महराले दिए सभामुख पदबाट राजिनामा

कामनाडेलि,काठमाडौं।सहकर्मी महिलामाथि यौन दुर्व्यबहारको संगिन आरोप लागेका संघीय सांसदका  कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्।उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिएका हुन् । महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको उल्लेख गरेकाछन। उनले भने,‘मेरो चरित्रमा गंभीर प्रश्न उठाई आरोप लगाइएको छ, संक्षिप्त राजिनामा पत्रमा भनिएको छ,’यसको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको छु।’ नैतिकताको आधारमा आफूले आजको मितिबाट अनुसन्धान नसकिदासम्मको लागि राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख गरिएको छ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आज बसेको सचिवालय बैठकले सभामुख मुछिएको घटनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर महराले जबरजस्ती गरेको खबर बाहिरिएपछि सभामुख बिबादमा मुछिएका थिए ।आरोप झुट्ठो भएको बताउदै महराको निजि सचिबालयले सोमबार अबेर राती प्रेस बिज्ञपति मार्फत खण्डन समेत गरेको थियो। यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...