काठमाडौं। विप्लव समुहले घोषणा गरेको बन्दको असर उपत्यका बाहिर केही मात्रामा परेको छ । बन्दको त्रास फैलाउन विप्लव समुहले हिजो रातिदेखि नै बम विष्फोट र आगजनी गरेका छन् ।नुवाकोट ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएका हुन् । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेको प्रहरीले बताएको छ ।त्यस्तै रौतहटको वडा कार्यालयमा पनि अज्ञात समूहले बम विस्फोट तथा आगजनी गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा मंगलबार मध्येरातमा आगजनी भएको छ। आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वाड अध्यक्ष रवि देबकोटाले जानकारी दिए।यद्यपी आगजनीबो जिम्मेवारी कसैले लिएका छैनन् । आज घोषणा गरेको बन्दको कारण प्रभाव देखाउन आगजनी विप्लब समूहले गरेको हुन सक्ने स्थानीयको आशंका छ।
Advertisement