• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

गुल्मीका पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत राहत पुर्याईयो


  •   सोमबार, साउन १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको सत्यवतिमा गएको पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएर खाद्यान्न संकट आएपछि हेलिकप्टर मार्फत राहत सामाग्री पठाएको छ । पहिरोले अबरुद्ध सडक मर्मत गर्न अझै केहि लाग्ने भएपछि तत्कालको खाद्यान्न संकट समाधान गर्न हेलिकप्टर मार्फत पुर्याउन थालिएको हो । सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकप्टर मार्फत तम्घासमा बिभिन्न संघ संस्थाबाट उपलब्ध भएको २३ क्विन्टल राहतका सामग्री हेलिकप्टर मार्फत प्रभावित क्षेत्रमा पुराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । गत मंलवार राती गुल्मीको सत्यवति गाउँपालिकाका दुई स्थानमा पहिरोमा ३ सय ७ घर प्रभावित भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घामा क्षती पुर्याउँदा १२ सय ६० जना प्रभावित भएका छन् ।हेलिकप्टर मार्फत तम्घासबाट १० कुन्टल चामल, एक सय केजी दाल, ६० लिटर खानेतेल, ५० किलो नुन, १० किलो सोयबिन, ९३ किलो चिउरा, एक सय किलो चिनी र सुत्केरीको लागि एक कार्टुन ल्याक्टोजिन प्रभावित क्षेत्रमा पुराइएको छ । त्यस्तै काठमाडौबाट ल्याएको दुई सय ७० ब्लाङ्केट र तीन सय १० थान हुट र रेडक्रस सात बोरा पाल, फलामको काटी दुई किलो, फलामको काटी दुई किलो, हेम्बर एक किलो, पिलास एक किलो र तार तीन किलो ठुलोलुम्पेकमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।प्रभावित क्षेत्रमा जीवनजल, गज, सिटामोल र ग्लोब अन्य औसधि पनि पठाइएको छ । तम्घास र काठमाडौंबाट ल्याइएको राहत सामाग्री २ पटक गरेर हेलिकप्टर मार्फत पठाइएको हो । पहिरोले बिस्थापितलाई सोहि स्थानका धर्मपूर माबि, नवबिहानी प्राबि, धर्मपूर प्राबि, राम माबि, मनकामना प्राबि, साजपूर प्राबिमा राखिएको छ ।प्रभावित क्षेत्रमा नेपाली सेनाले अस्थायी बाँसको लागि पाल मार्फत बस्ती बसाल्न घरहरु निर्माण सुरु गरेको बिरभद्र जंग गुल्म गुल्मीका सेनानी रबिन्द्र महर्जनले बताए । प्रभावितहरु स्कुलमा बस्नु पर्दा बृद्ध, गर्ववती, वालवालिकालाई समस्या परेको बताउँछन् । ठूलोलुम्पेक र लिम्घामा ठूलो पहिरो जानुमा ०७२ सालको भुकम्पको कारणले जमिन चर्किएको ठाउँबाट पहिरो गएको प्रराम्भीक अनुमान पनि गरिएको छ । ठूलो लुम्पेकमा मात्रै सानाठूला गरेर ५ सय र ५ वटा भन्दा वढि २ किलो मिटर सम्मका ठूलो पहिरो गएका छन् ।पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि राहत सामाग्री बाटोमै रोकिएका छन् । पहिरो प्रभावित क्षेत्रमा मोटरबाटो मर्मत गरेर लैजाने काम पनि भइरहेको सत्यवति गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । प्रभावित क्षेत्रमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नको लागि स्थान र प्रभावितहरुको नामावलि संकलन गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । प्रभावित क्षेत्रमा महामारि फैलन नदिन औषधी,स्वास्थ्य सहितको तयारी अबस्थामा राखिएको छ ।प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य सहितको टोलीले स्थानियलाई हात धुने लगायतका स्वस्थ्य सम्बन्धी जानकारीहरु पनि गराई रहेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् ।पहिरोमा परेर मंलवार सत्यवति गाउँपालिका २ वटा वडामा ३ वटा घरका १३ र आइतवार कालिगण्डकी गाउँपालिकाको वडा नम्बर ७ को छापचौरमा १ जना गरि १४ जनाको मृत्यु भएको छ ।भने २ स्थानमा ७ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको काठमाडौं र ५ जनाको पाल्पामा उपचार भइरहेको छ । प्रभावित मध्ये पूर्ण क्षती तर्फ १७ वटा घर, ६१ वटा गोठ, ३६ वटा शौचालय रहेका छन् । आशिंक क्षतीमा १८ वटा घर, २३ वटा गोठ, १८ वटा शौचालय रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । पहिरोमा पशु चौपायाँ तर्फ २८ वटा भैसी, १ गाई, ६७ वटा बाख्रा, २१९ वटा कुखुरा र १९ वटा बंगुर मरको प्रराम्भीर तथ्याङ्क संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । पहिरोले गाउँ नै प्रभावित बनेपछि घर बाँस गुमाएकाहरु र जोखिमपूर्ण बस्ती, बिस्थापितहरुलाई पुनरवासको लागि ठाउँ हेरेर सुरक्षित आवाह निर्माण गर्न क्षती र नामावली संकलन गर्न थालिएको छ ।

    Advertisement

    सोमबार, साउन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...