२५ लाखको अवैध केराउ बरामद,३ ट्याक्टर नियन्त्रणमा

सागर थापा/ महेन्द्र सिंह,बाँके।बाँकेको नरैनापुरबाट भारततर्फ अवैधरुपमा पैठारी गर्न लागिएको डेढ सय क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ जमुनी नजिकै चेकजाँचका क्रममा तीन वटा ट्रयाक्टरमा लैजाँदै गरिएको २ सय ९९ बोरामा रहेको १ सय ४९ दशमलब ५ क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको हो।सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटरका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीका अनुसार  सशस्त्र प्रहरी बल नेपाल वि.ओ.पी गंगापुरबाट सशस्त्र प्रहरी निरिक्षक सन्तोष खरेलको नेतृत्वमा गएको प्रहरी टोलीले भे.१.त. ५०१२, भे.१.त.९७५४ र भे.१.त. ७४७५ नम्बरको ट्रयाक्टरबाट बिल विजक विना नै भारततर्फ लैजाँदै गरेको पच्चीस लाख सत्चालिस हजार पाँच सय रुपैयाँ बराबरको सेतो मटर बरामद गरेको हो । विशेष सूचनाका आधारमा यत्ती ठूलो परिमाणमा अबैध केराउ बरामद गरिएको हो। प्रहरीलाई देख्ने वित्तिकै ट्रयाक्टर चालकहरु ट्रयाक्टर छोडेर भागेका थिए । केराउ सहित तीन वटै ट्रयाक्टरलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाहामा बुझाइएको सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिनुभएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...