकतापछि मंगलबार जुमृमा भएको प्रथम अधिबेशनले गहतराजको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।त्यस्तै उपाध्यक्षहरु – केशब के.सि.,बिजय गुरुङ ,खिमा के.सि.,सचिबमा प्रकाश सुबेदी,उप सचिब -चित्र बहादुर बस्नेत ,कोषाध्यक्ष -श्रीराम पोखे्रल र सदस्यहरुमा -सिद्धिमान के.सि., शारदा बि.क.,सोनु कुमार सुनार, गिता खड्का,किरण नेपाली,युवराज पोखे्रल, सुबाश सुनार,साबित्रा परियार,शुसिल सुनार,मोहन गिरी ,प्रकाश बस्नेत ,मनोज सुबेदी,केशब जि.सि.,चुमानसिङ घर्ति मगर,नारायण जि.सि.,रमेश बस्नेत ,शुसिल गुरुङ र शिब बहादुर पुन लगायत चयन भएका छन। अधिबेशनमा प्रमुख बक्ताको रुपमा सम्बोधन गर्दै समाजबादी पार्टीका केन्द्रिय उपाध्यक्ष एवं पुर्व सांसद नबराज सुबेदीले २०६२ -२०६३ पछिको राजनीतिक परिवर्तन पश्चात समृद्धि ,सुशासन,समाबेशीता र समुन्नत समाजवादको कार्यदिशालाई कार्यान्वयन गर्न समाजवादी पार्टी निर्माण भएको बताउनु भयो ।उहाले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण समानुपातिक निर्वाचन प्रणाली र कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने जिकिर समेत गर्नुभयो । भ्रष्टाचार देशको ठुलो सामाजिक समस्या रहेकाले यस्को अन्त्यका लागी समाजवादी पार्टीले संकल्प गरेको बताउदै समाजवादी पार्टीका कार्यकर्ता उत्पादन र श्रमसंग जोडिनु पर्ने सुबेदिको भनाई छ । त्यस्तै पार्टीका केन्द्रिय सदस्य तथा वन तथा वाताबरण बिभाग प्रमुख तथा जिबिस पुर्व सभापति कर्णध्वज के.सि. ले एन.सेल प्रकरणमा ठुला दल मुछिनु लज्जास्पद भएको भन्दै के सि ले सरकारमा कम्युनिस्ट नभई कमाउनिस्ट मात्रै भएको बताउनुभयो । ‘सरकारमा सिद्धान्त,विचार र नैतिकताबाट च्युत भएका कमाउनिस्ट छन्,उहाले भन्नुभयो,’अनुशासनहिनता र अराजकता बढिरहेका बेला देशमा समाजवादी पार्टीको विकल्प छैन।’पुराना र आफूलाई ठुला दल भन्नेहरु पनि समाजबादी पार्टीको लाईनमा रहेको उहाको भनाई थियो । शक्ति र परम्पराबादी सोचबाट देश कुनैपनि हालतमा परिबर्तन हुन नसक्ने दाबी गर्दै केसिले समाजबादी पार्टीको नेतृत्व र एजेण्डाबाट मात्र देश समृद्धि बनाउन सकिने दाबी समेत गर्नुभयो।के सि ले सरकारमा कम्युनिस्ट नभई कमाउनिस्ट मात्रै भएको बताउनुभयो ।‘उत्पादन तथा स्वरोजगार प्रमुख हरि रिजालले कम्युनिस्ट–कांग्रेस भनेका मक्किसकेका घरको संज्ञा दिदै भन्नूभयो ‘ती दुवै एकदिन गर्लम्म ढल्छन्,’, ‘कम्युनिस्ट नामको सरकार भ्रष्टाचार र लुटपाटमा लागेको उहाको आरोप छ।’ सिद्धान्त, विचार र नैतिकताबाट च्युत भएका कमाउनिस्टहरुले सरकार चलाईरहेकोले मुलुकले फड्को मार्न नसकेको उहाले तर्क गर्नुभयो।उहाले सविधान संशोधनसँगै उत्पिडित जाति, क्षेत्र लिंगका लागि सडक संघर्ष गर्ने चेतावनी समेत दिनुभयो ।कार्यक्रममा ५ नं प्रदेश सह इन्चार्ज कमल खनाल ,नबिन सुनुवार मुख्य सचिव यज्ञ पोखे्रल,केन्द्रिय सदस्य नारायण खनाल ,मनिकर कार्की ,जि.यस. गुरुङ , कमला बिश्वकर्मा र जेद बहादुर घर्तिले समेतले आ–आफ्नो मन्तव्य ब्यक्त गर्दै कार्य समितिलाई बधाई समेत दिएका थिए।दान बहादुर बस्नेतले कार्यक्रमको अध्य्क्षता रहेको कार्यक्रममा बोल्दै नबनिर्बाचित अध्यक्ष श्याम गहतराजले ‘पार्टीको बिचार र सिद्धान्त अनुसार पहिचानलाइ स्थापना गर्न लागिरहने प्रतिबद्धता ब्याक्त गरे ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...