• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २५, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ३. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

गुल्मीका पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत राहत पुर्याईयो


  •   सोमबार, साउन १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतिमा गएको पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत राहत सामाग्री पठाएको छ । पहिरोले अबरुद्ध सडक मर्मत गर्न अझै केहि लाग्ने भएपछि तत्कालको खाद्यान्न संकट समाधान गर्न हेलिकप्टर मार्फत पुर्याउन थालिएको हो । सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत तम्घासमा बिभिन्न संघ संस्थाबाट उपलब्ध भएको २३ क्विन्टल राहतका सामग्री हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । गत मंलवार राती गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएका छन् ।हेलिकप्टर मार्फत तम्घासबाट १० कुन्टल चामल, एक सय केजी दाल, ६० लिटर खानेतेल, ५० किलो नुन, १० किलो सोयबिन, ९३ किलो चिउरा, एक सय किलो चिनी र सुत्केरीको लागि एक कार्टुन ल्याक्टोजिन प्रभावित क्षेत्रमा पुराइएको छ । त्यस्तै काठमाडौबाट ल्याएको दुई सय ७० ब्लाङ्केट र तीन सय १० थान हुट र रेडक्रस सात बोरा पाल, फलामको काटी दुई किलो, फलामको काटी दुई किलो, हेम्बर एक किलो, पिलास एक किलो र तार तीन किलो ठुलोलुम्पेकमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।प्रभावित क्षेत्रमा जीवनजल, गज, सिटामोल र ग्लोब अन्य औसधि पनि पठाइएको छ । तम्घास र काठमाडौंबाट ल्याइएको राहत सामाग्री २ पटक गरेर हेलिकप्टर मार्फत पठाइएको हो । पहिरोले बिस्थापितलाई सोहि स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।प्रभावित क्षेत्रमा नेपाली सेनाले अस्थायी बाँसको लागि पाल मार्फत बस्ती बसाल्न घरहरु निर्माण सुरु गरेको बिरभद्र जंग गुल्म गुल्मीका सेनानी रबिन्द्र महर्जनले बताए । प्रभावितहरु स्कुलमा बस्नु पर्दा बृद्ध, गर्ववती, वालवालिकालाई समस्या परेको बताउँछन् । ठूलोलुम्पेक र लिम्घामा ठूलो पहिरो जानुमा ०७२ सालको भुकम्पको कारणले जमिन चर्किएको ठाउँबाट पहिरो गएको प्रराम्भीक अनुमान पनि गरिएको छ । ठूलो लुम्पेकमा मात्रै सानाठूला गरेर ५ सय र ५ वटा भन्दा वढि २ किलो मिटर सम्मका ठूलो पहिरो गएका छन् ।पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि राहत सामाग्री बाटोमै रोकिएका छन् । पहिरो प्रभावित क्षेत्रमा मोटरबाटो मर्मत गरेर लैजाने काम पनि भइरहेको सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । प्रभावित क्षेत्रमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नको लागि स्थान र प्रभावितहरुको नामावलि संकलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । प्रभावित क्षेत्रमा महामारि फैलन नदिन औषधी,स्वास्थ्य सहितको तयारी अबस्थामा राखिएको छ ।प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य सहितको टोलीले स्थानियलाई हात धुने लगायतका स्वस्थ्य सम्बन्धी जानकारीहरु पनि गराई रहेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् ।पहिरोमा परेर मंलवार सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरि १४ जनाको मृत्यु भएको छ ।भने २ स्थानमा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ । प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पहिरोले गाउँ नै प्रभावित बनेपछि घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्ती, बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवाह निर्माण गर्न क्षती र नामावली संकलन गर्न थालिएको छ ।

    Advertisement

    सोमबार, साउन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमा पेस्तोलसहित एक युवक पक्राउ
    गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 
    गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान
    सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते
    वडाध्यक्ष तीन लाख घुससहित पक्राउ
    कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    • ३.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • २.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ३.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ४.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    • ५.
      प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

    • ६.
      प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

    • ७.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • ८.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...